Friday, May 26, 2023

कीर्तिलक्ष्मीको प्रामाणिकता खोज्नेहरुसँग !

 कीर्तिलक्ष्मीको प्रामाणिकता खोज्नेहरुसँग !

—नजरराम महर्जन

कीर्तिलक्ष्मी कीर्तिपुरेहरुको मनमा बसेका छन । २०१४/०१५ सालतिर कीर्तिपुरको तःननी टोलमा कीर्तिलक्ष्मीको नाटक मन्चन गरिएको देख्नेहरु अहिले पनि जिउँदै छन । नाटककार हृदयचन्द्रसिं प्रधानले कीर्तिपुरको युद्ध भनेर एकांकी नाटकमा कीर्तिलक्ष्मीलाई ऐतिहासिक बिरांगनाको रुपले प्रस्तुत गर्नु भएको छ, । त्यस्तै प्रा.जनकलाल बैद्यले पनि कीर्तिलक्ष्मीलाई कीर्तिपुरकी बिरंगनाको रुपमा प्रस्तुत गर्नु भइक छ । बासुपासालाई एक थरि कीर्तिपुरेहरुले मन पराउँदैन, बासुपासा मन नपर्दैमा उहाँले लेख्नु भएको सत्य कुरालाई झुठ भन्ने ?


कलाकार कमलेश महर्जनले बनाउनु भएको कीर्तिलक्ष्मीको स्केच

कीर्तिलक्ष्मी कीर्तिपुरको गौरव हुन । कीर्तिलक्ष्मी कायर होइन, बीर बीरंगना हुन, स्वाभिमान कीर्तिपुरेले कीर्तिलक्ष्मीको अस्तित्वलाई स्वीकार गर्छ । 

एक जमाना थियो, पाँगा र नगाउँका मानिसहरु वारि पारि बसेर नगामी ल्वायगु भनेर माटोको डल्लाले हानेर झगडा गर्थे, कहिले नगामीले पाँगामीहरुलाई भुजिन्दसम्म या भ्याबुँसम्म लखेट्छ, कहिले पाँगालीले नगामीलाई खालय सम्म लखेट्छ । यसको प्रत्यक्ष झगडा गर्ने म हुँ । मेरो दौतरीहरु सबैले अनुभव गरेको होला । मैले यो कुरा मेरो नातीलाई भनें, मेरो नातीले आफना सन्तानलाई बताउँछ । यो कुरा यसरी कायम रहन्छ । अनि भोलि यसका आधिकारिता खोज्दा त्यो ठाउँमा त अहिले नै घरै घर भैसकेको छ । भोलिका सन्ततीले कसरी पत्याउँछ, अनि यसलाई पनि काल्पनिक भन्ने ? इतिहास धेरैजसो लोक कथाका आधारमा लेखिन्छ ।

 कीर्तिलक्ष्मीको कुरा पनि यस्तै हो । पुस्ता दरपुस्ता सुनाउँदै आएका हुन ? यसको आधार र प्रामाणिकता जनश्रुती नै हो । मेरो बज्यैले सुनाउनु भए अनुसार कीर्तिलक्ष्मी पुरुष भेषमा लडाई लड्थी, पुरुष भेषमै हिंडथी । एकचोटि मुख धुने बेलामा अंजुलीमा पानी भरेर मुख धोएको देखेपछि मात्र उनी केटी भनेर चिनेकी हुन । अन्तिममा लडाईमा हारेपछि गोरखाका सेनाले बलात्कार गर्न खोज्दै आत्महत्या गरेकी थिइन ।

 नेपालको इतिहास महेन्द्र राजाले बाबुराम आचार्यलाई लेख्न लगाएका हुन । पृथ्वी नारायण शाहको दिव्योपदेश पनि राजा महेन्द्रले नै लेख्न लगाएका हुन । इतिहास जित्नेले आपूmले जितेको लेखाउँछ । गोरखाली सेनालाई दुई पटक युद्धमा हराउने सेनापति को हो त ? किन कहिं नाम उल्लेख भएन ? कालुपाण्डेको टाउको काट्ने वीर कीर्तिपुरे सेना को हो ? सूर प्रतापको आँखा फोड्ने बीर कीर्तिपुरे सेना को हो ? यिनीहरुको नाम किन लेखेन ? किनकी शत्रुको बयान गर्न, इतिहास रच्न मानेन ।

बेलायतमा अहिलेसम्म लिखित संविधान छैन । तैपनि देश चलिरहेकै छ । जुन देश परम्परागत हिसाबले चलिरहेको छ ।

No comments:

Post a Comment