Thursday, May 5, 2022

कीर्तिपुरमा टिकट नपाएका निवर्तमान जनप्रतिनिधिहरु

 कीर्तिपुरमा टिकट नपाएका निवर्तमान जनप्रतिनिधिहरु




कीर्तिपुर सन्देश साप्ताहिक

२०७९ बैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुदैछ । नेकपा (एमाले)ले कीर्तिपुर नगरपालिकामा अधिकांश जनप्रतिनिधिहरुलाई पुनः टिकट दिए । फेरि टिकट पाउने आशामा थिए निर्वतमान जनप्रतिनिधिहरु । त्यसैले नगर प्रमुख उप प्रमुख लगायत अधिकांश वडा अध्यक्षहरुले बैशाख ८ गते नै पत्रकार सम्मेलन गरी संयुक्त राजीनामा दिए । 



   आशा गर्दा गर्दै पनि पार्टीले टिकट नदिएका निर्वतमान जनप्रतिनिधिहरुको चर्चा हुन  थालेका छन् । जसमा कीर्तिपुर नगरापकिलाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, वडा नं. ६ का वडा अध्यक्ष न्हुच्छे बहादुर महर्जन र वडा नं. ९ का वडा अध्यक्ष गंगाराम महर्जनले टिकट पाएनन् । 



पार्टीमा टिकटका लागि प्रयास पनि नभएको हैन । दावेदारको रुपमा रहेको उहाँहरुको नाम टिकट पाउने प्रस्तावितमा समेत नभएको पनि हैन । तैपनि यी चार निवर्तमान जनप्रतिनिहरुले टिकट नपाएका कारण विभिन्न किसिमका टिक्का टिप्पणी समेत हुन थालेका छन् । मेयर रमेश महर्जनको स्थानमा केशरत्न बज्राचार्यलाई एमालेले टिकट दिएका कारण उम्मेदवारी समेत दर्ता भइसकेको अवस्था छ । 



त्यसै गरि उपमेयर सरस्वती खड्का रिजालको स्थानमा विन्दु महर्जनलाई टिकट दिएका कारण उम्मेदवारी समेत दिइ सकेको छ । वडा नं. ६ का वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जनको स्थानमा गोकुल थापालाई टिकट दिएका कारण उम्मेदवार दर्ता भइसकेको छ । त्यसै गरि वडा नं. ९ का वडा अध्यक्ष गंगाराम महर्जनको स्थानमा सञ्जयमान महर्जनलाई टिकट दिएका कारण उम्मेदवार भइसकेको अवस्था छ । अव स्थानीय चुनाव हुनु धेरै दिन बाँकी छैन । 

यो अवस्थामा कीर्तिपुर सन्देश साप्ताहिकको तर्फवाट हामीले टिकट नपाएका निर्वतमान जप्रनिधिहिरुलाई जिज्ञासा राख्दा उहाँहरु यस्तो भन्नु हुन्छः निर्वतमान मेयर रमेश महर्जन ‘मलाई पार्टीले किन टिकट दिएन मलाई थाहा छैन । म एमाले पार्टीको कार्यकर्ता हुँ । एमाले पार्टीको निर्णयलाई सहर्ष स्वीकार गर्छु । केहि भन्नु छैन ।’ 

  उपमेयर सरस्वती खडकाले पनि “पार्टीले किन टिकट नदिएको थाहा छेन । पार्टीले गरेको निर्णयलाई सहर्ष स्वीकार गर्दछु ।” भन्नुभयो ।

कीर्तिपुर नगरपालिका वडा नं. ६ का निवर्तमान वडा अध्यक्ष न्हुच्छे बहादुर महर्जनः ‘पार्टीको निर्णय मान्नै पर्छ । केहि प्रतिक्रिया भन्नु छैन । पार्टीले न्यायोचित निर्णय गरेको वा नगरेको भन्ने कुरा वडावासीहरुले निर्णय गर्नेछन् ।’ 

वडा नं.९ का वडा अध्यक्ष गंगाराम महर्जनले नामांकन पत्र दाखिला गरे पनि पार्टीको अधिकारीक उम्मेदवार संजय मान महर्जन नै हो भनेर पत्र आए पछि गंगाराम महर्जनको उम्मेदवारी रद्द भएर संजय मान महर्जन वडा नं.९ को वडा अध्यक्ष उम्मेदवार बनेका हुन ।

की.न.पा.मा १० वटा वडाहरु छन । जसमा वडा नं.४,५ र ८ बाहेक सबै वडामा एमाले ले जितेका थिए । एमालेले ७ वटा वडाहरु जितेका थिए । जसमध्ये वडा नं.७ का वडा अध्यक्ष राजकुमार मालीको देहावसान भैसकेका छन । बाँकी रहेको छ वडा मध्ये वडा नं.१,२,३, १० नं. वडाका वडा अध्यक्षहरुले पुनः टिकट पाए । तर वडा नं.६ र ९ का वडाध्यक्षहरु र मेयर उपमेयरले टिकट पाएन ।

जसले गर्दा टिकट नपाउने वडाध्यक्षहरुको बारेमा अनेक कुराहरु सुर हुन थालेका छन । के उहाँहरुले भ्रष्टाचार गरेका थिए ? या कुनै अनैतिक काम गरेर पार्टीले टिकट नदिएको हो कि ? एक थरि भन्छन सतीले सरापेको देशमा भलो गर्नेहरुले सजाय भोग्नु पर्छ । त्यसकै परिणाम हो यो ।

No comments:

Post a Comment