Thursday, April 28, 2022

कीर्तिपुरमा नससबाट वडा अध्यक्षको टिकट पाएका जनप्रतिनिधिहरु

 कीर्तिपुरमा नससबाट वडा अध्यक्षको टिकट पाएका जनप्रतिनिधिहरु


नेकपा (एकीकृत समाजवादी) पार्टी कीर्तिपुर नगरपालिका वडा नं.६ का नससबाट वडा अध्यक्ष प्रत्यासी बनेका सुनिल डंगोल

२०७९ बैशाख ३० गतेको स्थानीय तह चुनावका लागि राजनीतिक दलदेखि स्वतन्त्र रुपमा समेत उम्मेदवारी दिएकाहरुको बिषयमा अहिले चर्चा भइरहेको छ । यसैवीच जनप्रतिनिधि भई नगर सदस्यको रुपमा अधिल्लो कार्यकाल सम्पन्न गरेपछि यसपालिको निर्वाचनका लागि वडा अध्यक्षको टिकट पाएकाहरुको बारेमा पनि चर्चा हुन थालेका छन् । 

जसमा की.न.पा. वडा नं. ६ का सुनिल डंगोल अघिल्लो चुनावमा नेकपा एमालेवाट नगर सदस्यमा चुनाव लड्दा सबैभन्दा बढि मत ल्याइ जितेका थिए । वडा नं. ६ मा वडा अध्यक्षले ११३९ मत पाएको समयमा डंगोलले १४४३ मत पाएका थिए । जब एमाले पार्टीमा प्रतिगमनको विरुद्ध आन्दोलन भयो । उहाँ माधव नेपाल पक्षको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीमा लाग्नु भयो । अहिले उहाँ नेकपा (एकीकृत समाजवादी)को तर्फवाट वडा नं. ६ को वडा अध्यक्षमा उम्मेदवारी दिनु भएको छ । नेकपा एमालेले पुराना वडाध्यक्ष न्हुच्छे महर्जनलाई टिकट नदिएर अर्कै नयाँ मान्छेलाई टिकट दिंदा उहाँको जित्ने सम्भावना बढेको छ ।


नेपाली कांग्रेस पार्टीबाट कीर्तिपुर नगरपालिका वडा नं.८का नससबाट यसपालीको चुनावमा वडा अध्यक्षको प्रत्यासी बनेकी सानु मैंया महर्जन

वडा नं. ८ मा सानुमैंया महर्जन अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसको तर्फवाट महिला नससमा जितेकी थिइन । उहाँले ४०९ मत ल्याई विजयी भएकी थिइन । वडाध्यक्षमा नेपाली कांग्रेसकै विनोद महर्जनले जित्नु भएको थियो । यसपालि नेपाली कांग्रेसको तर्फवाट वडा नं. ८ मा वडा अध्यक्षको उम्मेदवारी दिएकी छिन् । नेपाली कांग्रेसले पहिलो पल्ट महिलालाई वडा अध्यक्षको पदमा उम्मेदवारी दिएकोमा महिलाहरु उत्साहित भएका छन । हिजोका दिनमा उहाँले गर्नु भएको कामको सराहना भएको छ । उहाँ जित्ने उम्मेदवारको रुपमा लिइन्छ ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट कीर्तिपुर नगरपालिकामा वडा नं.१० बाट यसपालीको चुनावमा वडा अध्यक्षको प्रत्यासी संगीता उप्रती श्रेष्ठ 

त्यसै गरि २०७४ सालको चुनावमा वडा नं. १० मा नेकपा माओवादी केन्द्रवाट महिला सदस्यमा विजयी भएकी संगीता श्रेष्ठ उप्रेतिले अघिल्लो चुनावमा ७६६ मत ल्याएकी थिइन । उक्त वडामा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार अमन महर्जनले ७१९ मत लिइ जितेको थियो । उक्त चुनावमा तीन जना नसस माओवादीवाट जितेको थिए । यसपालि नेकपा माओवादीबाट संगीता श्रेष्ठ उप्रेति वडा नं. १० को वडा अध्यक्षमा उम्मेदवारी दिएकी छिन् । उहाँको अघिल्लो कार्यकालको कामको मुल्यांकन पार्टीले उम्मेदवार दिएकी हुन । उहाँ नेवाः नभए पनि नेवारले जस्तै नेपालभाषा बोल्न सक्नुहुन्छ । महिला उत्थानको लागि विभिन्न कार्यक्रम गर्दै आइरहनु भएको छ । उहाँले कोभिडको बेला धेरै खट्नु भएको थियो । आपूmले पाएको काम इमान्दारीताका साथ निभाउनु भएको छ । उहाँ भन्नुहुन्छ नसस हुँदा आफुसँग खासै अधिकार नभएको वडाध्यक्षको इच्छानुसार काम गर्नु पर्ने । अहिले वडाध्यक्षमा जिते समग्र वडाको विकास गर्ने आपूmसँग योजना रहेको बताउनु हुन्छ । वडामा पहिलो पटक महिला वडाध्यक्ष हुन लागेकोमा महिलाहरु उत्साहित भएका छन । महिलाहरुले पार्टीको ख्याल नगरी एक ढिक्का भएर संगीतालाई भोट दिने अपेक्षा राखेका छन । जित्ने सम्भावित उम्मेदवारको रुपमा उहाँलाई लिन थालेका छन ।

कीर्तिपुर सन्देश साप्ताहिक अंक ५४३ मिति २०७९ बैशाख १४ गते प्रकाशित


No comments:

Post a Comment