Friday, January 7, 2022

चम्पादेवीमा बुद्ध विहार बनाउने सम्बन्धमा सम्झौता

 चम्पादेवीमा बुद्ध विहार बनाउने सम्बन्धमा सम्झौता

कीर्तिपुर नगरपालिका वडा नं. ४, चम्पादेवीमा भगवान गौतम बुद्धको १०८ फिट अग्लो प्रतिमाका साथै बौद्ध विहार बनाइने भएको छ । मित्रराष्टू थाइल्याण्डको थम्मचोटमँखोल फाउण्डेशनद्वारा “बुद्ध उद्यान फ्रासाई थाई नेपाल” नामक कीर्तिपुरमा विहार निर्माणको लागि आवश्यक जग्गा कीर्तिपुर नगरपालिकाले उपलब्ध गराउने भएको छ ।


 
यसका लागि आइतबार कीर्तिपुर नगरपालिका र थाईल्याण्डको थम्मचोटमँखोल फाउण्डेशन बीच दुईपक्षिय सम्झौता सम्पन्न भएको थियो । कीर्तिपुर नगरपालिका भवनमा सम्पन्न उक्त सम्झौतामा कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जन र फाउण्डेशनको तर्फबाट CEO Ms.Ploythonglompetch thammachomongkhol ले हस्ताक्षर गर्नु भयो । 

समारोहमा कीर्तिपुर नगरपालिकाका उप-प्रमुख सरस्वती खड्का, वडा नं. ४ का सदस्य सुरेन्द्र खनाललगायत नगरपालिकाका कर्मचारी र फाउण्डेशनको नेपाल प्रतिनिधि संस्था लुम्बिनी दर्शन धर्मशालाका अध्यक्ष राकेश महर्जनलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 


       नगरपालिकाको तर्फबाट उपलब्ध हुने जग्गामा बौद्ध धर्मका प्रमुख चार तीर्थ स्थलहरू लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरको प्रतीकसँगै भव्य विहार, ध्यान केन्द्र रहनेछ र बुद्ध मूर्ति मूनि उपोसथ हल रहनेछ ।  

     उक्त विहार तथा बुद्ध मूर्ति स्थापनाले नेपाल थाईल्याण्ड बीचको मैत्री सम्बन्धमा प्रगाढता आउनुका साथै विहार क्षेत्रमा आन्तरिक तथा धार्मिक पर्यटनको गतिविधि बढ्नेछ ।

No comments:

Post a Comment