Thursday, January 6, 2022

दर्शन बचत तथा ऋण सहकारी संस्थाले एटीएम सेवा सुरु गर्दै

 दर्शन बचत तथा ऋण सहकारी संस्थाले एटीएम सेवा सुरु गर्दै 


   दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एटीएम सेवा सुरु गर्ने भएको छ । सेवाग्राहिहरुलाई अनलाइन एप्लीकेशनको सेवा दिइरहेको यस सहकारीले एटीएम सेवा सुरु गर्ने तयारी गरेको हो । सेवालाई छिटोछरितो र प्रविधिमुखी बनाउन सहकारीले एटीएम सेवा सुरु गर्ने सहकारीका प्रमुख  कार्यकारी  अधिकृत सुवर्ण मर्हजनले बताउनुभयो ।



यस सहकारीले कीर्तिपुर नगरपालिका ९ अवस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था, काठमाडौं महानगरपालिका नयाँ बजार स्थित सोनित्य सेवा केन्द्र तथा काठमाडौं महानगरपालिका अनामनगरमा रहेको आदिवासी सेवा केन्द्रको कार्यालय परिसरमा एटीएम सेवा सुरु गर्ने कार्यकारी अधिकृत मर्हजनले  बताउनुभयो । 



निकट भविश्यमा सेवाग्राहिको मागलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि एटीएम सेवा सुरुगर्ने तयारी गरिएको मर्हजनको भनाई छ । पहिलो २००० शेयर सदस्यहरुलाई  निशुल्क ATM CARD  वितरण गर्ने पनि  बताउनुभयो । 

वित्तीय क्षेत्रमा भएको विकासक्रमसंगै संस्थाले परम्परागत कार्यशैलीलाई परिष्कृत र परिमार्जन गर्दै समयको माग अनुरुप सूचना प्रविधिको अधिकतम प्रयोग गरी दैनिक कार्य संचालन गर्दै आएको पनि मर्हजनले बताउनुभयो । सहकारीले आफ्ना सबै शाखाहरुमा पेपरलेस र क्यांसलेस कारोवारको अवधारणालाई आत्मसाथ डिजीटल सेवालाई अघि बढाएको छ । 

अहिले सहकारीले मोबाइल वालेट सेवाबाट शेयर सदस्यहरुले मोवाइल टपअप (मोबाइल रिचार्ज, टेलिफोनको बिल भुक्तानी, एडिएसऐलको बिल भुक्तानी), खानेपानी, इन्टरनेट, बिमाको प्रिमियम, स्कुल शुल्क, टिभि आदीको बिल भुक्तानी गर्न मिल्ने मोबाइल एप्लिकेशनको व्यवस्था गरेको छ । 

साथैं त्यसैलाई विकशित गर्दै फिल्म टिकट, ऐरलाईन्सको टिकट समेत खरीद गर्न सकिने गरि कार्यअघि बढाएको कार्यकारी निर्देशक मर्हजनले बताउनुभयो । मोबाइल एप,अहिले  शेयर सदस्यहरुले आफ्नो नाममा रहेको शेयर, बचत र ऋणको बारेमा स्पष्ट जानकारी लिन सक्ने र मोबाइलबाटै खाताबाट रकमान्तरण गरी ऋणको किस्ता समेत भुक्तानी गर्न सकिने सुविधा उपलब्ध गराएको छ । त्यस्तै व्यवसायीलाई त्तच् ऋयमभको व्यवस्था गरेको छ  । एटीएम निर्माणकालागि बोलपत्र आह्वान भइसेकाले १५ दिनभित्रमा तीनै कार्यालयबाट एटीएम सेवा सुरुहुने  प्रमुख  कार्यकारी  अधिकृत मर्हजनले जानकारी दिनुभयो ।


No comments:

Post a Comment