Wednesday, January 5, 2022

मानव सोचमा परिवर्तन —बबिता बज्राचार्य हःखाःबाहाल, ललितपुर

 मानव सोचमा परिवर्तन —बबिता बज्राचार्य हःखाःबाहाल, ललितपुर

मानविय सोचमा परिवर्तन ल्याउन अनेकन उपाय सोचेको हुन्छ, अज्ञानको रुपान्तरण गर्न पृथक विचार लिएर ज्ञानमाला संगीत कला क्षेत्रमा उदयमान गायीका बबिता बज्राचार्य सगको छोटो संवाद 

                                            —प्रस्तोता पवन जोशी

१.बबिताजी के गर्दै हुनुहुन्छ ?

—घरको दैनिकी कर्म सकाएर फुर्सदको समयमा ज्ञानमाला भजनको साथै असहायहरुको सेवामा कार्यरत छु ।

२.संगीत कला क्षेत्रमा बुद्ध भजन नै किन रोज्नु भयो ?

—बुद्ध भजनबाटै मैले संगीत कला शुभारम्भ गरेकी थिएँ भनिन्छ, “फष्ट इम्प्रेशन इज लाष्ट इम्प्रेशन” ज्ञानमाला भजनबाटै प्रभावित भएँ । बुद्धको उपदेशलाई संगीतको माध्यमबाट चेतना मुलक सन्देशहरु प्रवाह गर्न पाउँदा खुसि लाग्छ ।

३.बुद्ध भजनको अर्थ ?

—बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी मानवीय जीवनमा धर्म र शान्ती अपरिहार्य छ । बुद्ध ज्ञान प्राप्तीको निम्ति एक चित्त भएर लोभ मोह र अहंकार त्यागी सुद्ध मनले गाईने गीतनै ज्ञानमाला भजन गीत हो । एक प्रकारको विश्व शान्ती प्रार्थना पनि हो ।

४.ज्ञानमाला भजनमा पुरुषहरुले भन्दा महिलाहरुले बढी चासो लिएको देखिन्छ किन होला ?

—यो सबै समय र कालखण्डले ल्याएको परिवर्तन हो । हरेक काम पुरुषहरुले मात्र हैन महिलाहरुले पनि गर्न सकिन्छ भन्ने प्रमाण हो । सधै अरुको भरमा मात्र निर्भर हुनु हुँदैन आफ्नै खुट्टामा आफै उभिन सक्नु बुद्धिमानी हो, त्यसको निम्ति प्रयास होला ।

५.बुद्ध भजन र भगवान बुद्धको उपदेश सुन्दैमा शान्ती स्थापना हुन्छ र ?

—मानविय सोच र स्वभावमा निर्भर रहने कुरा हो भनिन्छ, “गधा धोएर गाई बन्दैन” तैपनि गाईको हुबहु रुप दिन सके शान्तिको आभाष प्राप्त हुन्छ । समय परिवर्तन सरी मानव सोंचमा पनि परिवर्तन आउने विश्वास लिएकी छु ।

६.विहारलाई तपाईंहरु ज्ञान कुञ्ज भन्नु हुन्छ किन ?

—बिहारमा बुद्ध धर्म र उपदेशको ज्ञान प्रदान गर्ने ठाउँ भएकोले ज्ञानकुञ्ज उपाधी पाएको होला । बुद्ध ज्ञान शिक्षा हासिल गर्ने स्थाननै विहार हो ।

७.नारी मुक्तिको निम्ति तपाईंको पाइला ?

—इतिहासको पाना पल्टाउने हो भने नारीहरु शिक्षा हासिल गर्नुबाट वञ्चित थियो । मैले बुद्ध भजन नाउँमा बुद्ध ज्ञान हासिल गराउन ज्ञानमाला भजन रोजें । असहाय नारीहरुलाई मल्हम लगाउने प्रयास गरें ।

८.अन्तमा ?

—आत्मिय कुराहरु कीर्तिपुर सन्देश साप्ताहिक मार्पmत पोख्न पाउँदा खुसीलाग्यो ।


No comments:

Post a Comment