Thursday, October 28, 2021

नेकपा (एमाले) पार्टी कीर्तिपुरमा फेरी समस्या

  नेकपा (एमाले) पार्टी कीर्तिपुरमा फेरी समस्या

कीर्तिपुर नगर अधिवेशन स्थगित

कीिर्तिपुर सन्देश साप्ताहिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कार्तिक ९ गते देशभरीका पालिकामा पालिकास्तरीय अधिवेशन गर्ने निर्णय भएबमोजिम कीर्तिपुरमा पनि नेकपा एमाले कीर्तिपुर नगर अधिवेशनको तयारीमा नेताहरू लागेका थिए । कीर्तिपुरमा नेकपा (एमाले)को दुईवटा पार्टी कार्यालय र दुईवटा साइनवोर्ड राखेका थिए । वडा अधिवेशन हुनु ठीक अगाडि दुईटै कार्यालयको साइनबोर्ड झिकेर एउटै कार्यालय र एउटै नयाँ लोगोसहित साईनबोर्ड राखियो । कार्तिक ६ गते कीर्तिपुर नगरपालिकाको १० वटै वडामा सर्वसहमतिमा वडा कमिटि चुनियो ।

वडा अधिवेशन सकिएपछि पनि पार्टीका जिल्ला, प्रदेश, केन्दीय सदस्य सबैको ध्यान सर्वसहमतिबाट नगर कमिटि चयन गर्न लागि परे । जुन बेला के.पि ओलीले संसद विघटन गर्दा प्रतिगमनको विरोध गरेर तत्कालिन नगर कमिटिका अध्यक्ष सडक आन्दोलनमा लागेका थिए । त्यही बेला पार्टीका संस्थापन पक्षले राधाकृष्ण बस्नेतको नेतृत्वमा समानान्तर नगर कमिटि निर्माण गरी पठायो । माधव नेपालले छुट्टै पार्टी गठन गरेपछि प्रतिगमनको विरोधमा लागिरहेकाहरू माधव पक्षमा नलागी संस्थापन पक्षतिर नै लागे । त्यसपछि दुईटै पक्ष आपूmलाई आधिकारीक भनी दावा गर्न थालेका थिए । 

पार्टी २०७५ जेठ २ गते फर्किए विकास महर्जनको नेतृत्वमा रहेको नगर कमिटि आधिकारीक हुने थियो । तर त्यसलाई मान्यता दिएन ।

राधाकृष्ण वस्नेतको नेतृत्वमा रहेको नगर कमिटिले चियापान तथा विजया दशमीको शुभकामना कार्यक्रम गरियो । जसको प्रमुख अतिथि महासचिव ईश्वर पोखरेल हुनुहुन्थ्यो । 

सोही कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष कृष्ण राईले राधाकृष्ण बस्नेतको नेतृत्वको नगर कमिटि नै आधिकारीकता घोषण गरियो ।  गत ६ गतेको वडाअधिवेशनमा नगर अध्यक्षको हैसियतले राधाकृष्ण बस्नेतले स्वागत मन्तव्य पनि दिनु भएको थियो । ९ गते हुने पालिका अधिवेशनमा राधाकृष्ण बस्नेत एक कार्यकाल नगर अध्यक्ष भइ काम गर्न चाहन्थ्यो । तर अर्को समूह उहाँलाई नगर अध्यक्षको रुपमा हेर्न चाहनु भएन । 

यसैमा दिनभर छलफल भयो । त्यहाँ उपस्थित एमालेका एक जना कार्यकर्ताका अनुसार राधाकृष्ण बस्नेतलाई उपाध्यक्ष या सचिव जुन पद पनि दिन तयार तर अध्यक्ष पद दिन मानेन ।  

यसको लागि हिजो संस्थापन पक्षमा रहेर जिल्ला कमिटिको सदस्यको रुपमा राधाकृष्ण सँगै काम गर्नु भएका विन्दु महर्जनलाई जिल्लाबाट तल झारेर नगर अध्यक्ष बनाउनतिर लाग्यो । तैपनि राधाकृष्णले अध्यक्ष पद नछाड्ने अदान लियो । केही समयसम्म त्यहाँ छभलफल नै चलिरह्यो । त्यो बीचमा अधिवेशनस्थलमा विभिन्न शंका उपशंका उठ्न थाल्यो । 

एमाले पार्टीलाई आफ्नो कब्जामा लिइरहेका एक पक्ष नगर अध्यक्ष कीर्तिपुर डाँडाबाट तल लैजान दिन मान्दैन भन्ने हल्ला चल्यो ।  त्यसपछि डाँडा मुनिका र डाँडा माथिका भन्ने दुई समूह देखा पर्न थाल्यो । त्यसको साथै ......को भावना पनि उठ्न थालेको एक जना कार्यकर्ताले बतायो । त्यसपछि बाध्य भएर नगर इन्चार्ज र अरु नेताहरु सल्लाह गरेर निर्वाचन नै स्थगित गरिएको छ । अब अर्को अधिवेशन कहिले हुन्छ ठेगान छैन ।  राधाकृष्ण बस्नेतसँग सम्पर्क राख्दा उहाँले पार्टीलाई संकट परेको बेला मैले सक्रिय भएर पार्टीलाई बचाएको थिएँ । वडा वडामा गएर संगठनलाई बलियो बनाएको थिएँ । त्यसको पुरस्कार स्वरुप मलाई एक कार्यकाल अध्यक्ष भएर काम गर्न दिन्छ कि भन्ने लागेको थियो । तर मलाई सो अवसर दिइएन ।  

अब जिल्लाबाट नै निर्णय गरि पठाउँछ होला । म त चुनाव भए पनि तयारै छु । माथिल्लो कमिटिले कार्यकर्ताको भावना बुझेर निर्णय गर्नुहुन्छ भन्ने मलाई पुरा विश्वास छ । 

No comments:

Post a Comment