Thursday, August 5, 2021

कीर्तिपुरको सार्वजनिक पोखरी बचाउँ (१२ रोपनी १३ आना)

कीर्तिपुरको सार्वजनिक पोखरी बचाउँ  (१२ रोपनी १३ आना)

प्रमाणको लागि तस्वीर सहित

यो पोखरी बचाउन मार्चपास गर्ने तयारी



वि.सं.२०२१ सालमा नापी हुँदा कि.नं.१९ क्षेत्रफल ५–११–० र कि.नं.१०७ क्षेत्रफल ७–२–० नापी कार्यालयको फिल्डबुकमा पोखरी जनिएको थियो । माथिको तस्वीर हेर्नुहोला ।

मालपोत कार्यालयको श्रेस्तामा पनि दुवै पोखरीलाई पोखरी नै जनाइएको छ । जग्गा धनीको महलमा मिनाहा लेखिएको छ । यसबाट पनि यो पोखरी सार्वजनिक नै हो भन्ने प्रमाणित हुन्छ ।

कीर्तिपुर नगरपालिका वडा नं.५ पाँगास्थित दुई वटा सार्वजनिक पोखरी बचाउनको लागि 


सार्वजनिक पोखरी संरक्षण संघर्ष समिति, पाँगाको लेटरप्याड र सूचना

सार्वजनिक पोखरी संरक्षण संघर्ष समिति, पाँगा, कीर्तिपुर २०७६ स्थापना भएको थियो । जसमा

संयोजक ः रविन्द्र महर्जन, सदस्यहरु ः ज्ञान वहादुर महर्जन, प्रशान्त महर्जन, विष्णुकुमार महर्जन, सुशिल महर्जन, हिराबहादुर महर्जन, गुजय सिंह

सल्लाहकार समिति ः नजरराम महर्जन, दिलिप महर्जन, नरेश महर्जन, केशरमान महर्जन, बद्रीलाल महर्जन, नरायण महर्जन, वडाध्यक्ष की.न.पा. वडा नं.५ राजेन्द्र कुमार महर्जन, वडाध्यक्ष की.न.पा. वडा नं.८ विनोद महर्जन रहेका छन ।


सरकारी सार्वजनिक र गुठि जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग २०७६ सिंहदरबारको पत्र

सरकारी सार्वजनिक र गुठि जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग २०७६ सिंहदरबार 

बाट सो सम्बन्धमा खुलाई पठाउन पत्र पठाएको थियो । जसको व्यहोरा यसप्रकार थियो ।

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी

जाँचबुझ आयोग २०७६, सिंहदरवार, काठमाण्डौ

विषय ः खुलाई पठाईदिने बारे ।

श्री कीर्तिपुर नगरपालिका,

नगर कार्यपालिकाको कार्यालय, काठमाण्डौं

उपर्युक्त सम्बन्धमा तँहा नगरपालिका अन्तर्गत साविक बालकुमारी वा.नं.१ क हाल कीर्तिपुर न.पा. वा.नं.११ मा रहेको कि.नं.१९ क्षेत्रफल ५–११–० र कि.नं.१०७ क्षेत्रफल ७–२–० साविक नापीको समयमा फिल्डबुकमा पोखरी जनिएको उक्त कित्ता जग्गा २०२४/११/१८ गते स.से.हर्ष जङ्ग कार्की का.ई. चोभार कार्कीगाउँको नाममा दर्ता भई तह–तह हक हस्तान्तरणबाट हाल राजेन्द्रजंग कार्की र सुरेन्द्रजंग कार्कीको नाममा रहेको सो कित्ता जग्गा सरकारी सार्वजनिक पोखरी थियो वा व्यक्ती विशेषको पोखरी हो ? जो जे बुझ्नुपर्ने हो बुझी पछिसम्म फरक नपर्ने गरी खुलाई ५ (पाँच) दिनभित्र यस आयोगमा उपलब्ध गराई दिनु हुन आदेशानुसार अनुरोध छ । 

खेम नारायण पौडेल

शाखा अधिकृत

अहिले यो आयोग अस्तित्वमा छ कि छैन ? यसले के काम ग¥यो त्यो पनि थाहा छैन ।

यसको जवाफमा कीर्तिपुर नगरपालिका वडा नं.५ ले सर्वजमिन गराई यस्तो पत्र पठाएको थियो ।

विषयः स्पष्ट रुपमा एकिन गरी पठाएको सम्बन्धमा ।


यो कि.नं.१९ क्षेत्रफल ५–११–०–० भएको जग्गाको हालको अवस्था हो । यो पोखरीमा आजसम्म कसैले पनि खेतीपाती गरेको थाहा छैन । पोखरीको पोखरीकै अवस्थामा रहेको छ । अतः यो पोखरी कसरी व्यक्तिगत नाममा रहन गयो ?


यो कि.नं. १०७ क्षेत्रफल ७–२–०–० को हालको तस्वीर हो । जहाँ पोखरीको सिमाना बचाउन स्थानीयले रुख रोपीराखेको छ । माछा पालन गरी राखेको छ । यहाँ पनि कसैले पनि आजसम्म कहिल्यै खेतीपाती गरेको छैन । पोखरीमा कसरी खेतीपाती गरिन्छ । 

उपरोक्त सम्बन्धमा त्यस कार्यालयको मिति २०७७/५/२५ च.न.३२४ को पत्र प्राप्त भै व्यहोरा अवगत भयो । सो सम्बन्धमा यकिन गर्न यस वडा कार्यालयबाट स्थानीयवासीहरुसँग सर्जमिन गरी बुझी, प्राप्त व्यहोरा यसै पत्र साथ राखी पठाएको व्यहोरा अनुरोध छ ।

साविक काठमाडौं जिल्ला बालकुमारी गा.वि.स.वार्ड नं.१ कि.नं.१९ र १०७ को क्रमशः क्षेत्रफल ५–११–०–० र ७–२–०–० को दुवै कित्ता जग्गा हाल कीर्तिपुर न.पा.वार्ड नं.५ मा पर्दछ । परापूर्वकालदेखि स्थानीय जनताले सार्वजनिक रुपमा प्रयोग गर्दै आएको उक्त पोखरीहरु हर्षजंग कार्की र निजको नामबाट नामसारी गरी लिने राजेन्द्रजंग र सुरेन्द्रजंग कार्कीले नामसारी गरी लिई निजहरुको नाममा श्रेस्ता कायम गरी लिए पनि उक्त दुवै कित्ता जग्गा सार्वजनिक उपभोग भैरहेको सार्वजनिक हक निहित जग्गा भएकोले तत्कालिन बालकुमारी गाउँ विकास समितिको मिति २०४९÷१०÷०५ पत्रबाट मालपोत कार्यालय काठमाडौं समक्ष निजहरुले दुषित तथा गैरकानुनी रुपमा गराएको दर्ता बदर गरी पाउँ भनी माग दावी भैरहेको र मालपोत कार्यालयबाट समेत निजहरुको माग बमोजिम दोहोरो दर्ता लगत वदर नहुने भनी मिति २०७०/०९/२४ मा निर्णय भै सो उपर राजेन्द्रजंग समेतको पुरावेदन परि पुनः प्रमाणको मुल्यांकन गरी निर्णय गर्नु भन्ने पु.वे.अ. पाटनबाट २०७२/०१/०६मा फैसला भएको भन्ने निजहरुको निवेदन माग भएको भन्ने पत्रमा संलग्न निवेदनबाट देखिन्छ । यी दुवै कित्ता पोखरी परापूर्वकालदेखि स्थानीय जनताले सार्वजनिक रुपमा उपभोग गरी आएका सार्वजनिक उपभोगको पाखेरी हो । हर्षजंगले दुषित रुपमा दर्ता गरी निज राजेन्द्रजंग समेतले नामसारी गरी लिएका मात्र हुन । सार्वजनिक पोखरीको जग्गा नापी फिल्डवुकमा पोखरी जनिएको सार्वजनिक पोखरी भएकोले निजहरुले दुषित रुपमा दर्ता नामसारी गराएको हुँदा निजहरुको नाममा दर्ता गराएको उल्लेखीत कि.नं. १९ र १०७ को पोखरीको दुषित दर्ता मालपोत ऐन अन्तर्गत खारेज गरी निजहरुको नामको दर्ता श्रेस्ता समेट कट्टा गरी सार्वजनिक पोखरीको जग्गा कायम गर्नु पर्ने व्यहोरा अनुरोध छ ।


सर्जमिनको रिपोर्ट पठाएको

आजसम्म पनि यो आयोग जिवित छ कि छैन थाहा पाउन सकेको छैन । सर्जमिनको कपि आयोग, नगरपालिका मेयर, भुमिसुधार मन्त्री, मालपोत कार्यालयमा पठाएका थियौं । अहिले आएर राजेन्द्रजंग कार्की र सुरेन्द्रजंग कार्कीले वडाध्यक्षलाई सार्वजनिक पोखरी उनीहरुको नाममा सिफारिस गरि दिन धम्कि आएको भन्ने वडाध्यक्षबाट थाहा पाएको छ । यो पोखरी सम्बन्धी मुद्दाको बारेमा नगरपालिका, वडा कार्यालय कसैलाई थाहा छैन । कसरी उनीहरुको नाममा लालपुर्जा बन्यो ? यो अनुसन्धानको विषय भएको छ ।


यी दुईटै पोखरीको हाल राजेन्द्र जंग कार्की र सुरेन्द्र जंग कार्कीको नाममा आएको लालपुर्जाको तस्वीर । यस लालपुर्जामा पनि कैफियतमा दोहोरो भनेर लेखेको छ । जसको अर्थ हो यसको स्वामित्व सार्वजनिक पनि हो भन्ने बुझाउँछ ।

सार्वजनिक पोखरी हो भन्ने यत्रो प्रमाण हुँदा हुँदै यी पोखरी व्यक्तिको नाममा दर्ता हुनु भनेको दिउँसै रात पार्नु होइन ?

यो जग्गा सार्वजनिक गराउन पाँगाबासीहरु भूमिसुधार मन्त्रालय, प्रधानमन्त्री कार्यालयमा मार्च पास गर्न पनि तयार रहेको संयोजक रबिन्द्र महर्जनले बताउनु भएको छ ।

प्रस्तोता ः नजरराम महर्जन



No comments:

Post a Comment