Thursday, June 17, 2021

सिथि नखः र कुमार षष्ठी

 सिथि नखः र कुमार षष्ठी



अर्जुन महर्जन

सहिदपथ, पाँगा

उपत्यकाका नेवार समुदायले मनाउने गरी आएको चाडपवंहरु मध्ये ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व षष्ठी) कुमार षष्ठीको दिन मनाउने पर्व सिखि नखः पर्व हो ।

यो सिथि द्यः अर्थात कुमारको जन्म दिनको रुपमा मनाउँदै आइरहेको छ । पौराणिक कथा अनुसार महादेव र पर्वातीले पुत्र कुमारलाई भक्तजनहरुले केही काम गर्दा तिम्रो पुजा गर्नु पर्छ भन्ने बरदान इिराखेकोले कतै पुजा जाँदा घर अगाडिको मण्डपमा हुने क्षेत्रपाल कुमारलाई पहिलो पुजा गर्ने गरि आएको छ ।

कुलको समृद्धिको लागिबैशाख शुक्लपक्ष तृतीया अर्थात अक्षय तृतीयाका दिनदेखि आफ्आफ्नो नियमानुसार कुल देवताको पुजा गर्दछन् । केही कारणले तोकिएको दिन देवाली मनाउन नपाएका र यकिन दिन नभएकाहरुले यो कुमार षष्ठीका दिन आफ्नो कुल देवताको पुजा गरी देवाली मनाउने गरिन्छ ।

उपत्यकावासी प्रायः कृषिमा लाग्ने र मुख्य बाली धान भएकोले रोपाईलाई विशेष महत्व दिई काममा लाग्न सालभरमा मनाउने चाडपर्वहरुको सिथि अन्तिम पर्वको रुपमा मनाउने गर्दछन । रोपाई सकिएपछि लुटो फाल्ने र भूतप्रेत पन्छाउनेको रुपमा (गठ.मुगल) घण्टाकर्ण बाट पुनः चाडपर्व सुरु गर्ने गर्छन् ।

काममा लागेपछि बिचमा अलमल गर्न नपरोसउ भनी सिथिको दिन घरभित्र र बाहिर पनि सरसफाई गर्ने गन्छि । विषय अनुसार माग गर्न देउताहरु पुज्नेमा कुमार देउता गंगा पुत्र भएकोले पानीको लागि पुज्ने भएकोले यो दिन पानीको मुहान, इनार, कुवा, पोखरी, पढेरो आदिा सरसफाई गरी पुजा गर्ने गरी आएका छन । ईनार सफा गरी नर्कटको छानो बनाई छोपी ४ दिन पछि मात्र ईनारबाट पानी चलाउने गर्छ । यो दिनदेखि पानीको मुल फुट्ने भएकोले पहिले मलको रुपमा निकाल्ने कालो माटो यो दिनदेखि ननिकाल्ने चलन छ ।

सिथिको पुजामा अन्य पुजाको सारदामको अलावा मास, केराउ, मुंगको बारा, पाल्पुवा र चटांमरी तयार गर्ने चलन छ । खेतीमा काम गर्दा किरा फट्याङ्ग्रा, जलचर, सर्प, आदिको भय हुने भएकोले यस्ताको विष समेत नलागोस भनि खोपको औषधीको रुपमा यो दिन यस्तो बारा खाने चलन गर्दै आइरहेको छ ।

एक समयमा काठमाडौं जैसीदेवलको न्ह्ूधःलमा रहेको गणेश मन्दिर अगाडि एउटा राम्रो केटो रोइरहेको पाइएपछि एक कर्मात्माले आफ्नो घरमा लगि सिथिको दिन परेको हुँदा बारारोटी खुवानउ भान्छामा गई ल्याउँदा मयुमा चढेको कुमारको दर्शन दिएकोले त्यस केटोलाई सिथि द्यः अर्थात् कुमार भनी मानी आएको छ ।

त्यसको भोलिपल्ट बलम्बुबाट त्यस कुमार केटोको आमाबाबु कहाँ बाजा, नाय्खिं बाजा बजाएर खोज्दै आउँदा काठमाडौं आई बसेको थाहा पाएर भेटी कुरा गर्दा नर्फकी सिद्ध भै गएकोले पुजा गरी फर्केछन् ।त्यसैकारण सप्तमीका दिन बलम्बुबाट अध्यावधी बाजा बजाई पूजा आउने चलन रहेको छ । त्यसैले बलम्बुको देवलमा देउता नभएको भनि आएको छ ।

कुमार देउताको मूर्ति सूर्यविनायकको सुरु ढोकाभित्र पस्नासाथ एक ठाउँमा र अर्को काठमाडौंको न्हूधःमा रहेको पाइन्छ । कुमार सिथि देउताको जात्रा काठमाडौंको न्हूधःमा मात्र चलाउने गरी आएको छ ।

उपत्यकामा रहेको पुरानो देउताहरु मत्स्येन्द्रनाथ, आदिनाथ, आदिबाट संरक्षण पाइरहे जस्तै यो कुमार देउताबाट पनि सधैं आशीर्वाद मिलिरहोस भनि दशमर्क गरी जात्रा चलाउने गरी आएको  छ । यस देउताको जात्रा चलाउने गुठीयारहरुले बछलागा औंसी अर्थात् बैशाख कृष्णपक्ष अमावस्याका दिन थसि (सिद्धिपुर) मा गई सहरका देउताहरुलाई वंपु छाइपिं अर्थात् देउतालाई रंगाई सिंगार्ने नेमकुलहरुलाई बोलाउन जानु पर्दछ । त्यसको तेस्रो दिन तछलाथ्व तृतीया अर्थत् जेठ कृष्णपक्ष तृतमीयाको दिन विहान टेकु दोभानमा गई नाग स्थापना गरी त्यहाँको जल देउपालाले ल्याउनुपर्दछ । त्यस्तै नेमकुलहरुले पनि नित्यकर्म गरि आउँछन् । साँझतिर दबलीमा कुमार देउतलाई न्हवं लुइगु अर्थात् घडाले नुहाइदिन्छन् । 

त्यसपछि चोभारको आदिनाथलाई सिंगारी बाँकी रहेकोबाट नेमकुलहरुले लंपु छाय्गु अर्थात् रंग लगाई सिंगारिने गर्दछ । त्यसरी सिंगारपटार पुरा गरी षष्ठीका दिन पाटीमा विराजमान गराई देउता दर्शन गर्न आउनेहरुलाई खुला रुपमा राखिदिने गर्दछ । त्यसको भोलिपल्ट सप्तमीको दिन पहिले भए कुमारीको साथ कुमारीलाई घुमाएजस्तै गरी जात्रा मनाउने गर्दथे । हाल सहयोगको कमीले गर्दा पाटीमा ल्याई राख्नेमात्र गर्ने गर्दछ । त्यसदिनभरि पाटीमा राखी साँझ खतबाट निकाली थकाली र नकीं अर्थात् जेठो र जेठीले स्वागत पुजा गरी भित्रलगि यथास्थानमा राख्ने गरिन्छ । त्यसपछि भक्तजनहरुको लागि दर्शन गर्न खुला राखिएको हुन्छ । 

यो कुमार देवता पुज्नेलाई असल । सुखी सन्तान पाउने, मुद्दा मामिलामा जीत हुने र स्वास्थ्य लाभ हुने भनि मानि आएका छन् । यस देवतालाई पुजा गर्दाको दीप बिस्तारै बले काम विस्तारै, छिटो बले छिटो नै र बालेको दीप बिचमा निभे मान्छे बित्ने र मुद्दा भए हार्ने भन्ने जनविश्वास छ । यसैलाई मानेर हालसम्म पनि पुजा गर्न आउनेहरु छन् । पहिले पुजारीहरुले पुजाको फल भनिदिनेमा पुराना पुजारीहरु बितिसकेकोले अहिले पुजाको फल भन्नेहरु छैनन् । यसरी कुमार सिथि द्यःको जन्मदिनको रुपमा पुजी सिथि नखः अर्थात सिथि पर्व मनाइ आइरहेका छन ।


यो रक्तवर्णको मयुरमाथि चढेको सिथि द्यः अर्थात् कुमारुको काठबाट बनेको मूर्ति कहिले बनेको भनि यकिन भएको छैन । यसको मतु नेपाल सम्बत् ९०४ मा चढाइराखेको लेखेको छ भने ने.सं. ९४५ मा खुट्टाको सारस काठबाट बनाइएको देखिन्छ ।

No comments:

Post a Comment