Saturday, May 2, 2020

कीर्तिपुरका क्लब र खेलकुद गतिविधि

कीर्तिपुरका क्लब र खेलकुद गतिविधि





प्रदिप महर्जन

इतिहासको विभिन्न कालखण्डमा कीर्तिपुरले ख्याती कमाउँदै आएको छ । यसले मल्ल कालिन कलाकृतिमा होस् या नेपाल एकिकरणताका गोरखाली सेनालाई दुई दुई पटक परास्त गरेर होस् त्यस्तै ३६ सालको जनमत संग्रह होस् वा ४६ सालको आन्दोलन अनि ५२ साल देखिको जनयुद्ध र ६२÷६३ सालको जनआन्दोलन होस् प्रत्येक राष्ट्रिय घटनाहरूमा आफ्नो ऐतिहासिक भूमिका स्थापित गर्न सफल यस कीर्तिपुरले खेलकुदमा पनि आफ्नो छवी बनाउन सफल भएकै छ ।

कीर्तिपुरको खेलकुद विकासमा यहाँका युवाहरूको अगुवाइमा गठन भएका क्लवहरूको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । सामूहिक खेल होस् या एकल खेल प्रत्येक खेलको विकासका लागि युवाहरूले योगदान गरेको पाइन्छ । कीर्तिपुरमा खेलकुद विकासको कुरा गर्दा बिव्रmम संवतको ४०–६० को दशकलाई स्वर्ण समयको रुपमा लिन सकिन्छ । त्यस ताका यहाँका युवाहरूमा खेल प्रतिको मोह र रुचीले नियमित खेलकुद प्रतियोगिताहरू भएको बाट स्पष्ट भन्न सकिन्छ ।

खेलकुदले नै युवाहरूलाई संगठित एवं व्यस्त बनाउनुका साथै एक अर्का सँग भाईचारा स्थापित गर्दछ । साथै संगठित कृयाकलापहरू गर्न सघाउ पु¥याउँदछ । त्यसताका कीर्तिपुरका टोलटोलमा क्लवहरू स्थापना गर्ने होड नै चलेको देखिन्छ र सोही अनुपातमा खेलकुद प्रतियोगिताहरूबाट प्रतिभावान खेलाडी पहिचान तथा उत्पादन भएको देखिन्छ । त्यस ताकाहुने गरेका खेलकुदप्रतियोगिताहरूमा पूmटवल, भलिवल, टेवलटेनिस, व्याडमिण्टन, क्रस कण्ट्री दौड, चेस, मार्शल आटर््स, बाघचाल, बास्केटबल, खोखो आदि खेलहरूको नियमित प्रतियोगिता हरू हुने गरेको पाइन्छ । त्यतिवेला त्रि. वि.को खेल पूर्वाधारहरूमा सहज पहुँच भएकोले गर्दा पनि खेलकुद गतिविधि गर्न सहज भएको अनुमान गर्न सकिन्छ ।  त्रि. वि. को भौतिक पूर्वाधार निर्माण सँगै खेलपूर्वाधारहरू मासिदै गए पछि कीर्तिपुरको खेल गतिविधिहरू पनि कम हुँदै गएको पाइन्छ । झन त्रि. वि. फूटबल मैदान क्रिकेट मैदानमा परिणत गरे पछि त यहाँको पूmटबल तथा अन्य कृयाकलापहरु समेत झण्डै शून्य मै झरेको अवस्था छ ।

कीर्तिपुरका क्लवहरूको सूची ः १. नयाँबजार क्लव २. चिरिञ्जिवी क्लव ३. पासाःपूच क्लव ४. इन्द्रायणी परिवार क्लव ५. आदिनाथ क्लव ६. दथल क्लव७. नगाउँ स्पोर्टस क्लव ८. सन स्टार क्लव ९. कीर्ति राइजिङ क्लव १०. नवयुवा क्लव ११. टेरिवल यूथ क्लव १२. भगवान स्थान यूवा क्लव १३. न्यू राइजिङ क्लव १४. भाजङ्गल यूवा क्लव १५. बाहिरी गाउँ युथ क्लव १६. खासी वजार युथ क्लव १७. सूर्य ज्योती क्लव १८, यूनिक ग्रुप १९. विष्णु देवी वालवाटिका क्लव २०. थ्री स्टोन युथ क्लव २१. नयाँ पाटी युवा क्लव २२. पाँगा स्पोर्ट्स क्लव २३. कीर्तिपुर यूनाइटेड क्लव २४. कीर्तिपुर खेलकुद विकास समाज २५.इकोस्टार क्लव २६. युथ फोरम पाँगा २७. ब्रोदर्श स्पोर्ट्स क्लव २८. जरुहिटि क्लव २९. अविवा युवा क्लव३०. क्षितिज क्लव ३१. चन्द्र ज्योती क्लव ३२. प्रगतिशिल क्लव ३३. शंखापूर क्लव ३४. पाँगा रिभोलुशन क्लव ३५. युवा खेलकुद समुह ३६. कीर्तिपुर व्याडमिण्टन क्लव ३७. लनगोल व्याडमिण्टन क्लव ३८. गाम्चा युथ क्लव ३९. ग्रीनपिस खोखो क्लव

यी क्लवहरूले आआप्mनो काल खण्डमा कीर्तिपुरको खेलकुदविकासमा ठूलो योगदान गरेको पाइन्छ । विशेषत टेवल टेनिस, पूmटवल, भलिवल, क्रस कण्ट्री दौड, मार्सशल आर्ट, ब्याडमिण्टन जस्ता खेलको विकास एवं खेलाडी उत्पादनमा ठूलो योगदान पु¥याएको देखिन्छ । नयाँबजार क्लले विशेषत पूmटवल र बास्केटवलमा ठूलो योगदान दिएको पाइन्छ । त्यस वखत नयाँवजार क्लवले शहिद स्मारक लिग पूmटवल डि डिभिजनको लागि कीर्तिपुर, नगाउँ, पाँगा, जाखा, इटागोल भाजङगल, मच्छेगाउँ सवै ठाउँबाट खेलाडी छनोट गरेर टिम तयार गरी सहभागिता जनाएको थियो भने नियमित स्थानीय क्लव स्तरीय पूmटवल प्रतियोगिता आयोजना गर्ने गर्दथे । त्यसैको फलस्वरुप थुप्रै ए डिभिजन स्तरका खेलाडी हरूको उत्पादन भएको थियो । त्यस्तै बास्केटबलको त नेपालमै स्थापित गरी राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी प्रशिक्षक निर्णायक उत्पादन गरेको छ । तात्कालिन आदिनाथ क्लवले नियमित रुपमा भलिवल टेवल टेनिस, व्याडमिण्टन चेस आदि खेलको आयोजना गर्दथे भने चिरञ्जिवी क्लवले क्रस कण्ट्री दौड, चेस, टेवल टेनिस, पूmटवलको आयोजना गर्दथे । पासाःपूच, इन्द्रयणी, गल्छें, नगाउँ, भगवान स्थान क्लव आदिले भलिवल आयोजना गर्दथे । जस्ले गर्दा भलिवलका राष्ट्रिय स्तरका खेलाडीहरू तथा प्रशिक्षकहरूको उत्पादन गरेका थिए । दथल क्लव, सूर्य ज्योती, नयाँवजार, यूथ फोरम आदिले नियमित पूmटवल प्रतियोगिता गर्दथे । तर हाल आएर यस प्रकारका नियमित खेलकुद प्रतियोगिता शून्य मै झरिसकेको अवस्था छ । सिमित विद्यालय स्तरीय खेल बाहेक भौतिक पूर्वाधारको अभावले क्लवतहका धेरै प्रकारका खेलकुद प्रतियोगिताहरू हुन सकेको छैन । कीर्तिपुर खेलकुद विकास समाजले पनि भलिवल, पूmटवल, बास्केटबल र क्रिकेट प्रतियोगिताहरू आयोजना तथा सहभागिता जनाउने गरेको थियो । पछि खेलकुद पूर्वाधार निर्माणमा केन्द्रित रहेर फूटवल मैदान बास्केटवल र भलिवल मैदान समेत निर्माण गरेको पाइन्छ । 

यद्यपी हालका दिनहरूमा कीर्तिपुर व्याडमिण्टन क्लवले भेट्रानहरूका लागि व्याडमिण्टन प्रतियोगिता आयोजना गर्दै आएको छ यसले खेलकुदलाई सवै उमेर समुहका लागि आवश्यकताको अनुभुति 
गराएको छ तर प्रतियोगिता नहुँदा नयाँ खेलाडीहरूलाई कागलाई वेल पाक्यो हर्ष न विस्मात जस्तै छ । कीर्तिपुर नगरपालिकाले पनि वडा 
स्तरीय केही खेलहरू आयोजना गर्दै आएको छ जुन सिनियर अर्थात ३० वर्ष उमेर नाघेकाहरूका लागि मात्र भएकोले नयाँ खेलाडीहरूलाई समेट्न सकेको पाइदैन ।  अहिले पनि यदाकदा खेलकुद प्रतियोगिताहरू हुने 
गरेका छन् तर त्यो विद्यालय तहमा मात्र सिमित भएकोले गर्दा विद्यालय तह अध्ययन पूरा गरेका उमेर समूहले खेलकुद गतिविधि सहभागिता जनाउने अवसर पाइरहेको अवस्था .छैन । 

त्यसैले यी समूहलाई लक्षित गर्न क्लव स्तरीय खेलकुद गतिविधि सञ्चालनमा ल्याउन जरुरी देखिन्छ । 

कीर्तिपुरमा त्यस वेलाका युवाहरूले आप्mनो तन मन लगाएर जुन खेलकुद गतिविधि लगायत अन्य सामाजिक कृयाकलापहरू गरे अहिले ती क्लवका संस्थापकहरूको निजि व्यस्तताको कारण समय दिन नसकेर सुशुप्त अवस्थामा रहेको आआप्mनो क्लवलाई नयाँ पिढीलाई मार्ग निर्देशनगर्दै पुनःसञ्चालनमा ल्याउनु पर्ने देखिन्छ । स्थानीय सरकारले पनि युवा लक्षित कार्यक्रम अन्तर्गत राखेर यस्ता क्लवहरूलाई सव्रिmय वनाउन कार्यक्रमहरू ल्याउनु पर्ने देखिन्छ ।

(पाठक वर्गहरुले आआप्mनो क्लवक्रियाशिल छ भने कृपया पदाधिारीहरुको नाम र हाल गर्दै आइरहेको काम footballpradip@yahoo.com मा mail गरी जानकारी गराउनु भएमा आगामी अंकमा विस्तृत लेख तयार पार्ने पनि अनुरोध छ ।)

No comments:

Post a Comment