Sunday, May 17, 2020

त्रि.वि. र कीर्तिपुरको सम्बन्ध



त्रि.वि. र कीर्तिपुरको सम्बन्ध
कीर्तिपुरका जनप्रतिनिधिहरूको के छ विचार ?







नजरराम महर्जन

जमिन खाली गर्नेलाई कारवाही गर्ने भए सबभन्दा पहिले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरलाई कारवाही गर्नुपर्छ । अनावश्यक रूपमा पटक पटक गरी कीर्तिपुरको ६५०० (छ हजार पाँचसय) रोपनी जमिन लियो । जसमा अहिलेसम्म १५०० (एक हजार पाँचसय) रोपनी मात्र जमिनको सदुपयोग भएको छ । बाँकी ५,००० (पाँच हजार) रोपनी त्यतिकै खाली छ । अझ कतिपय जग्गा धनीले मुआब्जा समेत पाएको छैन । पहिले त नेपालको एकमात्र विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो । अहिले त प्रदेशैपिच्छे विश्वविद्यालय भैसकेका छन । अब त खुल्ला विश्व विद्यालयको अवधारणा आइसकेको छ । अब ती जमिनको सदुपयोग हुने आशा छैन ।

ती खाली जमिनमा यसपाली धान रोप्न जाउँ । लकडाउनले ल्याउने भुखमरीलाई केही कम गर्न सकिन्छ । त्रि.वि. कीर्तिपुरको लागि अभिशाप हो । यही त्रि.वि.का कारण आज कीर्तिपुर पिछडिएको छ । रिंगरोड आउनबाट यही त्रि.वि.ले रोकि दियो । सुन फल्ने खेत सबै खोसी लियो । जसले गर्दा कतिपय कीर्तिपुरवासी सुकुमवासी भएर कीर्तिपुरबाट पलायन भयो । कीर्तिपुरको जमिन लिँदा त्रि.वि.को. हरेक काम र नोकरीमा कीर्तिपुरवासीलाई प्राथमिकता दिने भनिएको थियो । त्यो पनि पुरा गरि दिएन । अहिले त्रि.वि.मा १ प्रतिशत पनि कीर्तिपुरवासी कर्मचारी छैनन् । आपूmले कबुल गरेको वचन पुरा गरेको छैन ।

म सानो छँदा काठमाडौंको ज्ञानेश्वरमा मेरो फुपूको विवाह भएको थियो । उहाँलाई गाउँको फुपू भन्थें । घोडा जात्राको बेला उनै फुपूकहाँ जात्रा हेरेर भोज खान जान्थें । गाउँमा जस्तो खेतवारी थियो । त्यही खेतको बीचमा फुपूको घर थियो । आज ज्ञानेश्वर कति विकास भैसक्यो । हामी कीर्तिपुरेहरू जहाँको तहीँ । गोंगबुँलाई गाउँ भन्थें । आज रिंगरोडले गर्दा हरेक गाउँ शहर भैसक्यो । हामी कीर्तिपुरेहरू कछुवा चालमा शहरतिर जाँदैछौं । हाम्रो खोसी लिएको जमिनलाई बाँझो राखेको ठाउँमा खेती गर्न जाउँ । त्यसो भनेर जमिन खोस्न जाउँ भनेको होइन, केवल खेती मात्र गर्न जाउँ भनेको हुँ । जनप्रतिनिधिहरूको के छ विचार ? हिम्मत छ जनप्रतिनिधिज्यूहरू ?
के छ विचार पाउँ । अर्थात तपाईंहरुको धारणा के छ ?

1 comment:

  1. खाली जमिन जोत्न मात्र होइन अब फर्काउनु पर्छ जो बाट लिएको छ उसैलाई । कानूनमा प्रयोजन हिन जमिन जोबाट लिउको छ उसैलाई मुआब्जाको व्याजसहित रकम लिएर फर्काउनुपर्छ भन्ने व्यवस्था छ त्यसैले यो प्रावधानलाई कार्यन्वयन गरौ, सुरुआत गरौ, हरिसिद्धि इटाटायल कारखाना जस्तै ।

    ReplyDelete