Friday, August 9, 2019

जोशी नःनी कम्युनिटी होमस्टे प्रा.लि.को एक चिनारी

जोशी नःनी कम्युनिटी होमस्टे प्रा.लि.को एक चिनारी


ईं.शरद मंगल जोशी
अध्यक्ष ः जोशी नःनी कम्यूनिटी होमस्टे प्रा.लि

जोशी नःनी कम्युनिटी होमस्टे प्रा.लि.को एक चिनारी

ईं.शरद मंगल जोशी
अध्यक्ष ः जोशी नःनी कम्यूनिटी होमस्टे प्रा.लि

यस जोशी नःनी कम्यूनिटी होमस्टे कीर्तिपुर न.पा. वडा नं.१०, सिंद्वा, जोशी नःनीमा अवस्थित छ । यस कम्यूनिटीका सदस्य संख्या १४० छन् र रुपैयाँ १,२०,०००००÷ (एक कारोड बीस लाख) जति रकम उठाएर कम्युनिटी होमस्टे संचालन गर्न लागेका छन् । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिसकेको छ । सन् २०२० मा नेपालमाा २० लाख पर्यटक भित्राउने ठूलो लक्ष्य सरकारले लिएको छ ।    २०२० कीर्तिपुरमा मात्रै १ लाख पर्यटक  भित्राउने लक्ष्य कीर्तिपुर नगरपालिकाले लिएको छ । कीर्तिपुरमा १ लाख पर्यटक भित्राउन महिनामा ८३३३ आउनु पर्दछ र दिनमा २७८ जना पर्यटक भित्राउनुपर्दछ ।
       नेपालले सन् १९९८ मा मेला महोत्सवको अवधारणाबाट आन्तरिक पर्यटन प्रवद्र्धन शुरु गरेको थियो भने सन् २०११ मा घरबास (होमस्टे)को अवधारणा विकास गरियो । यी दुवै अवधारणाले आन्तरिक पर्यटनमा कायापल्ट नै ल्याएदिए । त्यस्तै गरि नेपाल भ्रमण वर्ष २०२० ले पनि नेपालमा पर्यटकहरुको संख्या जरुर नै बढ्नेछ । होमस्टेले स्थानियको आर्थिक अवस्था, सरसफाई र शिक्षामाा पनि परिवर्तन ल्याउने छ । केही होमस्टेको उदाहरण दिनु पर्दा बन्दीपुरको बासिन्दाहरु मिलेर होमस्टे खोलेका छन् । यसले गर्दा बन्दीपुरमा आन्तरिक र बाह्य पर्यटक बढेका छन् । बन्दीपुर आएका पर्यटक भित्राउन यहाँका होमस्टेलाई भ्याइनभ्याइ छ । केही समय यता बन्दीपुरमा दैनिक चार पाँच सय पर्यटक आउने गरेको स्थानीय होमस्टे संचालकको भनाई छ । गत वर्ष बन्दीपुरम ड्ढ लाख पर्यटक बढेका छन् ।

      आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २ लाख ५८ हजार पाँच सय ८८ विदेशी पर्यटक भक्तपुर भित्रिएका छन् । पछिल्लो एक दशकमा भक्तपुर आउने पर्यटकको संख्या ८०% ले वृद्धि भएको छ । भक्तपुर नगरपालिकाले पर्यटक शुल्कबाट मात्रै करोडौं रुपैयाँ संकलन गरिरहेको छ । नगरको आम्दानीको मुख्य श्रोत नै पर्यटन शुल्क रहेको मेयर सुनील प्रजापति बताउँछन् । उनी भन्छन्, ‘नगरपालिकाको विकासको आधार नै पर्यटन हो, पर्ययटन बाटै नगरपालिकाको विकास सम्भव भएको छ । (साभार ः नयाँ पत्रिका, १८ साउन २०७६) माथिको दुई उदाहरणबाट हामीलाई प्रष्ट हुन्छ कि जति पर्यटक भित्राउन बसाईलाई लम्ब्याउन सकिन्छ उति नै स्थानीयको आर्थिक अवस्था पनि मजबुत हुँदै जान्छ र नगरको आम्दानी पनि बढ्न जान्छ ।

    त्यसै कारणले जोशी नःनी र सिंद्वाका बासिन्दा मिलेर नेपाल भ्रमण वर्ष २०२० लाई पनि टेवा दिन जोशी नःनी कम्यूनिटी होमस्टे खोल्न अग्रसर भएका छन् । कीर्तिपुर आउने पर्यटकलाई थप आकर्षित गर्न होमस्टे कार्यक्रम शुरु गरिएको हो । कीर्तिपुरमा बाघभैरव, उमामहेश्वर, चिलंचो चैत्य दर्शन गर्न अउनेलाई एकदेखि तीन दिनको बसाईं लम्ब्याई कीर्तिपुरको प्राकृतिक दृश्यमा भुलाउन होमस्टे शुरु गरिएको हो । जोशी नःनी होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन निम्न कार्यक्रमहरु ल्याएको छ ।

—हाललाई १५ कोठा होमस्टेको लागि राखिएको र भविष्यमा पर्यटक बढेसँगै कोठाहरु पनि थपिंदै जाने छन् ।
—पुरानो नेवारी शैलीको घरमा बसाइने छ ।
—रातमा झिलिमिलि कीर्तिपुर, काठमाडौं, ललितपुरको दृश्य यहाँबाट ३६० डिग्रीमा देख्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनोरम दृष्य पनि अवलोकन गर्न सकिन्छ ।
—हाललाई १५ कोठामा ३५ जनाको क्षमताा रहेको छ ।
—यस होमस्टेमा पाहुनालाई नेवारी खाना र नेवारी खाजा खुवाउने गर्छ । नास्तामा विहान चिया वा कफिसँग चटामरी र अण्डाको परिकार दिइन्छ ।
—यहाँको मुख्य विशेषता भनेको नेवार बाहुल्य भएकोले नेवार संस्कृति, रहनसहन एवं जनजीवनलाई प्रत्यक्ष देख्न, महसुस गर्न सकिन्छ ।
—यहाँ नेवाः म्यूजियम पनि भएकोले सो को अवलोकन पनि गर्न सकिन्छ ।
—हिंडेर पनि सहज रुपमा पुग्न सकिने यस होमस्टेमा मोटरसाईकल, चार पाङ्ग्रे गाडीको लागि पार्किङको पनि सुविधा छ ।
—नजिकै पौराणिक महत्वको सम्राट अशोकले आजभन्दा २३०० वर्ष अघि स्थापना गरेको चिलंचो चैत्य (जगतपाल महाविहार) पनि छ ।

—यस होमस्टेमा आउने पर्यटकहरुलाई कीर्तिपुरमा रहेको ४१ वटा बौद्ध चैत्यहरुको अवलोकन पनि गराइन्छ ।
—वस्तारै अन्य घरमा पनि होमस्टे विस्तार गरेर एक रातमा सय जनासम्म राख्न सक्ने क्षमता पु¥याउने तैयारी रहेको छ ।
—यसै होमस्टे अन्तर्गत पारिवारिक वातावरणको रेष्टुरेण्ट पनि चाँडै नै खोलिने छ । जसमा नेवारी मौलिक खाना उपलब्ध गराइने छ ।

—पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको अध्ययन, अवलोकन, खोज र अनुसन्धानका लागि देशी विदेशीहरुलाई जानकारी
गराइन्छ ।
—लोक–कला, संस्कृति र मल्लकालिन सम्पदाले पर्यटकको ध्यान तान्न प्रयास गरिनेछ ।
—रेष्टुरेन्टमा आउने ग्राहकहरु उमेर अनुसार फरक स्वाद खोज्छन् । यसको लागि समय समयमा होमस्टे रेष्टुरेन्टले म्यूजिकल प्रोग्राम पनि गर्दै जाने छ । साथसाथै बच्चाहरुको रमाइलोको लागि विभिन्न खेलौनाहरु राखेर पारिवारिक वातावरण बनाइने छ ।

—चुरोट र पिउने लत भएकाहरुका लागि छुट्टै बार र Smoking Zone को व्यवस्था गरिने छ ।
होमस्टे प्रवद्र्धनका लागि सबै पक्षबाट सहयोग मिलेकोले होमस्टे संचालन गर्न सहयोग पुगेको छ ।


No comments:

Post a Comment