Monday, August 19, 2019

हातमा शीप भए विदेशिनु पर्दैन — बाबुराजा महर्जन

हातमा शीप भए विदेशिनु पर्दैन — बाबुराजा महर्जन


                                    Babu Raja Maharjan

गत साउन २१ गते जगदम्बा मोटर्सको अधिकृत विक्रेताको रुपमा आवर मोटर्स प्रा.लि.को शोरुमको उद्घाटन कीर्तिपुरका मेयर रमेश महर्जनले रिवन काटी उद्घाटन गर्नु भएको थियो ।

कीर्तिपुर वडा नं.९ बाहिरी गाउँ टेलिफोन अफिसको बगलमा खोलिएको उक्त शोरुमको प्रबन्ध निर्देशक बाबुराजा महर्जनसँग हाम्रा सम्वाददाताले गरिएको कुराकानीको सार संक्षेप–सम्पादक

परिचय
बाबु मचाराजा महर्जन र आमा तुल्सी माया महर्जनको कोखबाट उहाँको जन्म काठमाण्डौँ नरदेवीमा भएको थियो । उहाँ हाल खुसिबु, नयाँबजारमा बस्नु हुन्छ । उहाँले  एस.एल.सीसम्म पढ्नु भएको छ । एस.एल.सी सकिना साथ मोटरसाइकलमा काम सुरु गर्नुभयो । उहाँले २०५४ साल बैशाख महिनादेखि साधारण मेकानिक्सको रुपमा काम सुरु गर्नुभयोे । पहिले वासिङ्गबाट काम सुरु गर्दै विस्तारै विस्तारै काम सिक्दै गए । दुई वर्षमा उहाँले मोटर साइकल बनाउने काम सिक्नुभया । उहाँले दिनरात मोटरसाइलकमा आफ्नो समय दिन थाल्नुभयो । दिन भरि सर्भिसिगमा काम गर्ने र राती दुई तीन बजेसम्म इन्जिनको काम सिक्नुभयो ।

उहाँले एकै ठाँउमा चार बर्ष काम सिक्नुभयो । त्यसै क्रममा चाइनिज बाइक कम्पनीबाट हेड मेकानिक्सको अफर आयो । टेकुमा त्यो वेला चाइनिज बाइकमा हेड मेकानिक्समा काम गर्नुभयो । चाइनिज बाइक कम्पनीमा ६ बर्ष काम गर्नुभयो  त्यसपछि होन्डा स्याकर कम्पनी जमलमा हेड मेकानिक्समा काम गर्ने मौका पाउनुभयो । आफ्नो राम्रो शीप हिरो होन्डामा काम गर्न पाएकोमा ज्यादै खुसी थिए । त्यहि क्रममा मोविल्याण्ड ग्रुप सँग भेटघाट भयो ।

तपाईं कीर्तिपुरमा कसरी आउनु भयो ?

—दिनेश सरसँग भेट भयो । चिनापर्ची भयो । त्यसपछि दिनेश सर सँग बसेर कुराकानी हुनथाल्यो ।
कीर्तिपुरको सबै ठाँउहरुमा घुमें । त्यसपछि मोबिल्याण्ड ग्रुपले मोबाइलको शोरुम राख्नु भाको रैछ ।
मोबाइलको बिजनेस कीर्तिपुरमा नं १ मा हुनुहुन्थ्थो । म छक्क परे यस्तो ठाउँमा पनि बिजनेस राम्रो देखेर मैले पनि मोटरसाइकलको सोरुम, सर्भिसिङ, पार्टसको बिजनेस गर्नुपर्छ भन्ने मेरो मनमा गयो । दिनेश सर सँग सरसल्लाह परामर्श लिएर हामीले बालाजुमा आवर मोटर्स प्रा.लि. २०७४ साल भाद्रमा खोले त्यहि बर्ष कीर्तिपुर मंगल स्कुल पछाडी आवर मोटर्स प्रा.लिको सेल्स प्वाइन्ट खोले । त्यहिक्रममा बालाजु भन्दा कीर्तिपुरमा राम्रो सेल्स दियो । त्यसैले हामीले कीर्तिपुरमा यसपाली घक् खोल्न सफल भयो ।

आवर मोटर्सले के के व्यापार गर्छ ?

—आवर मोटर्सले टी.भी.एस.बाइक सेल्स, सर्भिसिङ, स्पेयर पाटर्स बिक्रीगर्छ ।

आवर मोटर्सले के के सुविधा दिन्छ ?

—आवर मोर्टसबाट विक्री भइसकेको बाइक तथा स्कुटरमा पाँचबर्ष वारेन्टी र दुई वर्ष फ्रि सर्भिस छ जेनुइन पाटर्स पाइन्छ । फाइनान्सको सुबिधा छ ।

तपाई मेकानिक्सबाट यति ठुलो बिजनेस गर्न कसरी आउनु भयो ?

—मलाई सानै देखि टेक्नीकल क्षेत्रमा केही ठूलो काम गर्ने इच्छा थियो । मेरो मनमा जहिले गरे पनि ठूलो ठूलो काम गर्ने सोच जान्थ्यो । त्यस्तै क्रममा दिनेश सरसँग बिजनेस गर्ने मौका पाएँ ।

तपाई एक किसानको कामलाई छोडेर बिजनेस गर्न आट कसरी आयो ?

म एक किसानको छोरा । सानै उमेरदेखी खेत वारीको काम, साइकलमा तरकारी वोकेर असनमा बेच्न जान्थें र
तरकारी वेचेको पौसावाट केही थोरै रकम कमिसन राख्थें । अलि–अलि बिजनेस त्यहीवाट सिके र अब केही बिजनेस गर्नु पर्छ भन्ने सोच गयो ।

अहिलेको यूवाहरुलाई के सन्देश दिनु हुन्छ ?

—मलाई टि भि एस शोरुम खोल्नुभन्दा पहिले विदेश गएर काम गर्ने, धेरै पैसा कमाउने र विलासीता जीवन विताउन मन लाग्थो । मैले विदेश जान धेरै प्रयास गरे । मैले पासपोर्ट तीनचोटी नविकरण गरीसके तर पनि म विदेश जान सकिन । त्यसैले अब नेपालमै आफुले जानेको बुझेको काम गर्नुपर्छ र केही गर्नु छ भन्ने अठोट लिए । जव मोविल्याण्ड ग्रुप भित्र छिरे मैले यती धेरै काम देखे कि मेरो जीवन भरी काम गर्दा पनि कहीलै नसकिने काम, बिजनेस देखे । मोविल्याण्ड ग्रुप धेरै ठुलो कम्पनी हो र यहाँ काम बिजनेसको भण्डार नै छ । अहिले आवर मोट्र्समा १३ जानाको जन शक्ति छ ।   

एउटा सामान्य मेकानिक्स आज एउटा ठुलो शोरुम सर्भिस सेन्टर कम्पनीको मालिक हुन पाउँदा आफुलाई कस्तो महसुस भईरहेको छ ?

एउटा सामान्य मेकानिक्स बाट शोरुमको मालिक हुनपाउँदा ज्यादै गर्व लाग्छ । यसको श्रय मोविल्याण्ड ग्रुपका अध्यक्ष श्री दिनेश दर्शनधारी सरलाई नै जान्छ । किनभने मलाई बिजनेस सिकाउनु हुने उहाँ नै हुनुहुन्छ । उहाँ बिजनेसमा मेरो अभिभावक हुनुहुन्छ । उहाँले बिजनेस सिकाउनु हुदाँ कति गाली गर्नु हुन्छ । जुन गालीले आज सफलताको बाटो भएको छ । म धन्यवाद दिन्छु मोविल्याण्ड ग्रुपलाई आउँदा दिनमा अझै उन्नति र प्रगति हुदै जाओस यहि प्रार्थना गर्दछु । आवर मोटर्स प्रा. लि. को मालिक हुन पाउँदा ज्यादै खुसी र भाग्यमानि महसुस
हुन्छ  ।

No comments:

Post a Comment