Saturday, July 20, 2019

जापानीको परिश्रम र दीर्घजीवि हुनुको रहस्य

जापानीको परिश्रम र दीर्घजीवि हुनुको रहस्य




ई.शरद मंगल जोशी

जापानीहरु लामो समयसम्म अनुशासित भई काम गर्न सक्नु र दीर्घजीवी हुनुको रहस्य जापानको मौलिक ‘इकिगाई’ अवधारणाको प्रयोग गर्नु रहेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । ‘इकिगाई’ आफ्नो कार्य क्षेत्र र जीवनमा प्रगति गर्नका लागि अपनाइने एउटा जापानी अवधारणा हो ।

युकारी मित्सुहासीले ‘इकिगाई’को अवधारणा बारे बेलिविस्तार गरेका छन् । जापानीहरु सधैं फ्रेस भई लामो समयसम्म अनुशासित भई कसरी काम गरिरहेको सम्बन्धमा अनुसन्धान गर्दा ‘इकिगाई’को रहस्य खुलेको हो ।

मित्सुहासी लेख्छन् — वास्तवमै ‘इकिगाई’को कुनै प्रत्यक्ष अंग्रेजी अनुवाद छैन । तर यो एउटा यस्तो शब्द हो जुन अति व्यस्त कामदारलाई जीवित रहनका लागि खुशीको प्रतीक बन्ने गरेको छ । जापानी सिद्धान्त ‘इकिगाई’ कै कारण जापानी कामदारहरु हरेक दिन बिहानै फ्रेस भएर उठ्ने र समयमै काम जाने गरेका हुन् । यस दिनचर्यालाई नै जापानीहरुले जीवनको उद्देश्य वा लक्ष्य ठानेका छन् । जीवनको यसै उद्देश्यले जापानको ओकिनावा आदि विभिन्न क्षेत्रका मानिसहरुलाई कामप्रति प्रेम गर्न सिकाउँदछ र रिटायरमेन्टको अस्तित्वलाई नै समाप्त गर्दछ । यस क्षेत्रका मानिसहरु आफ्नो कार्यकुशलता र दीर्घजीवनका लागि प्रख्यात छन् ।

हामीलाई पनि आफ्नो जीवनमा ‘इकिगाई’लाई उपयोगमा ल्याउन कुनै ठूलो परिवर्तनको जरुरत पर्दैन । केहि साधारण कोशिश जस्तै आफ्नो क्षमता र कमजोरीलाई स्वीकार गर्नु, आफैसंग तथा प्रकृतिसँग संघर्ष गर्नु तथा सानोतिनो चिजमा पनि खुशी हुनुले तपाईं हामीलाई उर्जावान र संतुष्ट बनाउँदछ र दिनको शुरुवात राम्रो गर्न मद्दत गर्दछ । टोकियो इवा विश्वविद्यालयका प्राध्यापक तथा निदानात्मक मनोचिकित्सक अकिहिरो हासेगावाका अनुसार ‘इकिगाई’ शब्दको उत्पत्ति हेइअन समय (७९४ देखि ११८५) सम्मलाई मानिन्छ । हासेमावाले यसलाई जीवनकाल र दैनिकी दुवैसँग सम्बन्धित रहेको संकेत गरेका छन् ।

आफ्नो ‘इकिगाई’ पहिचान गर्नुस्

विशेषज्ञहरुले इकिगाईलाई बुझ्नको लागि धेरै तरिका सिकाएका छनु । आपूmले आपैmलाई प्रश्न गरौं ‘यदि शनिवारको दिन विहान तपाईंसँग कुनै काम हुँदैन तब तपाईं के गर्न मन पराउनुहुन्छ ?’ दीर्घजीवी र जीवनशैलीमा अनुसन्धानकर्ताको मान्यता छ कि तपाईं तीन सूचि बनाउनुस् — तपाईंको अनुसार तपाईंको खुबी तपाईंको आनन्द दिने गतिविधि र त्यो कार्य जो तपाईं निकै राम्रोसँग गर्न सक्नुहुन्छ । यी तीन सूचिको बीचको मेलमा नै तपाईंको इकिगाई हुन्छ ।

त्यो गतिविधि जसले तपाईंको समय बितेको महसुस गर्न दिंदैन, यही नै तपाईंको इकिगाईको ठूलो हिस्सा हुन सक्दछ । यस गतिविधिबाट तपाईंलाई आराम, सन्तुष्टि मिल्छ जसबाट तपाईं रातमा सही तरिकाले आराम गर्न पाउनु हुन्छ ।

सोचलाई कार्यमा परिवर्तन गर्नुस

आफ्नो क्षमता र रुचि वा जानकारी मात्र पर्याप्त हुँदैन यसलाई काममा प्रयोग गर्न जरुरी छ । आउने समयमा तपाईंलाई कार्यमा रुचि हुँदाहुँदै पनि तपाईंलाई मुश्किल हुन सक्दछ । तर सधैं याद राख्नुपर्दछ कि आफ्नो ‘इमिगाई’लाई ‘हुन्छ वा गर्न सक्छ’ भन्नको लागि तपाईंले बाँकि चिजलाई ‘हुँदैन’ भन्नु पर्ने हुन्छ ।

विहान सबेरै तपाईंलाई योग गर्न मनलाग्छ तर समय नभएमा बिहानीपख टीवी हेर्ने वा न्यूजपेपर पढ्ने बानीमा परिवर्तन गर्नुस् । दैनिक खबर त बेलुका पनि जानकारी प्राप्त गर्न सकिन्छ । यसरी अन्य कामलाई हटाउँदा तपाईंको मन पर्ने गतिविधि गर्न समय मिल्दछ । यसरी आपूmलाई मन पर्ने कार्य गर्नाले तपाईंले ज्यादा आनन्द, खुशी र शान्ति प्राप्त गर्नुहुन्छ ।

नयाँ कुरा सिक्ने

जापानको ओकिनावामा संसारमा सबभन्दा लामो समयसम्म जिवित रहेका व्यक्तिहरु बस्दछन् । उनीहरुको दीर्घायुको राज उनीहरुको आहारशैलीमा आधारित छ । मौसम अनुसार आहार आफ्नो भोजनमा समावेश गर्नु र ८०% मात्र पेट भर्ने खाना खाने बानि पनि विशिष्ट छ ।

यो बाहेक ओकिनावाका व्यक्तिहरु आासपासका वातावरणसँग पनि घुलमिल हुन्छन्, सानो चिज प्राप्त भएमा पनि आनन्द लिन्छन् तथा सेवा निवृत्त जस्तो शब्दलाई आफ्नो भाषामा ठाउँ दिदैनन् । उनीहरु खुल्ला दिलले सिक्दछन् र युवाहरुलाई आफ्नो ज्ञान बाँड्नुलाई पनि आनन्द मान्दछन् । खुशीयालीले शरीर रमनलाई आनन्द दिंदै निद्रालाई अझ बढी मिठो बनाउँदछन् ।

वर्तमानमा जिउने र आनन्द आउने कार्य सोचौं 

इकिगाईको एक महत्वपूर्ण हिस्सा चेतना र ध्यान हो । हिजो आजको गतिविधिबाटै अहिलेको परिस्थितिमा जीवनयापन गर्न तौरतरिका सिक्नुपर्दछ । दिनभरको थकानबाट केहि समय निकालेर केहि काम जो कार्यले आपूmलाई गर्दछ उक्त कार्य अफिसमा नै हुनुपर्छ भन्ने छैन । साँझ साथीभाइसँग वा परिवारसँग पनि हुन सक्दछ । यस क्षणले तपाईंको जिन्दगीमा खुशी र आनन्द ल्याउँदछ । महत्वाकांक्षी जीवनमा यस सानो ब्रेकले जीवनमा ठूलै परिवर्तन ल्याउन सक्दछ ।

यसरी इकिगाईलाई आफ्नो कार्य क्षेत्र र जीवनमा प्रगति गर्नको लागि अपनाइन्छ । जापानीहरुका अनुसार बिहानै उठ्न र जीवनको आनन्द लिनका लागि प्रत्येक व्यक्तिसँग एउटा ‘इकिगाई’ अनिवार्य जस्तै बन्दै गएको छ । इकिगाईले मानिसलाई आनन्दमय र खुशी जीवनयापनका लागि आवश्यक पर्ने विचारलाई उत्प्रेरित गर्न सघाउने गर्छ ।

जापानमा ‘इकिगाई’ लाई केन्द्रविन्दुमा राखेर एउटा चित्र प्रचलनमा ल्याइएको छ । त्यसमा व्यस्त कर्मचारी वा कामदारले अपनाउनै पर्ने आठ कुरालाई संकेतका रुपमा प्रस्तुत गरिएको छ । तिनीहरुको मनपर्ने विषय, जोश÷उत्साह कामलाई थप सक्रियताका साथ फत्ते गर्ने या राम्रो बनाउने कुरा, व्यवसायिककता, भुक्तानी पाउने रकम, पेसा अभियान र विश्वको आवश्यकतालाई उक्त चित्रमा उल्लेख गरिएको छ । यी सबैलाई ‘इकिगाई’ परस्पर जोडेको देखाइएको छ । यी मध्ये कुनै एउटामा पनि अभाव भए कर्मचारी या कामदार मात्रै हैन, सिंगो मानिसको जीवन सामथ्र्यलाई गौण गर्न सक्छ । यति मात्रै हैन यसको अभावमा मानिसलाई सुखद जीवन यापन गर्दै दीर्घजीवी हुनबाट समेत वञ्चित गराउन सक्ने बुझाई जापानीहरुको छ ।

No comments:

Post a Comment