कीर्तिपुर सन्देश साप्ताहिक
स्थापना भएको थोरै समयमा ख्याति कमाउन सफल कीर्तिपुर वडा नं.९ तःगःवपिस्थित निर्मल बुद्धभूमि बचत तथा ऋण सहकारी संस्थाले आठौं साधारणसभा सम्पन्न गरेको छ ।
गत मंसिर २२ गते शनिवार नगाउँस्थित बाघभैरव बैंक्वेटमा संस्थाको अध्यक्ष योगेन्द्र दर्शनधारीको सभापतित्वमा प्रमुख अतिथि नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, राष्ट्रिय सहकारी बैंकका संचालक, राष्ट्रिय जिल्ला सहकारी संघका उपाध्यक्ष ज्ञान वहादुर तामाङ र भिक्षु सोभित महास्थवीरले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । अन्य अतिथिहरुमा गणबहाल महाविहारका श्रद्धेय भिक्षु शोभित महास्थवीर, नगरमण्डप श्रीकीर्ति विहारका अनाारिका मिना गुरुमा लगायत हुनुहुन्थ्यो ।
संस्थाका प्रबन्धक डिल्ली राज दाहालले स्वागत मन्तव्य दिनु भएको थियो । भिक्षु शोभित महास्थवीरले बुद्ध पुजाका साथै संस्थाका दिवंगत सदस्यहरु अध्यक्ष योगेन्द्र दर्शनधारीका पिता स्व. गणेश दर्शनधारी तथा सदस्य स्व.सानुमाया महर्जनको पुण्यानुमोदन गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष योगेन्द्र दर्शनधारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँको प्रतिवेदन अनुसार २५ जना शेयर सदस्यहरुबाट सुरु गरिएको संस्थामा अहिले ७८० जना महिला र ६२८ जना पुरुषसहित जम्मा १४०८ जना शेयर सदस्य रहेका छन । आर्थिक कारोबारमा उहाँका अनुसार आ.व. २०७३÷७४ मा शेयर चुक्ता पुँजी रु.६०,५२,९००÷ रहेकोमा आ.व. २०७४÷०७५ मा रु.९९, ८०,२००÷ पुगेको छ । त्यस्तै निक्षेप तर्फ आ.व. ०७३÷०७४मा ५,८४,६१,५२३÷ रहेकोमा आ.व. २०७४÷०७५ मा रु.७,९१,३८,५०१÷ पुगेको छ । त्यस्तै कर्जा लगानीतर्फ आ.व. २०७३÷०७४मा रु.५,५८,९२,६४४÷ रहेकोमा आ.व. २०७४÷०७५ मा रु.८,१४,९०,९१६÷ पुगेको छ । यसरी पूँजीकोष र निक्षेप संकलनका अनुपात यस आ.व.मा लगानी पनि सन्तोषजनक रहेको जनाइएको छ ।
अध्यक्षको नीति तथा कार्यक्रम प्रतिवेदन अनुसार शेयर पुँजी रु. पाँच करोड पु¥याउने, कार्यविधि र विनियम संशोधन, सदस्यहरुको दिगोपना निर्माण र बृद्धि, दिगो विकासको लागि लगानी अभिबृद्धि, वितिय समावेशिकरण सवलिकरण र सामाजिक क्षेत्रमा सहभागिता बढाउँदै लैजाने राखिएको छ ।
उक्त कार्यक्रममा सहकारीको सामाजिक दायित्व अन्तर्गत समाजमा उत्कृष्ट काम गर्ने संघ संस्थाहरुलाई नगदसहित सम्मान र कदरपत्र प्रदान गरिएको थियो । जसमा कीर्तिपुरको नगरमण्डप श्रीकीर्तिविहारलाई रु.५००१÷सहित कदर पत्र प्रदान गरिएको थियो । कदर पत्रमा लेखिएको छ । “२०३२ साल कार्तिक २९ गते नेपालमै पहिलो पटक सम्पन्न महाकठिन उत्सवमा सहभागी भई एकैदिनमा कपासको धागो बनाई चीवर तयार गरी भिक्षु संघलाई दान गर्ने ऐतिहासिक एवं अतुलनीय कार्यमा सक्रिय भूमिका निभाउनु हुने प्रमुख स्व.भिक्षु सुदर्शन महास्थवीर, कार्यक्रमका अध्यक्ष स्व. पूर्ण बहादुर महर्जन र दाता श्री सत्यनारायण साहु लगायत सम्पूर्ण उपासक–उपासिकाहरुको बौद्ध धर्म प्रतिको आस्थालाई हार्दिक सम्मान स्वरुप यो कदर पत्र प्रदान गरिएको छ ।” उक्त कदर पत्र नगरमण्डप श्रीकीर्तिविहारका प्रमुख अनागरिका मीना गुरुमांलाई हस्तान्तरण गरिएको थियो ।
कीर्तिपुर गृहिणी महिला विद्यालयलाई पनि रु.५००१÷ नगद सहित कदर पत्र प्रदान गरिएको थियो । कदर पत्रमा लेखिएको छ “औपचारिक शिक्षाको अवसरबाट बञ्चित गृहिणी महिलाहरुलाई शिक्षित र स्वाबलम्बी बनाउनका निमित दक्षिण–पश्चिम भेगमा पहिलो पटक स्थापित यस कीर्तिपुर गृहिणी महिला विद्यालयले महिला साक्षरतामा पु¥याएको उल्लेखनीय योगदान प्रति सम्मान गर्दै यो कदर पत्र प्रदान गरिएको छ । भविष्यमा पनि कीर्तिपुर भेगको शैक्षिक विकासमा यस विद्यालयको अग्रणी भूमिकाको कामना गर्दछौं ।” उक्त कदर पत्र ग्रहण गर्न विद्यालयका अध्यक्ष राज्यलक्ष्मी महर्जन, समाजसेवी बालकृष्ण महर्जन तथा प्रधानाध्यापक गंगा महर्जन बोलाएर सम्मान गरिएको थियो ।
त्यस्तै मस्तिष्क पक्षाघात स्वावलम्बन अभिभावक समूहका अध्यक्ष शंघराम महर्जन, महिला सेविका धन मय्जु महर्जन र सदस्य एकाराम महर्जनलाई सम्मान गर्नुका साथै समूहलाई रु.८० हजार बराबरको सहयोग गर्ने बचनसहित कदर पत्र प्रदान गरिएको थियो । कदर पत्रमा लेखिएको छ “कीर्तिपुर भेगमा पहिलो पटक संचालित यस बाल मस्तिष्क पक्षघात स्वावलम्बि अभिभावक समूहले समाजका मस्तिष्क पक्षघात भएका बाल बालिकाहरुको सेवा तथा उनिहरुको शारीरिक क्षमता विकासमा समेत सहयोग पुग्ने क्रियाकलाप गर्दै आएको छ । संस्थाले गरेको यस उदाहरणीय कार्यप्रति सम्मान व्यक्त गर्दै यो कदर पत्र प्रदान गरिएको छ ।
त्यस्तै कीर्तिपुरको भत्केपाटीमा संचालित मायाको घरलाई पनि रु.५००१ नगद सहित संस्थाको अध्यक्ष श्रीमती दुर्गा पौडेल आचार्य, कोषाध्यक्ष केशव अधिकारी र महासचिव बहादुर शाहलाई सम्मान गर्नुका साथै कदर पत्र प्रदान गरिएको थियो । कदर पत्रमा लेखिएको छ “समाजमा रहेका असहाय बालबालिकाको सेवाको र उनीहरुको सर्वाङ्गीण विकास गर्दै सक्षम नागरिक बनाउने पवित्र उद्देश्यले महिला तथा बाल विकास मञ्चद्वारा सञ्चालित “माया घर” संस्थाले गर्दै आएको उत्कृष्ट मानवीय सेवा कार्यको सम्मान गर्दै यो कदर पत्र प्रदान गरिएको छ ।”
पद्मलाल महर्जनले पद्मलाल अक्षय कोष स्थापना गरी कीर्तिपुर भेगमा इन्जिनियर विधामा उच्च शिक्षा पढ्न चाहने गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने घोषणा गर्नु भए अनुसार सो अक्षयकोषको रकम रु.१५,२००÷ जनसेवा मा.वि.मा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गर्न प्राचार्य नन्दकुमारी महर्जनलाई हस्तान्तरण गर्नुभयो ।
No comments:
Post a Comment