Friday, December 21, 2018

अधुरो कीर्तिपुर ब्रोसरको सर्वत्र आलोचना

अधुरो कीर्तिपुर ब्रोसरको सर्वत्र आलोचना




         कीर्तिपुरलाई पर्यटकीय गन्तव्य बनाउनको लागि कीर्तिपुर नाम दिएर एउटा ब्रोसर प्रकाशित गरेको छ । कीर्तिपुर नगरपालिका, नेपाल टुरिज्म बोर्ड र गाईड एशोसिएसन अफ कीर्तिपुरले संयुक्त रुपमा प्रकाशन गरिएको हो ।
गत पौष १ गते पाँगाको विष्णुदेवी–बालकुमारी जात्राको अवसरमा पाँगा लाछिमा कीर्तिपुर न.पा.का उपमेयर सरस्वती खडकाले एक समारोहका बीच विमोचन गर्नुभयो । ब्रोसर विमोचन कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा उपमेयर सरस्वती खडकाले कीर्तिपुर नगरपालिकाको यो पहिलो प्रयास हो । यसमा केही कमी कमजोरी भए पछि सुधार गर्दै लैजाने भन्नुभयो ।

विमोचन पछि बाँडिएको ब्रोसर हातमा पर्ने बित्तिक्कै आलोचना सुरु भयो । यो ब्रोसर कसको लागि बनाईको हो ? कीर्तिपुरेहरुको लागि हो कि बाहिरबाट कीर्तिपुर आउने पर्यटकहरुको लागि ? कीर्तिपुरेहरुको लागि हो भने एक किसिमले ठिकै मान्नु पर्छ । सँधै देखेर आइरहेको ठाउँहरु नै । तर बाहिरबाट आउने पर्यटकको लागि यसमा देखाइएका तस्वीरहरु कहाँ को ? ठाउँको नाम के हो ? कुन बाटो भएर जाने ? कुन दिशामा छ केही उल्लेख छैन । यस ब्रोसरमा भएका कमी कमजोरीहरु ः
१. तस्वीरमा देखाएको ठाउँको नाम लेखेको छैन,
२. ब्रोसरमा एक ठाउँबाट अर्को ठाउँमा जाने बाटोको नक्सांकन छैन ।
३. कीर्तिपुरको प्रसिद्ध ल्वहँदेगः राखिएको छैन ।
४. सात गाउँले जात्रा मनाइरहेका पाँगाको विष्णुदेवी बालकुमारी र नगाउँको बालकुमारी मन्दिरको फोटो छैन ।
५. चोभारको जलविनायक मन्दिर, मञ्जुश्रीपार्क, मञ्जुश्रीको ३३ फुटे मूर्ति पनि छैन ।
६. टौदहको बर्तमानको तस्वीर नराखीकन ४० वर्ष पहिलेको तस्वीर राखिएको छ ।
७. पाँगालीहरुको दाहसंस्कार गर्ने भाजंगलको दीप, जहाँ मान्छे कुरेर दाहसंस्कार गर्नु पदैन । आगो बालेर परालले छोपेर आएपछि खरानी हुन्छ । यस्तो रहस्यमय दीपको बारेमा कहिं केही उल्लेख छैन ।
यी विभिन्न कमीकमजोरीको बारेमा फेसबुकमा खुव चर्चा भयो । कीर्तिपुर नगरपालिकाको निकै आलोचना भएपछि की.न.पा.का एकजना नससले यो की.न.पा.ले प्रकाशित गरेको होइन गाईड एशोसियसन अफ कीर्तिपुरले प्रकाशित गरेको भनी जवाफ दिएको थियो । जबकि ब्रोसरमा कीर्तिपुर न.पा., नेपाल टुरिज्म बोर्डको पनि लोगो राखिएको छ ।
आफ्नो गल्ती महसुस गरी पछि सुधार गर्दै लैजानु बुद्धिमता हो । तर अर्काको थाप्लोमा दोष थोपर्दै आपूm चोखिन खोज्नु राम्रो होइन ।

No comments:

Post a Comment