Saturday, December 15, 2018

कीर्तिपुरमा अलग पहिचान बनाउँदै शीतल एकेडेमी

कीर्तिपुरमा अलग पहिचान बनाउँदै शीतल एकेडेमी


गंगा राम रेग्मी घर धनगढी कैलाली, उहाँले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर (एम.ए) पास गर्नु भएको छ । अहिले कीर्तिपुरको नयाँबजारबाट भाजंगल जाने बाटोमा शीतल एकेडेमी स्थापना गरी अंग्रेजी भाषा सिकाइरहनु भएको छ । उहाँसंग अंग्रेजी भाषा कसरी सिक्न सकिन्छ भन्ने बारेमा गरिएको भलाकुसारी

तपाईंले अंग्रेजी विषयमा स्नातकोत्तर पास गर्नु र भाषा सिकाउनु अलग्ग विषय भयो । तपाईंले कुनै क्षेत्रमा गई भाषा सिकाई सम्बन्धि तालिम पनि लिनु भएको छ कि ?

—हो, तपाईंले ठिक भन्नुभयो । डिग्रीको सर्टिफिकेटले मात्र अंग्रेजी सिकाउन पर्याप्त हुँदैन । भाषा सिकाई सम्बन्धि तालिम पनि चाहिन्छ । मैले रोजगारीका लागि भारत गएका परिवारका सदस्यहरुसंग भारत बसाईको सिलसिलामा शीतल एकेडेमी मुम्बईमा अंग्रेजीका विज्ञ व्यक्ति (३० वर्ष अंग्रेजी सिकाईको अनुभव) केतन शाहबाट अंग्रेजी भाषा सिकाई सम्बन्धि कोर्ष र तालिम पुरा गरेको छँु । दुई वर्ष भारतमै अंग्रेजी भाषा सिकाइ अनुभव बटुली सकेपछि नेपालमा अंग्रेजी सिकाउन शुरु गरेको हुँ । सरकारी स्कूलमा पढ्दा अंग्रेजीको कमी महशुश भइरहँदा भारतको शीतल एकेडेमीबाट नयाँ प्रविधिद्घारा सहज रुपमा अंग्रेजी सिकिसकेपछि, म जस्तै अन्य नेपालीहरुले सजिलै अंग्रेजी भाषा सिक्न सक्ने महशुश गरी भारतमा अवस्थित शीतल एकेडेमीसंग को सम्बन्धन र सहयोगमा नेपालमा शीतल एकेडेमी स्थापना गरिएको हो ।

नेपालमा अंग्रेजी भाषा सिकाउन थाल्नु भएको कति वर्ष भयो ?

—नेपालमा शीतल एकेडेमी स्थापना गरेर अंग्रेजी भाषा सिकाउन थालेको त ५ वर्ष भयो । पहिले धनगढीमा पढाएँ । त्यहाँ सफलता पाएपछि, त्यहाँबाट उत्पादित जनशक्तिहरुले टीकापुर, अत्तरिया, वर्दिया र दाङ गरि काठमाडौं बाहिर ५ ठाउँमा शीतल एकेडेमी संचालन भइरहेको छ । काठमाडौंमा भने कीर्तिपुरमा एउटै मात्र हो ।

यतिका ठाउमा पढाउन तपाईंले कसरी व्यवस्था गर्नु भएको छ ? तपाईंको कतिजना पार्टनरहरु छन ?

—व्यक्तिगत रुपमा अंग्रेजी सिकाउन धेरै जनशक्तिको आवश्यकता पर्दछ । शीतलमा पढ्न आउने विद्यार्थीहरुलाई पहिले अंग्रेजी सिकाएर, क्षमतावान विद्याथीहरुलाई तालिम दिई अंग्रेजी भाषा सिकाउने व्यवस्था मिलाइएको छ । मलाई अंग्रेजी सिकाउनु भएका गुरुहरुको मार्गदर्शनमा आधारित रहि तालिम दिने गरेको छुँ । म जस्तै, मबाट सिकेका केही विद्यार्थीहरुले आफ्नो स्वयम लगानीमा र केहीले मेरो र मेरा गुरुहरुको हभागीतामा शीतल एकेडेमी चलाईरहनु भएको छ । तर नेपालमा अवस्थित शीतल एकेडेमीहरुको रेखदेख, मुल्याङ्कन र तालिमहरु मैले नै दिने गरेको छुँ ।

तपाईंले अंग्रेजी भाषा सिकाउन कीर्तिपुर नै किन रोज्नु भयो ?

—कीर्तिपुरलाई शैक्षिक धरोहरको केन्द्र नै मानिन्छ । यहाँ नेपालकै ठूलो विश्वविद्यालय हुनु गौरवको कुरा हो । यहाँ सबै जिल्लाका मानिसहरु बसोबास गर्न र पढ्न आउँछन । यहाँ भाषा सिकाउने इन्स्टिच्युटहरु थुप्रै छन । लोकसेवा आयोगको परीक्षा दिन पढ्न आउनेहरु पनि थुप्रै छन । कीर्तिपुर एउटा शैक्षिक हब जस्तै भइसकेको छ । तर यहाँ अलग्ग किसिमले आधुनिक प्रविधि र प्रणालीको प्रयोग गरि अंग्रेजी भाषा सिकाउने इन्स्टिच्यूटहरु छैनन् । अंग्रेजी सिक्नैका लागि दैनिक खर्च गरेर कीर्तिपुर बाहिर जानुपर्ने अवस्था छ । त्यसैको अभाव पूर्ति गर्न कीर्तिपुरमा शीतल एकेडेमी स्थापना गरिएको हो ।

तपाईंको एकेडेमीको भाषा सिकाईको तरिका कस्तो छ ?

—हामी अडियो भिजुवल, आधुनिक प्रविधिको प्रयोग गरी व्यक्तिगत रुपमा अंग्रेजी सिकाउँछौं । सिकाइलाई प्रभावकारी बनाउन व्यक्तिगत शिक्षण एकदमै प्रभावकारी उपाय हो । त्यसका साथै अनलाईन मार्फत अन्य ठाउँका शीतल एकेडेमीका विद्यार्थी र शिक्षकहरुसँग कुराकानी गराइन्छ । विभिन्न क्षेत्रमा गएर अंग्रेजीमा वार्तालाप कसरी गर्ने भनेर सिकाइन्छ । स्पीच कसरी लेख्ने र स्टेजमा गएर कसरी बोल्ने भनेर पनि सिकाइने गरिन्छ । अंग्रेजी शुद्घ बोलिचाली र लेखनमा पनि विशेष जोड दिइने भएकाले विद्यार्थीहरुको स्कूल कलेजको पढाईलाई निकै सहयोग गर्दछ । अंग्रेजी सिकाई सहज बनाउन शुरुमा मातृभाषाका माध्यमबाट सिकाएर त्यसपछि मात्रै पूर्ण अंग्रेजी वातावरणमा सिकाइन्छ । खुशीको कुरा शीतल एकेडेमी कीर्तिपुरमा भर्ना हुनु भएका धेरैजसो विद्यार्थीहरुले अंग्रेजी बोल्न थालिसक्नुभएको छ । चाँडै नै हामी विभिन्न प्रतियोगिताहरु आयोजना गरि विद्यार्थीहरुको अंग्रेजी बोल्ने क्षमतालाई सबै माझ प्रश्तुत गर्नेछौँ ।

 तपाईंको एकेडेमीमा पढाई पूरा गरेकाहरुले मात्र पढ्न पाउने कि अन्यले पनि ?

—यहाँ पढ्नको लागि कुनै उमेरको बन्देज छैन । सामान्य लेखपढ गर्न जान्नेले पनि अंग्रेजी भाषा सिक्न सक्छ । स्कुल कलेजमा पढ्ने विद्यार्थीहरुले पनि यहाँ पढ्न सक्छन् । यहाँ पढेपछि बाहिर अन्यत्र अंग्रेजी विषयको ट्यूसन पढिरहनु पर्दैन । स्कुलका कोर्षलाई लक्षित गरि अंग्रेजी सिकाइन्छ । यहाँ भर्ना भएर पढ्ने विद्यार्थीहरुलाई किताबहरु पनि निशुल्क दिइन्छ ।

तपाईंको कोर्ष कति महिनाको हुन्छ र कति खर्च लाग्छ ?

—हामीकहाँ व्यक्तिगत रुपमा पढाईन्छ । कुनै समयको सीमा छैन । विहान ६ बजेदेखि साँझ ६ बजेसम्म जुन समय पढ्नका लागि अनुकुल हुन्छ, त्यही समयमा पढ्न पाउनु हुन्छ । दिनको २ घण्टा पढाइन्छ, त्यसभन्दा बढी पढ्न चाहनेलाई पनि सोही शुल्कमा नै पढाइन्छ । थप शुल्क लाग्दैन । ६ महिनाको एकैचोटि पेमेन्ट गर्नु भएमा जम्मा रु. आठ हजार लाग्छ । किस्ताबन्दीमा तिर्ने हो भने ५ हजारको दुई चोटि तिर्नु पर्छ । मतलब दश हजार रुपैया लाग्छ । यसमा कोर्षबुक पनि समावेश गरिएको छ । यहाँ भर्ना हुनु भएका विद्यार्थी कोर्ष पुरा नहुँदै अन्य ठाउँमा जानु प¥यो भने पनि नेपाल र भारतमा शीतल एकेडेमी भएको ठाउँमा कोर्ष पूरा नभएसम्म निशुल्क पढ्न पाउँछ । कोर्ष पश्चात जहिले पनि पछि विर्सेका कुराहरु रिभाइज गर्न आउँदा निशुल्क पढाइने व्यवस्था छ ।

No comments:

Post a Comment