Saturday, August 19, 2017

विजेन्द्र र सुरोजको जोडीलाई प्रथम कीर्तिपुर ब्याडमिन्टन कप

विजेन्द्र र सुरोजको जोडीलाई प्रथम कीर्तिपुर ब्याडमिन्टन कप



—प्रदीप महर्जन

कीर्तिपुर श्रावण २८, प्रथम कीर्तिपुर खुल्ला व्याडमिण्टन कप २०७४ को प्रतिस्पर्धात्मक फाइनल खेलमा विजेन्द्र लाल श्रेष्ठ तथा सुरज तण्डुकारको जोडीले सुरेश बस्नेत तथा लक्की कार्कीको जोडीलाई १९–२१, २१–१२ र २१–१७ अंकले हराउँदै कीर्तिपुर व्यडमिण्टन कप च्याम्पियन बन्न सफल भएको छ ।

यस सँगै सानेपाका उक्त जोडीले नगद रु १४०००÷–, मेडल र कपमा समेत कव्जा जमाउन सफल हुनु भएको छ । सो प्रतियोगितामा ठेचोका सुरेश बस्नेत तथा लक्की कार्कीको जोडी द्वितिय, कीर्तिपुरका नविन महर्जन तथा श्याम महर्जनको जोडी र अर्काे दिवाकर र देबेन्द्रको जोडी तृतिय हुन सफल भयो ।


उक्त फइनल खेल पश्चात समारोहका प्रमुख अतिथि माननीय यूवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के. सी.ले प्रथम, द्वितिय र तृतिय हुनु भएका खेलाडीहरुलाई नगद रु. १४०००÷–,रु. १२००० र रु.८०००÷– सहित मेडल, कप र प्रमाण वितरण गर्नु भयो ।

सोही अवसरमा प्रमुख अतिथि माननीय मन्त्री के. सी.ज्यूले प्रतियोगितामा विशेष सहयोग गर्नु हुने कीर्तिपुर व्यडमिण्टन क्लवका भू. पू. अध्यक्ष एवं सल्लाहाकार तथा माइक्रोटेकका म्यानेजिङ डाइरेक्टर ई. दुर्कमान महर्जन र प्रतियोगिता सञ्चालनको लागि रु. ५०००० को अक्षय कोष स्थापना गर्नु हुने अनक हाइड्रो पावर कंपनी लि. का निर्देशक नविन महर्जनज्यूलाई सम्मान गर्नु भएको थियो । पुरस्कार वितरणको क्रममा मन्त्री के. सी. ज्यूले आउने हप्ता त्री. वि. हाता भित्र रु ८६ कारोड रुपैयाँको लगानीमा मल्टिपर्पाेज कभर्डहलको शिलान्यास हुने बताउनु भयो ।

साथै कीर्तिपुर बास्केटबल मैदानमा पनि कभर्ड हल निर्माणको लागि सहयोग गर्ने कुरा बताउनु भयो । सोही अवसरमा खोखो खेललाई आगामी वर्षमा हुने राष्ट्रपति रनिङ शिल्डमा समावेश गर्ने कुरा पनि बताउनु भयो ।  त्यस्तै नेपाल व्याडमिण्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले पनि आफ्नो भनाई राख्नु भएको थियो । मन्तव्यकै क्रममा सल्लाहाकार ई. दुर्कमान महर्जनले खेलमा हार्ने जित्ने एउटा पक्ष हो भने स्वस्थ्यको लागि निरन्तर रुपमा खेल्नु पर्ने कुरा बताउनु भयो । प्रा.डा. शिव शरण महर्जनले खेलकुद र जीवन वीच अन्योन्याश्रीत सम्बन्ध भएकोले प्रत्येक व्यक्तिले खेल खेल्नु पर्ने कुरा बताउनु भयो । उक्त कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष राजु महर्जनले गर्नु भएको थियो भने संयोजक दया राम महर्जनले प्रमुख अतिथि लगाएत उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । यस प्रथम कीर्तिपुर कप व्याडमिण्टन कपको फाइनल खेलको पहिलो सेटमा सानेपाका अग्ला खेलाडीहरु विजेन्द्रलाल श्रेष्ठ र सुरोज तण्डुकारको जोडीले पहिलो अंक प्राप्त गरी ७–२को अग्रता लिएतापनि ठेचोका सुरेश वस्नेत र लव कार्कीको जोडीले निराश नभै निरन्तर १० अंक प्राप्त गरी १२–७को स्थितिमा पू¥यायो ।

यस पछि राम्रा र पूmर्तिला खेलाडी भएता पनि सानेपाको जोडीले ठेचोको जोडीलाई उछिन्न नसकेपछि १९–२१ अंकले पहिलो सेट ठेचो सुम्पनु प¥यो । पहिलो सेट जितेर हौसिएका ठेचोको जोडी दोश्रो र तेश्रो सेटमा भने त्यती जम्न सकेन भने पहिलो सेटमा केही तालमेल गुमाएका विजेन्द्रलाल श्रेष्ठ र सुरोज तण्डुकारको जोडीले आप्mनो जोडीमा राम्रो समन्वय गरी विपक्षिलाई कुनै मौका नै नदिई दोश्रो र तेश्रो सेट क्रमशः २१–१२ र २१–१७ अंकले जित हात पार्र्दै  कपमा आप्mनो कव्जा जमाउन सफल भयो ।  आयोजकका अनुसार यस प्रतियोगितामा ५०टीमले सहभागिता जनाएको मध्ये कीर्तिपुबाट १० टिमको सहभागिता थियो ।

त्यस मध्ये पनि अधिकांश पुरानै अनुहारहरु देखिन्थे । नयाँ प्रतिभाहरु तयार गर्न नविन महर्जनले राख्नु भएकोे अक्षय कोष र आवश्यक सामाग्रीहरु संयोजक दयाराम महर्जनले व्यवस्था गरी दिने कुरा पनि आयोजकले बताउनु भयो ।

No comments:

Post a Comment