Friday, July 7, 2017

हारेर पनि सबै जित

हारेर पनि सबै जित  




अशोक शोकी

हारेर पनि सबै जिते
(जस्ले साईत खोज्दैन उस्लाई बेसाईत हुदैन)
सय वटा युद्ध जिते पनि
मन हा¥यो भने सबै हा¥यो
सय वटा युद्ध हारे पनि
मन जित्यो भने सबै जित्यो

           पाँच पाण्डवले सम्पूर्ण हारेर पनि सबै जिते युद्ध जित्ने क्षमता भएर पनि द्रोपतीकी चिरहरणमा नतमस्तक हुनु प¥यो । तत्कालीन राजा बिरेन्द्र सुरक्षाको घेरामा बसेर पनि परिवार सहित असुरक्षा परी वंश नाश हुनु प¥यो । समयको पावन्दीलाई कस्ले बुझ्न सकिन्छ । समय र परिस्थीतिलाई बुझ्नु बुद्धिमान हो, जीवन संघर्ष हो, उत्साह संघर्षको हतियार हो । उत्साहबाट प्रयास गरीन्छ, प्रयासबाट बिकाश पनि दास बन्छ । बिग्रेको काम सपार्नेलाई बिकाश भनिन्छ । एडिसनले बिजुलीको बल्व बनाउदा ८ प्रयासमा सफलता पाएको थिए । अब्राहम लिङ्कन अमेरिकाको राष्ट्रपति सानामा गरीबीको हाहाकार र अन्धकारमा बसे उनी उठेर चुलीमा पुगे । यो स्थानिय चुनावमा निर्वाचित नहुनेहरूले निर्वाचित हुनेहरूलाई आफ्नो अभिभारा सुम्पिएर मालिक भएको महसुस गर्नु पर्छ । जित्नेहरूले जनताहरूले महत्वपूर्ण जिम्मेवारी सुम्पी बिस्वास गरेकामा गौरवमय सम्झनु पर्छ । जसरी एउटा सिक्कामा कता पट्टीकोलाई सुल्टो सम्झने त्यो आफ्नै सोचाइमा भर पर्दछ ।

               त्यस्तै जस्ले साईत खोज्दैन उस्लाई बेसाईत हुदैन । यो नियम बुद्ध भगवानले मान्नु भएको थियो । जुनसुकै ठाँउमा जुनसुकै बेलामा पनि आनन्द लिई राख्नु भएको थियो । त्यसैले भगवान बुद्धले कहिले बेसाइत ठानेनन् । साइत नखोज्नेलाइ बेसाइत हुदैन जनप्रतिनिधी पाउनेहरूले जुन जिम्मेवारी निभाउनको लागि शक्ति दिइएको हो  लोभ र मोहमा परी अहमता गरेमा रावणको दुर्दशा हुन सक्छ, भनि सोचाई राख्नु पर्छ । जनताको मत पाएर शक्ति हात पाएका जनप्रतिधीहरूले जनताकै जित ठान्ने हो भने बिजय जुलुसमा पार्टीको झण्डा भन्दा राष्ट्रको झण्डा फहराएको भए राम्रो हुने थियो । हार्नु पर्ने मात्र हारेका छैन जित्नु पर्ने पनि हारेका छन ।

              समाजमा केहि योगदान नभएको पार्टीको झण्डा मुनीबाट बिरालोले मुसा समात्न निस्के जस्तै चुनावमा मात्र समाजमा आइ कुर्सी समात्न निस्केका पनि छन । नेताको भक्ति गरेको भरमा चुनावको टिकट पाएर जित हासिल गर्न पाउनु । सर्वोच्च नेता गणेशमान सिंहले भन्नुभएको उपमा लागु हुन्छ । यो जनताको कमजोरी हो, यो एकाइसौं शताब्दीमा पनि हामीमा चेतना नहुनु हाम्रो दुर्भाग्य हो ।

             निर्वाचनमा उत्रेका सबै नगर प्रमुखले पानीको समस्यालाई समाधान गर्ने प्रमुख नारा राखेका छन  कीर्तिपुरमा पनि हाल बाक्लो बस्तीको कारण पानीको मुल समस्या भएको छ, यो जिम्मेवार नव निर्वाचित नगर प्रमुखको काँधमा आइपरेको छ । कीर्तिपुरमा नगर बिकाशले गरेको शहरी बिकाश योजना (टाउन प्लानिङ्गमा) सडकको दुई किनारामा दुई ईन्चको खाने पानी पाइप ओच्छयाएको १३ बर्ष भयो यस्तो अधुरो रहेको समस्यामा नव निर्वाचित नगर प्रमुखको पहिलो नजर जाओस भन्न चाहन्छु । हाम्रो देशमा ६५०० खोला नाला छन, ठुला नदी १४ रहेका छन । तर योजनावद्ध र ब्यवस्थित ढंगले कार्यान्वयन गर्न नसक्दा पानीको अभावै अभावमा बाच्नु जनता परेका छन । हालका नव निर्वाचित जनप्रतिनिधीहरुले मध्य नजर राखि यसलाई ब्यवस्थित ढंगले पानीको समस्या समाधान गर्नु होला भनि जनताले निकै ठुलो आशा राखेका छन ।

कीर्तिपुर सन्देश साप्ताहिक अंक २९७ मा प्रकाशित

No comments:

Post a Comment