Thursday, July 6, 2017

नवीन महर्जनको छोटो चिनारी


नवीन महर्जनको छोटो चिनारी


– सरोज कुमार महर्जन –
गुत्पौ टोल, कीर्तिपुर—१०


२०२५ साल माघ महिनामा स्व. श्री हर्ष नारायण महर्जन र स्व.श्रीमती अष्टमाया महर्जनको चार छोरी र तीन जना छोरा पछिको आठौं सन्तानको रुपमा कीर्तिपुर–१ बाकुननी टोलमा जन्मिनु भएको थियो । स्व.नवीन महर्जनले वाल्य कालमै बुबा गुमाउनु  परेको थियो । जसको कारणले उहाँले जीवनमा धेरै कुराहरुमा सम्झौता गर्नु परेको थियो । त्यसको बाबजुद उहाँ धेरै चञ्चल, हँसिलो, Active र Leadership भएको व्यक्तित्व हुनुहुन्थ्यो । शारीरिक व्यायाम, संगीत प्रतिको लगाव, नृत्य प्रतिको रुची, जस्ता गुण उहाँमा बाल्यकालदेखि नै देखिन्थ्यो । पढ्नु, पढाउनु, मादल बजाउनु Stage Perform गर्नु, कीर्तिपुरभित्र Tourist Guide गर्नु Modern Dance join Photography उहाँको बाल्यकालको एक पाटो थियो ।

स्कुल पछिको उहाँको सपना Gymnastic सिक्नु, Modern Dance join गर्नु, Photography गरी आफ्नो Portfolio तयार पार्ने जस्ता सपनाहरु, सपना मै सिमित रहे । स्कुल सक्याएर उहाँले ताहचल क्याम्पस join गर्नुभयो ।

प्रत्येक विहान मर्निग वाक गर्दै कलेज पुग्नुहुन्थ्यो । कुशल धावक भएर उहाँले थुप्रै मेडलहरु तथा कपहरु पनि जितेका थिए । मादल तथा तवला वादक भएर थुप्रै Stage Perfermance हरु पनि गर्नुहुन्थ्यो । करिव २०४० सालदेखि नै उहाँ इन्द्रेणी सास्कृतिक समाज, कीर्तिपुरमा सक्रिय रुपमा लाग्नु भएको थियो । सो सांस्कृतिक समाजमा रहेर थुप्रै सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिरहनु हुन्थ्यो । ज्ञानमाला तथा भजन प्रतियोगिताहरुमा पनि, गुत्पौ भजन गुठीको सदस्य भएको हुनाले आफ्नै रचना र संगितमा गीतहरु सृजना गर्ने र प्रतियोगिताको लागि तयार पार्ने जस्ता सम्पूर्ण जिम्मा लिनु हुन्थ्यो । प्रत्येक पटक पुरस्कृत पनि हुन्थ्यो । जिम्मेवारी पूरा गर्नु, समयको पालना गर्नु, सानालाई माया, स्नेह, ठूलालाई सिस्तता, आदर उहाँको अर्को विशेषता थियो ।

यहिक्रममा वि.सं.२०४६ सालमा उहाँको विहे आफ्नै स्कुले साथी (प्रेमिका) चौथी महर्जनसँग सामाजिक परम्परा अनुसार भएको थियो । सांगितीक यात्राको क्रममा उहाँले आफ्नै शब्द र संगितमा थुप्रै गानाहरु र केहि एल्बमहरु पनि निकाल्नु भएको थियो ।

करिवन २०४२ सालतिर सायद कीर्तिपुरमै पहिलो प्रस्तुति थियो होला, Modern Dance, Break Dance B-boying जस्ता प्रस्तुती जुन उहाँहरुको समूहले गाई जात्राको अवसर पारेर कीर्तिपुरको विभिन्न स्थानहरुमा देखाउनु भएको थियो । विभिन्न कार्यक्रमहरुमा उद्घोषक भएर प्रस्तुत हुन्थ्यो भने, नेपालभाषा एकेडेमि कीर्तिपुरको नेवाः एफ एम १०६.६मा कार्यक्रम प्रस्तोता भएर पनि काम गर्नु भएको थियो । कीर्तिपुर लाय्कू टोलमा हुँदा मेगस इङ्गलीस स्कुलमा शिक्षक तथा स्कुल इन्चार्ज भएर धेरैवर्ष काम गर्नुभयो ।पछि उज्ज्वल स्कुलमा शिक्षक हुनुभयो । उहाँले विषयगत शिक्षाको अलावा संगीत, स्कुल इन्चार्ज तथा व्यवस्थापन पक्ष पनि कुशलता पूर्वक हेरिरहनु भएको थियो । त्यहिक्रममा उहाँले Stationary  पसल खोलेर व्यापार पनि सुरु गर्नुभयो । सायद व्यापारमा सफल हुनु भएन र पसल छोड्नुभयो । पछिल्लो समय आएर उहाँले ‘जनपोलिक्लिनिक कीर्तिपुरमा पनि विहान र साँझ काम गर्दै हुनुहुन्थ्यो । त्यति व्यस्त दैनिकीमा पनि उहाँले कीर्तिपुरको स्थानीय पत्रिकाहरुमा खेलकुद पत्रकारको रुपमा लेख, खेल समाचार प्रकाशित गरिरहनु भएको थियो । फलस्वरुप लहना पत्रकारिता, ज्ञान पत्रकारीता तथा अन्य पुरस्कारहरुबाट सम्मानीत भैसकेका थिए ।

उहाँ उज्ज्वल स्कुलको शिक्षक÷व्यवस्थापक, राराहिल फाउण्डेशनको संस्थापक सदस्य, इन्द्रेणी सांस्कृतिक समाजका सक्रिय सदस्य, जनपोलिक्लिनिकमा कार्यरत, खेलकुद पत्रकार, सुगम संगीत पुचःको संयोजक, गुत्पौ भजन गुठीको सदस्य तथा गुरु, कीर्तिपुर खेलकुद विकास समाजको संस्थापक महासचिव संगै अन्य थुप्रै सामाजिक कार्यहरुमा सक्रिय रुपमा कार्यरत हुनुन्थ्यो ।

यस्तो क्रियाशील, सक्षम व्यक्तित्वको २०७४÷०३÷०९ गते वीर अस्पतालमा मस्तिष्कको उपचार गर्ने क्रममा ४९ वर्षको अल्पायुमै अकल्पनीय, आकस्मिक निधनले उहाँको परिवारलाई मात्र नभई सम्पूर्ण कीर्तिपुरबासीलाई स्तब्ध, मर्माहत र भावविभोर तुल्याएको छ । यो क्षतिको पुरक संसारमा अरु केहि हुन सक्दैन तथापि विधिको विधानलाई हामीले स्वीकार्नै पर्छ । तसर्क दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार लगायत सम्पूर्ण कीर्तिपुरवासीमा धैर्य धारण गर्न सकुन भनी कामना संगै भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्दछु ।

कीर्तिपुर सन्देश साप्ताहिक अंक ३०३ नवीन महर्जन स्मृति विशेष अंकमा प्रकाशित

No comments:

Post a Comment