Thursday, July 6, 2017

नविन महर्जनलाई सम्झंदा

नविन महर्जनलाई सम्झंदा

— वीर प्रसाद भन्सारी —
अध्यक्ष
इन्द्रणी सांस्कृतिक समाज

     संगीतकर्मि, कलाकार, खेलकुद पत्रकार, समाजसेवी नविन महर्जन बालककालदेखि बालबालीकाहरूको नेतृत्व गर्दै मादल बजाउँदै हिड्ने एक जना बाल कलाकार थिए । हुने विरुवाको चिल्लो पात भनेझै करिव ९/१० वर्षकै उमेर मा माडल बजाउन पोख्त थिए । परिवारको अभिभावकबाट पनि खेलौनासरि मादल किनेर दिएका थिए । करिव २०३५/०३६ सालतिरको कुरा हो गाईजात्राको समयमा साथीहरूको साथमा मादल बजाएर टोलको मन्दिर हरूमा घुम्न हिंड्थे । म पनि एक जना कलाकार भएको नाताले परिवारका मुख्य अभिभावकसंग मेरो नजिकपन र विश्वासमा सांगीतिक कार्यक्रमहरूमा सहभागी गराउने गरेका थिए । पंचायतकालमा जनपक्षिय प्रगतिशील सांस्कृतिक कार्यक्रमहरूमा राति अबेलासम्म पनि सहभागी हुन्थे ।

         प्रायःजसो त्यस्तो कार्यक्रम गाईजात्रादेखि इन्द्रजात्राको विचमा टोल टोल बस्ति बस्तिमा पंचायत विरुद्ध सांस्कृतिक कार्यक्रम हुने गर्दथे । नविनसंगको निकटता र सांगितिक क्षेत्रको रुचीका कारण २०३७/०३८ सालदेखि २०४६/०४७ सम्म निक ै घनिष्ठता भएका े हदँु ा विविध सांस्कृतिक कार्यक्रमहरूमा मादल÷
ढोलक/ तबला आदि वाद्य वादन कार्यमा सक्रिय रहँदै आएका थिए ।

     बहु प्रतिभाको धनि नविन महर्जनको रुची खेलकुदतिर पनि त्यतिकै सक्रिय सहभागी एवं नेतृत्वको गर्ने सक्षम व्यक्तिको रुपमा स्थापित भए । त्यसैकारण कीर्तिपुर खेलकुद विकास परिषदको सचिव समेत बनेका थिए ।
   यसै बीच आफ्नो बाल्यकालदेखिको सक्रिय रहेको विधा सांगीतिक क्षेत्रमा पनि आफ्नो सक्रियतालाई निरन्तरता दिएका थिए । विभिन्न खालका गीतहरूमा संगीत पनि धेरै दिएका थिए । उनको संगीतबद्ध गीतहरू धेरै एलवमहरू पनि प्रकाशित भएका थिए । निस्क्रिय रहेका संगीतकर्मिहरूलाई गोलबन्द गरी सुगम संगीत समूहको पनि नेतृत्व गरेका थिए ।

     नविन बहु प्रतिभाशाली व्यक्तित्वको अर्को उदाहरण आपूmलाई खेलकुद पत्रकारको रुपमा पनि स्थापित गरेका थिए । कीर्तिपुर सन्देश साप्ताहिकमा निरन्तर खेलकुद विश्लेषनात्मक लेख प्रकाशित गर्दै आइरहेका थिए । कुनै समय नेपालभाषा एकेदमिद्वारा संचालीत नेवाः एफ.एम.१०६.६ मा पनि कार्यक्रम संचालन गरेका थिए । सांगीतिक÷खेलकुद लगायत नविन एक जना समाजसेवीको रुपमा पनि आपूmलाई स्थापित गरेका थिए । उनी जनपोलिक्लिनिकमा कुशल व्यवस्थापक पनि भएका थिए । उनी एक जना कुशल शिक्षक बनी शिक्षा
क्षेत्रमा पनि उतिकै योगदान दिएका थिए । उनी एक जना कुशल शिक्षक बनी शिक्षा क्षेत्रमा पनि उतिकै योगदान दिएका थिए ।

       बहु प्रतिभाका धनि नविन महर्जन कलाकार हुँदै सामाजिक रुपान्तरका अभियन्ता हनु । उनी इन्द्रेणी सांस्कृतिक समाजका स्थापना कालदेखिकै एक जना संगीतकर्मि एवं कुशल वाद्यवादक थिए । उनी र ाजनैतिककर्मिको रुपमा पनि स्थापित थिए । पछिल्लो चरणमा ने.क.पा. माओवादी केन्द्र कीर्तिपुर नगर समितिका कार्यकर्ता पनि थिए । तत्कालिन जनमोर्चा देखि नै राजनीतिमा आवद्ध थिए ।

     यतिबेला हामीसंग नविन महर्जनको योगदान सम्झना वाहेक रहेन । २०७४ असार ९ गते सांझ दिवंगत भए । नविन महर्जनको दुःखद निधनले हामिलाई निकै मर्माहत तुल्याएका छन । सकल परिवारजनमा परेको शोकप्रति धैर्य धारण गर्न सकोस यहि भावना पोख्दै नविन महर्जनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

No comments:

Post a Comment