Saturday, January 21, 2017

नयाँबजार क्लबको नयाँ एम्बुलेन्स र शव बाहन गाडीको उद्घाटन

नयाँबजार क्लबको नयाँ एम्बुलेन्स र शव बाहन गाडीको उद्घाटन 




विभिन्न संघ संस्थाहरु गठन हुन्छ । दुई चार वर्ष चल्छ । या त निश्क्रिय हुन्छ या बन्द हुन्छ । कीर्तिपुरको नयाँबजारस्थित नयाँबजार क्लब यसको अपवादको रुपमा रहेको छ । ३६ वर्षदेखि निरन्तर रुपमा संचालन हुँदै आएको क्लबले एम्बुलेन्स सेवाको साथै शव वाहन गाडीको पनि व्यवस्था गरिएको छ ।

गत माघ १ गते काठमाडौं जिल्ला १० नं. क्षेत्रका निर्वाचित सांसद राजेन्द्र कुमार के.सी.ले एक कार्यक्रमका बीच नयाँ एम्बुलेन्स र शव वाहन गाडीको रिवन काटी उद्घाटन गर्नुभयो ।
क्लबका अध्यक्ष ईश्वरमुनी बज्राचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा क्लबका सचिव किरण महर्जनले स्वागत मन्तव्य दिनुभएको थियो ।

एम्बुलेन्स राख्नका लागि क्लबले गरेको प्रयास बारे पूर्व अध्यक्ष नारायण महर्जनले प्रतिवेदन प्रस्तुत गर्नुभयो । जस अनुसार नयाँबजार क्लब २०३७ सालामा स्थापना भएको थियो । सुरुमा खेलकुद क्षेत्रमा विशेष योगदान दिंदै आएको क्लबले २०५० साल बैशाखदेखि एम्बुलेन्स सेवा सुरु गरेको थियो । जुन २२ वर्ष अहिलेसम्म निरन्तर रुपमा संचालन भैरहेको छ । उक्त एम्बुलेन्स सेवा “समुदायबाट समुदायका लागि समुदाय” ले नै संचालन गर्ने मनशायले तत्कालीन अवस्थामा कीर्तिपुर क्षेत्रका घरपरिवारबाट न्यूनतम रु. १०० सहयोग संकलनका साथै प्लान इन्टरनेशनल नेपालको समेत सहयोगमा सो संस्थाले प्रदान गरिएको टोयोटा ल्याण्ड क्रुजर गाडीलाई एम्बुलेन्सको स्वरुपमा परिवर्तन गरी एम्बुलेन्स सेवा संचालन गरेको थियो । एम्बुलेन्स गाडी १० वर्षभन्दा बढी चलाउन नपाउने नियम भए पछि २०६१ कार्तिक १० गते जर्मन नेपाल सहयोग संघ र नयाँबजार क्लबको क्रमशः ६० प्रतिशत र ४० प्रतिशत रकम साझेदारी योगदान गरी अर्को दोस्रो नयाँ एम्बुलेन्स खरीद गरी संचालन भइरहेको पनि १० वर्ष पुगीसक्यो । फेरि अर्को नयाँ गाडीको जरुरत भयो । त्यसैले क्लबका साथीहरु र विदेशका बसिरहनु भएका क्लबका सदस्यहरु र शुभचिन्तकहरुको आर्थिक सहयोगबाट नयाँ एम्बुलेन्स  खरिद गरेको र पुराना एम्बुलेन्स गाडीलाई शव वाहनको रुपमा प्रयोग गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा कीर्तिपुर एम्बुलेन्स तथा नयाँबजार क्लबको भावी कार्यक्रमको बारे पूर्व अध्यक्ष प्रकाश महर्जनले चर्चा गर्नुभयो भएको थियो ।

उक्त कार्यक्रममा सहयोग गर्नु हुने महानुभावहरुलाई सम्मान पत्र वितरण गरिएको थियो ।
बीच बीचमा शुभकामना मन्तव्य दिनेक्रममा कीर्तिपुरमा क्रियाशील राजनैतिक दलका प्रतिनिधीहरुले नगरपालिकाले गर्न नसकेको एम्बुलेन्स र शव वाहन सेवा नयाँबजार क्लबले संचालन गरिरहेकोमा धन्यवाद दिए ।

प्रमुख अतिथि सांसद राजन के.सी.ले आपूm जिल्ला विकास समितिको इलाका सदस्य रहँदादेखि नै सक्दो सहयोग गर्दै आइरहेको र अहिले पनि सभासद कोषबाट उपलब्ध गराईरहेको रकम जारीरहने बताउनु भयो । एम्बुलेन्स संचालनको लागि नगरपालिकाले रु.१० लाख छुट्याएको छ  सो रकम नयाँबजार क्लबलाई दिन नै हो भन्ने जानकारी दिनुभयो ।
अध्यक्ष ईश्वरमुनी बज्राचार्यले धन्यवाद दिनुका साथै सभाको विसर्जन गर्नुभयो ।

नयाँबजार क्लबको एम्बुलेन्सको लागि सहयोग गर्ने महानुभावहरु
१.अनक कन्स्ट्रक्सन— श्रीराम महर्जन, नयाँबजार, कीर्तिपुर   —रु. १,००,०००/–
२.सुमहेश महर्जन—दाइ नयाँबजार क्लबका संस्थापक अध्यक्ष स्व.सुरेश महर्जनको सम्झनामा — नयाँबजार, कीर्तिपुर हाल अमेरिका रु.६८,६९८/–
३.स्व.जय देवी महर्जन (निधन २०७३÷०४÷२१) ससुरा स्व. इन्द्र बहादुर महर्जनको सम्झनामा) लनगोल, कीर्तिपुर हाल अमेरिका — रु.५५,५०५/–
४.हरिभोला महर्जन/ बिन्दु महर्जन–धुसि पाँगा हाल बेलायत रु.५२,०००/–
५.रामबहादुर र राजमान महर्जन (स्व.बुबा ज्ञानवहादुर महर्जनको सम्झनामा) भाजंगल, कीर्तिपुर हाल डेनमार्क रु.५०,१११/–
६.इन्द्रलाल÷बसन्ती नकर्मी महर्जन ईचाखेल पाँगा हाल अमेरिका रु.५०,०००/–
७.दिपक महर्जन (स्व.बुबा कुमार महर्जनको सम्झनामा) इटागोल कीर्तिपुर हाल बेल्जियम रु.५०,०००/–
८.दुर्गा डंगोल–भाजंगल हाल अष्ट्रेलिया रु.५०,०००/–
९.दुर्कमान महर्जन– इचाखेल, पाँगा रु.५०,०००/–
१०.मंगलमुनी स्मृति कोष–नयाँबजार, कीर्तिपुर — रु.५०,०००/– 

No comments:

Post a Comment