Saturday, December 17, 2016

पांगामा दाफा संस्कृतिको पुनरजागरण धुसि दाफा खलः आईतवार सार्वजनिक हुने

पांगामा दाफा संस्कृतिको पुनरजागरण धुसि दाफा खलः आईतवार सार्वजनिक हुने




काठमाण्डौं उपत्यकाका आदिवासी नेवाः समुदायको संस्कृतिको आधार बनेको दाफा संस्कृति कयौं स्थानमा बन्द हुदै गएको अवस्था छ । दाफा संस्कृतिको विकास, संरक्षण, सम्वद्र्धन र प्रबद्र्धनका साथै युवा पुस्तालाई आकर्षित गर्नका लागि भन्दै दाफा महोत्सव भइरहेको अवस्था छ ।

यस्तो अवस्थामा कीर्तिपुर नगरभित्रको नेवाः समुदायको मल्लकालिन वस्ती पांगामा भने दाफा संस्कृतिको पुनरजागरण आएको छ । दाफा संस्कृति नभको टोल टोलमा समेत दाफा संस्कृतिको सुरुवाट भएको छ । दाफा संस्कृतिलाई आ आफ्नो टोलमा पनि विकास गर्नका लागि दाफा प्रशिक्षण कार्यक्रम भइरहेको छ ।
यसैवीच कीर्तिपुर नगरभित्र पांगा धुसि टोलमा भने दाफा प्रशिक्षण पहिलो पटक भएको छ । पांगामा माबो टोलमा एउटै मात्र रहेको अवस्थामा धुसि टोलमा पनि दाफा प्रशिक्षण गरि अव सार्वजनिक गर्न लागेको हो । पांगाको ढोखासी र दीख्यःमा पनि दाफा प्रशिक्षण सुरु भएको छ ।

पांगा धुसि टोलमा विक्रम संवत २०७१ श्रीपञ्चमीको दिनदेखी दाफा सिकाउन सुरु गरिएको थियो । २०७२ बैशाख १२ गते आएको भुकम्पले गर्दा स्थागित भएको दाफा प्रशिक्षण कार्यक्रम २०७२ श्रीपञ्चमीको दिनवाट पुनः सुरु भएको थियो ।

आगामी मंसीर १९ गते सो दाफा खलःको सार्वजनिकीकरण गरिने कार्यक्रम रहेको छ । सो दाफा खलः सार्वजनिक गर्नका लागि १८ गते पांगा स्थित नासः द्यः रहेको स्थानमा जागराम बसी १९ गते विहान विधि पूर्वक पुजा गरि वस्ती परिक्रमा गर्ने भएको छ । सो कार्यलाई नेपालभाषामा दाफा पिथनेगु भन्ने गरिन्छ ।
पांगाको धुसी टोलमा महिला र पुरुष गरि जम्मा ४८ जना प्रशिक्षार्थी रहेका छन् भने सो दाफा खलःको गुरुहरुमा भगवान शरण महर्जन र गम्भीरमान महर्जन रहेका छन् । सो क्रममा बासुरी, खिं र गीत प्रशिक्षण दिएको छ ।
दाफा संस्कृतिको क्रममा नासः द्यःको पुजा आजा गर्ने र नासः द्यःलाई नै गुरुको रुपमा मान्ने गरिन्छ । दाफा सिकाउने क्रममा जे गर्नका लागि पनि नासः द्यःलाई नै पुजा गर्ने चलन रहेको छ । दाफा सिकाउनको लागि पहिलो दिनमा नासः द्यःलाई पुजा गरिन्छ भने अन्तिम दिनमा पनि नासः द्यःलाई पुजा गर्ने गरिन्छ । नासः द्यः भनेको बाद्यवादन, गित र नृत्यको गुरुको रुपमा लिने गरिन्छ ।

पांगाको धुसी टोलमा मात्रै हैन अन्य टोल टोलमा समेत दाफा संस्कृतिलाई संरक्षण, सम्वद्र्धन, विकास गर्नका लागि युवाहरु क्रियाशिल भएका छन् । युवाहरुले नै दाफा संस्कृतिप्रति चासो लिनु र सहभागीता हुनुलाई अहिलेको अवस्थामा पांगामा ठूलो उपलब्धीको रुपमा लिन सकिन्छ ।

दाफा संस्कृति आफ्नो आफूहरुको पहिचान भएको र नेवाः संस्कृतिको मूल आधार नै दाफा संस्कृति भएको साथै दाफा संस्कृति भएको स्थानमा नेवाः समुदाय संगठित हुने साथै घर घरमा कलाकारको जन्म भइरहेको अस्था छ ।

खिं, ताः र बबुचाको तालमा दुईवटा समूह बनाई आलोपालो गरि गित गाउनेलाई नै दाफा भन्ने गरिन्छ । दाफा संस्कृति नेवाः समुदायको मूर्त एवं अमूर्त सम्पदा हो भने यो बाद्य प्रधान संगित हो । दाफा संस्कृति काठमाण्डौं उपत्यकामा नेवाः समुदायको सभ्यता विकास संगसंगै भएको मानिन्छ ।  

No comments:

Post a Comment