Sunday, November 20, 2016

रक्तचन्दनको तेलसहित दुईजना पक्राउ

रक्तचन्दनको तेलसहित दुईजना पक्राउ



—कीर्तिपुर सन्देश

रक्त चन्दन विभिन्न औषधीहरुमा प्रयोग हुने एक औषधीजन्य काठ हो । रक्त चन्दन खरिद विक्रि नहुने काठ हो । यो काठ भारतमा अत्यधिक पाइन्छ । नेपालमा भने यसको अभाव रहेको छ । भारतबाट तस्कर भई नेपाल ल्याउँछ । नेपालबाट अन्य मुलुकमा तस्कर मार्फत जान्छ । नेपाल सरकारले रक्तचन्दन ओसार पसारमा रोक लगाइएको छ ।

पहिले काठको मुढा बनाएर तस्करी हुन्थ्यो । त्यसमा कडाई भएपछि तस्करहरुले धुलो बनाएर भुसको रुपमा तस्करी हुन थालेको थियो । त्यसपछि अहिले आएर रक्तचन्दनको झोलको रुपमा बनाई प्लास्टिकको जर्किनमा राखेर ओसार पसार हुन थालेको रहेछ ।

गत कार्तिक २३ गते महानगरीय प्रहरी बृत्त कीर्तिपुरले रक्तचन्दनको तेलसहित दुई जनालाई पक्राउ गरेको छ । कार्तिक २४ गते पत्रकार सम्मेलन मार्फत प्रहरी बृत्तका प्रमुख डिएसपी डा. मेख बहादुर खत्रीले सार्वजनिक गर्नु भएको थियो ।

की.न.पा. वडा नं.३ त्रिबि गेटस्थित सार्वजनिक सडक खण्डमा केही व्यक्तिहरुले अवैध रुपमा रक्त चन्दनको तेल प्रति लिटर रु. एक लाखका दरमा बिक्रि वितरणको लागि ओसार प्रसार गरी राखेका छन भन्ने गोप्य सूचनाको आधारमा कार्तिक २३ गते ४ः२०बजेको समयमा उक्त स्थानमा निगरानी राख्दा शंकास्पद रुपमा
हिंडिरहेका दुई जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको थियो ।

खोटाङ्ग जिल्ला खाल्ले गा.वि.स. वडा नं.७ घर भएको वर्ष ३२ को चन्द्र कुमार के.सी. र काभ्रेपलाञ्चोक पाँचखाल जैशीथोक गा.वि.स. वडा नं.९ घर भएको वर्ष ३४ को फडिन्द्र भट्टराईलाई नियन्त्रणमा लिएर उनीहरुले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा रक्त चन्दनको जस्तो गन्ध आउने अन्दाजी ९० लिटर तेलिय तरल पदार्थ पारेको थियो । नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त पदार्थ रक्त चन्दनको तेल हो भनी निजहरुले बताएका थिए ।

रक्तचन्दनको तेल भएकोले यो वन सम्बन्धि भएकोले नीजहरुलाई कारवाहीको लागी जिल्ला वन कार्यालय काठमाण्डौं पठाएको छ । यो तेल कहाँबाट कहाँ लैजान लागेको हो भनी डिएसपी डा. मेख बहादुर खत्रीसँग सोध्दा सो अहिलेसम्म गिरफ्तार व्यक्तिहरुले सो बारेमा कुनै जानकारी नदिएको बताउनु भयो ।

No comments:

Post a Comment