Friday, November 25, 2016

आदिनाथको उत्पति र सिद्धिपुर थसी

आदिनाथको उत्पति र सिद्धिपुर थसी




नन्द महर्जन
  थसि, हाल अमेरिका

चोभार हिजो आज आन्तरिक पर्यटकको लागि मात्र नभई बाह्य पर्यटकको लागि पनि अवलोकन र पदयात्राको लागि महत्वपूर्ण गन्तब्य स्थान बन्दै गएको छ भन्दा केहि फरक नपर्ला, उपत्यकाको पश्चिमको काठमाडौंको चक्रपथको बल्खुबाट करिब चार किलोमिटर र रत्नपार्क बाट सात किलोमिटरको दूरीमा अवस्थित कीर्तिपुर नगर पालिकाको वडा न. १४ मा अवस्थित चोभार क्षेत्र र यस क्षेत्रमा रहेका मन्जुश्री गल्छी, मन्जुश्री गुफा तथा जल विनायक मन्दिर पुरातात्विक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिले जति महत्वपूर्ण छ उति नै महत्वपूर्ण छ चोभारको प्राचिन आदिनाथ र आदिनाथको मन्दिर ।

 स्वयम्भु पुराण अनुसार द्वापर युगको अन्त्यमा कालिदहको नामले चिनिने काठमाण्डौ उपत्यकाको बिशाल दहको पानीलाई तिब्बेत (त्ष्दभत)बाट घुम्न आउनु भएका महामानव मन्जुश्रीले आफ्नो खड्गले चोभारको डांडा काटेर पानी बाहिर पठाई उपाशकहरूलाई बस्न योग्य भएको किम्बदन्तीको आधारमा यस ठाउँलाई मानब सभ्यताको उद्गमस्थल मानिदै आइरहेको कुरा हामि सबैलाई थाहा भएकै कुरा हो । बस्ती बस्न लायक भैसकेपछि महामानव महामन्जुश्रीले गर्नु भएको आँट र साहसको योगदानलाई स–सम्मान जनक कदर गर्दै उपाशाकहरूले पहाडको शिर्ष स्थानमा तिब्बती बाख्राको नाम बाट “भगवान च्यान्ग्रसिन (ऋजथबलनचबकष्ल )” स्थापना गरिएको थियो र पछी बिस्तारै सो विहार (बहा )मा परिणत भइ हिन्दु र बौद्धहरूको आस्थाको केन्द्र बनेको हो भन्ने जन कथन छ । लिच्छवीकाललाई सत्य युग र स्वर्ण युग पनि भन्ने गरिन्थ्यो । लिच्छवीकालको राज्यकालमा भगवान च्यांग्रासिनलाई स्थानीयवासीले पहेंलो देवता ( म्हासुम ख्वाःद्यः), बसुन्धारा माजु को नामबाट चिनिन थाल्यो किनकि सुनै सुनले भरिएको पहाडमा पहेंलो रङ्गकै अनुहारमा विराजमान हुनु भएकोले सो पहाडको नाम स्वर्ण गिरि पहाड नामकरण गरिएको र सोहि पहाडको नाम र स्वर्ण युगको समयमा स्थापना गरिएको हुँदा स्वर्णगिरि कछ्पाल महाविहार नामाकरण गरिएको हुन् सक्ने कुरा स्थानीय जेष्ठ नागरिकहरू सुनाउनु हुन्छ ।

हिजो आज मन्जुश्री पार्कले प्रख्यात भएको चोभार वास्तबमा पहिला चोभार नभई च्वःबहा भन्ने गरिदो रहेछ । काठमाडौं उपत्यका भित्र (पाटनमा पाँचवटा र कीर्तिपुरमा)जति दुईवटा पनि बहाःबहिहरू छन् ति बहाः बहिः भन्दा धरै उचाइमा रहेको बहाः भएको हुनाले यसलाई च्वे च्वंगु बहाः भनिएको हो भने कुरा स्थानीय जेष्ठ नागरिकहरू सुनाउनुहुन्छ ्र नेपाल भाषामा च्वे भनेको नेपालीमा माथि  र बहाः ू भनेको बहाल हो , च्वेः च्वंगु बहाः (माथिको बहाल )  भन्ने बुझिन्छ । त्यही शब्द पछि अपभ्रंस भएर च्वःबहा ....चोभा ..चोभार हुन् गएको मानिन्छ ्र  च्वःबाः, आदिनाथ, आनान्दादी लोकेश्वर, आर्यनाथ, र महादेवपार्वती जस्ता बिभिन्न प्रख्यात नामबाट चिनिने यस आदिनाथको बारेमा कहाँबाट कहिले र कसरी स्थापना भयो भने बारेमा हालसम्म कुनै पनि बंशाबली, शिलालेख र अभिलेखहरू भेटिएका छैनन् बिज्ञहरूको भनाई अनुसार स्वयम्भु पुराणमा आदिनाथको बारेमा थोरै मात्रामा उल्लेख गरिएको भेटिएका छन जस्मा स्थानीयवासी तथा स्वर्ण गिरि कछ्पाल महाविहारको पाँच जना आजु मध्येको एक जना आजु श्रीइन्द्र बहादुर शाक्यको अनुसार ू आनान्दादी लोकेश्वर च्वः बहामा विराजमान  भनेर मात्र उल्लेख गरिएको पाइएको छ ्र

आदिनाथ देवताको उत्पति सम्बन्धि, कहाँबाट, कसरी र कहिले स्थापाना भयो भने बारेमा उति धेरै किवदन्ती र अभिलेखहरू भेटाउन नसके पनि बिभिन्न समयमा बिभिन्न पत्र पत्रिकामा आ–आफ्नो भनाई र तर्कहरूले पुस्टि गर्न कोशिस गरेका धेरै लेखहरू हामीले पढ्ने गरेका छौ । जुन लेखहरूमा  आदिनाथ कहाँबाट कसरी चोभारमा पुग्यो भन्ने कुराको पुस्तिको लागि उल्लेख गरिएका ठोस आधार र प्रमाणहरूको  बारेमा अझ धेरै अध्यन र अनुसन्धान गर्नु जरूरी देखिन्छ हुन् त मैले गरेको अनुसन्धान र सोधपुछ पनि शत प्रतिशत सही नै हो भनेर त म भन्न सक्दिन तर यसले धेरैको भ्रमलाई कम गर्न अवश्य मद्धत पुग्ने छ भने आशा लिएको छु । आदिनाथको उत्पतिको बारेमा चोभारमा मात्र सिमित नभई यसको सम्बन्ध सिद्धिपुर थसिसंग पनि जोडिएको देखिन्छ । अतः मैले सिद्धिपुर थसिका जेष्ठ नागरिकहरू, सिद्धिपुर थसिका नेम्कुल खलक जो युगौंदेखि पुजारीको रूपमा काम गर्दै आइरहनुभएका नेकु खलका थकाली पूर्ण बहादुर नेम्कुलसंग अनि चोभारका स्थानीवासी,जेष्ठ नागरिकहरू र शाक्यहरूसंग गरेको सोधपुछ र अनुसन्धानबाट यो पुस्टि हुन आउंछ कि हालको आदिनाथ ललितपुर जिल्लाको सिद्धिपुर (थसि) सानागाउँको नै हो भनि पुस्टि हुन् आउछ (हाल महालक्ष्मी नगरपालिकाको वडा नम्बर १२,१३,१४ भित्र पर्छन) र यस बारे चोभार वासी र सिद्धिपुर वासी बीच फरक फरक धारणा र बिचार देखिन आएको छ ्र

१) सिद्धिपुर थसिवासीको भनाई अनुसार ः हुन त लिखित रुपमा भेटाउन नसके पनि स्थानीय प्रचलित भनाई तथा लोक कथन अनुसार थसि को पुरानो बस्ती पहिले प्वं वुँ  फांटमा रहेको भन्ने छ । जसलाई सिंपुर देश भनेर चिनिने गरिन्थ्यो्र । प्वं वुँ को अर्थ असिना पर्ने खेत हुन्छ । त्यही प्वंवुँस्थित पुरानो बस्तीको पूर्व पट्टी छेउबाट गोदावरी खोला बग्ने गरेको र किनारामा श्री आदिनाथ देवता स्थापना गरि राखेकोमा कुनै समयमा आंधी बेरीका साथ ठूलो असिना पानी पर्नाले गोदावरी खोलामा ठुलै बाढी आई देवतालाई नै बगाई लगि कयौं बर्ष पछी नख्खु र बागमतीको दोभानमा बच्चा अडकिरहेको अवस्थामा नन्द ग्वाले देखेका थिए, चोभारको चौरमा गाई चराउदै गरेका चोभार वासी “नन्द ग्वा“ले बच्चालाई बच्चाउन खोलामा जाँदा बच्चाले’मलाई नछोउ, मलाई नछोउ भनी कराउन थाले र नन्द ग्वालाई श्रीआदिनाथले आफ्नो रूप दर्शन गराउनु भयो । आदिनाथको दर्शन पाएपछी नन्द ग्वाले श्रीआदिनाथलाई बिन्ती चढाए —प्रभु हाम्रो गाउँको बसुन्धारा मन्दिर विगत केही समय देखी खाली भइरहेको हुँदा सो ठाउँमा प्रभु विराजमान भइदिनु पर्यो नन्द ग्वाको बिन्तिलाई आदिनाथले स्विकार गर्नुभयो, र नन्द ग्वा खुशीले प्रभुलाई लिन म बाजा गाजा लिएर आउछु भनी गाउँ पसे । नन्द ग्वाले सम्पूर्ण गाउँ वासिलाई खबर गर्दागर्दै उनी आउन ढिला भए । उता श्रीआदिनाथ मलाई कहिले लिना आउछ भनेर नख्खु खोलाको दोभानबाट माथि चोभार डाडाको गाउँतिर हेरिरहनुभयो । त्यही भएर हाल सम्म पनि श्रीआदिनाथको आँखा अली माथि हेरिरहेको जस्तो देखिन्छ।

 सोहि बेला श्रीआदिनाथ स्वयम प्रकत भई भन्नु भएको थियो कि–“ म सिंपुर (सिद्धिपुर थसी)को देवता हुँ, मलाई परापुर्वकालदेखी नै थसिका नेकु खलक् (नेम्कुल) द्वारा नित्य पूजा गरी आईरहेको हुनाले अबका दिनहरूमा पनि नित्य कर्म गर्दा नेम्कुल खलक द्वारा नै गरियोस भनु भयो। गाउवासीहरू यस् कुरामा सहमत भईसकेपछी बिभिन्न बाजागाजा सहित सिन्दुर जात्रा गरी चोभारमा खाली रहेको श्री बसुन्धारामाजुको मन्दिरमा बसुन्धरा माजुको सिहासन भन्दा ठिक अगाडी श्रीआदिनाथको मुर्ति प्रतिस्थापन गरिएको भन्ने
कुरा जनविस्वास रहेको  छ । लिखित रूपमा भेटाउन नसकिए पनि जीउँदो प्रमाण स्वरूप हालसम्म पनि थसि (सिद्धिपरका वासिन्दाका नेम्कुल खलकहरू परापूर्वकालदेखि बिना जुता नाङो खुट्टाले सेतो वस्त्र लगाएर कपाल मुन्डन गरी सिद्धिपुर थसि देखी चोभार सम्म हिंडेर पूजा गर्न जाने चल्न हालसम्म यथावत नै छ । यसबाट यो स्पष्ट हुन आउछ कि सिद्धिपुर थसिको देवता नै हालको श्रीआदिनाथ देवता हुन।

२.चोभारवासीको भनाई  अनुसार ः असिनै असिनाको वर्षाले एकपालि बालीनाली सबै नष्ट भई ठूलो धनजनको क्षती भयो र खानाको लागि हाहाकार मच्चीयो,भोकमरी बढ्न थाल्यो।यति ठुलो देवता हुदाँ हुदै पनि यस्तो असिनाको वर्षा यहि देवताले गर्दा यस्तो प्रकोप भएको हो भन्न ठानी स्थानीयवासीहरू  रिसले चुर भएर सबैजना मिलि देवतालाई नजिकको गोदावरी खोलानिर बालुवाको ढिस्कोमा पुरिदिए र पछि गोदावरी खोलाको पानीको बहाब संगै श्रीआदिनाथ बग्दा बग्दै धैरै बर्ष पछी यो उपत्यकालाई छोडेर जान मन नलागेर भनौ या खोइ के भएर हो चोभारको नख्खु खोलाको दोभानमा अड्किएर बालुवाले पुरेर बसेको अवस्थामा सधै जसो नन्द ग्वा चोभारको चौरमा चराउन गाईहरूको बथान नै लिएर आउने गर्दथे यस्तै गाईहरूको बथानमा एउटा गाई भर्खर ब्याएको थियो तर घरमा दुध दुहिंदा कहिले दुध दिदैन्थ्यो । गाई स्वस्थ र निरोगी नै थियो त्यस्तो पहाड चढेर आउने जाने गथ्र्यो र खाना पनि राम्रो खान्थ्यो तर दुध नदिदा नन्द ग्वाःलाई चिन्ता प¥यो किन यस्तो भएको होला भनी सोच्न थाले र अन्तिममा गाईलाई चियो गर्ने मनशायले भोलि देखि गाईको चियो गर्न थालेछ । चियो गर्ने क्रममा त्यो गाईले नक्खु खोलाको दोभानमा दुधको धारा बगाउदै गरेको देखे र पछी सोहि ठाउमा खनेर हेर्दा श्री आदिनाथको मुर्ति फेला परेको थियो भनिन्छ बसुन्धारा माजु अदृष्य रूपमा यहाँ आई आदिनाथको रुपधारण गरि बसेको फेला परेको भन्ने जन विश्वास छ ्र सोही समयमा नन्द ग्वालाई श्रीआदिनाथले आफ्नो रूप दर्शन गराउनु भयो। आदिनाथको दर्शन पाएपछी नन्द ग्वाले श्रीआदिनाथलाई बिन्ती चढाए– प्रभु हाम्रो गाउँको बसुन्धारा मन्दिर विगत केही समयदेखी खाली भइरहेको हुँदा सो ठाउँमा प्रभु विराजमान भइदिनु प¥यो नन्द ग्वाको बिन्तिलाई आदिनाथले स्विकार गर्नुभयो । नन्द ग्वाले चिन्चा भाषा र नन्द ग्वा खुशीले प्रभुलाई लिन म बाजा गाजा लिएर आउछु भनी गाउँ पसे । नन्द ग्वाले सम्पूर्ण गाउँवासिलाई खबर गर्दागर्दै उनी आउन ढिला भए। उता श्रीआदिनाथ मलाई कहिले लिना आउछ भनेर नख्खु खोलाको दोभान बाट माथि चोभार डाडाको गाउँ तिर हेरिरहनुभयो ।त्यही भएर हाल सम्म पनि श्रीआदिनाथको आँखा अली माथि हेरिरहेको जस्तो देखिन्छ।) बिभिन्न बाजागाजा सहित सम्पूर्ण वासिन्दाले सिन्दुर जात्रा गरी चोभारमा खाली रहेको श्री बसुन्धारामाजुको मन्दिरमा बसुन्धरा माजुको सिहासन भन्दा ठिक अगाडी श्रीआदिनाथको मुर्ति प्रतिस्थापन गरिएको भने कुरा जनविस्वास रहेको छ। मुर्तिको प्रतिस्थापन भैसकेपछी एक जना कुष्टरोगीले भाकल गरी श्री आदिनाथको पूजा
गरेछन लगतै कुष्टरोगबाट मुक्ति पाएछ्न । कुष्टरोगबाट मुक्त पाएकालाई श्रीआदिनाथ सपनामा आइ मलाई हिंसादी कर्म नगर्नु र सिद्धिपुर थसिका नेकु (नेम्कुल) र नन्दग्वाला (गोपाल)संग सल्लाह गरी पूजा गर्नु भनी आदेश गरेछन्। भनिन्छ, त्यसै बेलादेखि नेम्कुल पुजारी र गोपाली समुदायले शुद्ध भई नेवाः समाजमा प्रचलित गर्भाधान, धौवजी नकवनेगु, जन्म, इही, बाःह्रा व्रतबन्ध, म्हपूजा, जङ्कू, विवाह, मृत्यु संस्कारसमेत दशकर्म गरिने परम्परा चलिआएको बुझिन्छ ्र

थसि वासिन्दा र चोभार वासिन्दाहरूको फरक मत, अभिमत, जोड र निचोड अनि तर्क र धारणाहरू भए पनि त्यसले दिन खोजेको सन्देश र भने खोजेको कुरा एउटै देखिन्छ .
प्रमाणकोलागि- आदिनाथको मुर्ति भन्दा ठिक पछाडी एउटा खालि सिहासन हाल सम्म पनि देख्न सकिन्छ भन्ने सिद्धिपुर थसि सानागाउँका नेम्कुल खलकका परिवारहरूलाई हाल सम्म पनि जिउँदो प्रमाणका रूपमा लिन सकिन्छ र उहाँहरूबाट पनि बुझ्न सक्नु हुन्छ ।बसुन्धारा माजुको मन्दिर कसरी खालि भए त ?
 मैले माथि नै उल्लेख गरि सकेको थिए कि आदिनाथ भन्दा पहिला त्यो ठाउँमा भगवान च्यान्ग्रसिन() श्री बसुन्धारा माजु (जसलाई म्हास्सु ख्वाः द्यः भन्ने गरिन्थ्यो ) को मुर्ति थियो र हरेक साल चोभारबाट रथमा तानेर बसुन्धारा माजुलाइ जन बहालको जन म्हाःद्यः (सेतो मछिन्द्रनाथको रथ संग जुधाउन या त मित लागउन या त मितलाइ भेट्न जाने गथ्र्या । यस्तै एक समयमा असनबाट फर्किने क्रममा व्हंगाल भने ठाउँमा हालको बल्ल्खुमा पुग्दा आँधीबेहरी र पानी  परेकोले रथ त्यही हिलोमा गाडीयो । धेरै समयसम्म पनि बसुन्धारा माजुको रथलाई त्यहाँ बाट तान्न हिलोबाट निकाल्न सकिएन र पूजा गर्न कोहि पनि नआए पछी पान्जुहरूले बसुन्धारा माजु सहित रथलाइ त्यही छोडेर सबै जना घर फर्के ्र लिच्छवीकालमा नेपाल मण्डलाको ब्यापार भौगोलिक आधारामा तिब्बेतसंग आयात निर्यात सजिलै भएको कुरा बिभिन्न अभिलेखहरुमा उल्लेख गरिएको देखिन्छ जस्तो कि जसरि अहिले सडक मार्गबाट ब्यापार भारतसंग सजिलो भए जस्तै त्यो समय हिडेर ब्यापार गर्ने बेला तिब्बेत नै नजिक लाग्थ्यो । सोहि बेला तिब्बेती भोतेहरू व्यापारको शिलशिलामा आवतजावत गर्ने क्रममा तिब्बेती भोते व्यापारिहरूले भगवान च्यांग्रासिं (म्हास्सु ख्वाःद्यः ) बसुन्धारा माजुलाई आँखा गादिराखेको थियो र हिलोमा रथ फसेको अवस्थामा त्यो ठाउँमा भोटेहरूले रथबाट सानो बच्चाको रूपमा उठेर हिंडडुल गर्दै गरेको देखे र यस्तो घना जंगलमा यस्तो सानो बच्चा बिना डर र त्रासमा घुमिरहेको देखेर यो साधारण मान्छे पक्कै होइन होला यसलाई जसरि भए पनि हामिकहाँ लानु पर्छ भनेर बोकेर लाने कोसिस गरे तर मुखले तोकी दिनु भयो र अन्तिममा ढाडमा ढाड जोडेर बोकेर तिब्बेत सम्म लान सफल भए  । त्यही बेला देखि चोभारको मन्दिर खालि भएको हो र जुन भगवान च्यान्ग्रसिन (ऋजथबलनचबकष्ल ), श्री बसुन्धरा माजु , म्हाःसु ख्वाः द्यःलाइ लगेर तिब्बतको केरूंग भने ठाउँमा पाँच जोर भोटे ताल्चा लाएर फलामको सिक्रीले हाल सम्म बाँधेर राखेको छ भने कुरा जेष्ठ नागारिकहरूको श्रुति छ
 हरेक साल चोभारबाट रथमा तानेर बसुन्धरा माजुलाइ असनको जन म्हाःद्यःसंग रथ जुधाउन या त मित लागउन या त मितलाइ भेट्न लाने नै गथ्र्यो भने भनाई श्री जगधन शाक्यको छ र हालसम्म पनि आदिनाथ लाई तानेर लाने बाटो (द्यःलं) रहेको कुरा स्थानीयवासीलेहरूको बुझाइ छ र प्रमाणको लागि मन्दिरभित्र थन्काएर राखेको मकिएको अवस्थामा त्यो बेलाको रथका पांग्रा र डोरीहरू हालसम्म पनि मन्दिर भित्र यथावत नै छ । सम्बन्धित निकाय, स्थानीयवासी अनि पुरातत्वविद्हरू मिलेर जति सक्दो छिटो यसको अनुसन्धान गर्नु जरूरी देखिन्छ ।

No comments:

Post a Comment