Sunday, September 4, 2016

समाजसेवी अर्जुन महर्जनसंगको भलाकुसारी

समाजसेवी अर्जुन महर्जनसंगको भलाकुसारी


अर्जुन महर्जन बुबा राम महर्जन, आमा नानी महर्जनको जेष्ठ सुपुत्रको रुपमा पाँगाको तुंचाखेल ने.सं.१०६२मा जन्म भएको हो । हाल उहाँ पाँगाकै सालिकमा बसोबास गरिरहनु भएको छ । उहाँको श्रीमती पार्वती महर्जन तीन जना छोराहरु विनोद, नरेश्वर र रविकुमार र दुईजना छोरीहरुमा विद्यालक्ष्मी र बुद्धलक्ष्मी महर्जन छन् । अहिले उहाँ ७५ वर्षको हुनुहुन्छ । हाल उहाँ ज्येष्ठ नागरिक क्लब पाँगाको सचिव हुनुहुन्छ । उहाँसंग हाम्रा सम्वाददाताले गरेका संक्षिप्त भलाकुसारी यहाँ प्रस्तुत गरिएको छ — संपादक



तपाईंको पारिवारिक स्थिति थाहा पाएँ । अब तपाईको शिक्षा,   पेशा र राजनीतिक संलग्नता बारे केही कुरा बताउनुहोस् ।

—मैले २००३ सालमा भाषा पाठशालाबाट पढाई सुरु गर्दै जल विनायक आधार हाईस्कुलमा कक्षा ६ सम्मको अध्ययन गरेको थिएँ । आर्थिक अवस्थाको कमजोरीले बीचैमा पढाई छोडी नेपाल निजामति मध्यम परीक्षा पास गरी २०१५ सालमा बहिदार जागिरे भएँ ।
त्यसपछि पुनः अध्ययन गर्नु पर्ने महसुस गरी प्रोढ कक्षा विद्यालय संचालन र अध्ययन गर्दै गएँ । त्यसबेलाको जनसेवा प्रौढ शिक्षालयलाई यस भेगको एक मात्र हाइस्कुल बनाउनमा सफल भयौं । त्यस विद्यालयबाट २०२० सालमा पहिलो एस.एल.सी पास गर्नेमा पर्न सफल भएँ । त्यसपछि राजनीति शास्त्रमा बि.ए.सम्म पढेको छु । शिक्षा विकासमा संलग्न हुँदै अहिले जनाधार सामुदायिक क्याम्पसको सस्थापक सदस्यमा कार्यरत छु ।
मेरो राजनीतिक संलग्नताको सवालमा युवा समयमा पाँगामा नेपाली कांग्रेस मार्फत सामाजिक सेवाको कार्य भैरहेको थियो । त्यस अन्तर्गतको पाँगा देय् सुरक्षा समितिबाट धेरै काम भैरहेको थियो । त्यस कार्य समेतमा सहयोग गर्दै स्कुल, परोपकार, पुस्तकालय संचालन समेतमा आपूmले सकेको सहयोग गर्दै थिएँ । २०१४ सालमा नेपालमा भद्र अवज्ञा आन्दोलन भएको थियो । त्यतिबेला नेपाली कांग्रेसको तर्फबाट सिंहदरबारमा धर्ना दिने कार्य गरियो । त्यस धर्ना कार्यक्रममा म पनि सहभागी भएको
थिएँ । त्यस आन्दोलन बाट नेपालमा संसदिय व्यवस्थाको निर्वाचन हुनेभयो । २०१५ साल फागुण ७ गते आम चुनाव हुँदा म सरकारी जागिरे भइ चुनाव गराउन पुगें । त्यहाँदेखि २०४९ सालसम्म सरकारी जागिरे भै हवाई विभागबाट तीस वर्षे जागिरबाट निबृत्तिभरण भै हालसम्म त्यसैबाट जिविकोपार्जन गर्दै आइरहेको छु ।

तपाईं ज्येष्ठ नागरिक क्लबको सचिव हुनुहुन्छ । क्लबले गरेका काम सहित संक्षिप्त परिचय दिनुहोस ।

—बिचाः गुठि संस्कार गुठी, विष्णुदेवी मन्दिर निर्माणसमेत धेरैतिरको सामाजिक कार्यमा लाग्दा लाग्दै २०६५ साल जेठ १५ गते नेकपा माओवादीका सभासद दिलिप महर्जनको नेतृत्वमा ज्येष्ठ नागरिकहरुको हक हित र सेवा सुविधा सम्बन्धि काम गर्न वृहत्त भेलाको आयोजना भयो । सो भेलामा सरसल्लाह हुँदा इन्द्रमान महर्जनको अध्यक्षतामा ज्येष्ठ नागरिक क्लब गठन गर्ने निर्णय भयो । म त्यस क्लबको सचिव भएँ । त्यसको सिलसिलामा ज्येष्ठ नागरिक सम्बन्धि अवधारणा पत्र पेश भयो । सोही अवधारणा पत्रको आधारमा त्यसबेलाका सरकारले केही आर्थिक सहयोग गरेको थियो । जसबाट लाछिको नासःद्यः मन्दिरलाई ज्येष्ठ नागरिक क्लबको भवनको रुपमा स्थापना गरियो । त्यसको साथै त्यस एरियाको पाटी, सत्तल सुधार गर्ने कार्य समेत भयो । साथै नासः द्यः भवनमा टिभी, डेक, कम्प्युटर सहितको भौतिक साधनको व्यवस्था गर्न सकियो । त्यसैको आधारमा दिवा सेवा र बृद्धाश्रम सम्मको संचालन गर्ने व्यवस्था बारे छलफल भयो । छलफल गर्दै ज्येष्ठ नागरिक भ्रमण, अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै गरियो ।

ज्येष्ठ नागरिक क्लब र ज्येष्ठ नागरिक सेवा केन्द्र बीच के सम्बन्ध छ ? 

—ज्येष्ठ नागरिक क्लबले  विभिन्न कार्यक्रम गर्ने क्रममा बालकुमारी महिला समूह ‘क’ का दुर्गा कुमारी, हरिदेवीहरूले पनि यसतर्फ ध्यान दिइ अध्ययन गर्दै गर्दा महिला समुहको १२ जनामध्ये ४÷४ जनाले दश दश दिन निशुल्क सेवा गर्ने गरी ज्येष्ठ नागरिक सेवा केन्द्र नै स्थापना गरी दिवा सेवा संचालन गर्ने आँट गरे ।
त्यसमा हामी क्लबका पदाधिकारीहरुले पनि सक्दो सहयोग गर्ने सल्लाहका साथ क्लबसँग भएको सबै भौतिक साधन प्रयोग गर्ने गरी २०७३ बैशाख ४ मा उद्घाटन भै ५ गतेदेखि दिवा सेवा संचालन भै दैनिक साठी सतरी जनाको उपस्थितिमा दिवा सेवा संचालन भैरहेको छ । यसमा क्लबको तर्फबाट सक्दो सल्लाह र सहयोग दिई टेवा पु¥याउँदै आइरहेका छौं । ज्येष्ठ नागरिक भ्रमण समेत स्थानीय जनसहयोग बाटै हालसम्म सुचारु रुपले संचालन हुँदै आइरहेको छ ।

ज्येष्ठ नागरिक सेवा केन्द्रको कामप्रति तपाईं कतिको सन्तुष्ट हुनुहुन्छ ?

--उहाँहरुले आपूmले सक्दो किसिमले सेवा गर्दै आइरहनु भएको छ । उहाँहरुले काम गर्न सक्ने काम जति गरिरहनु भएकोले उहाँहरुको कामप्रति म सन्तुष्ट छु । मैले पनि सकेको सहयोग गर्दै आइरहेको छु ।
ज्येष्ठ नागरिक सेवा केन्द्रलाई दिगो बनाउन के गर्नु पर्ला ?  अहिलेसम्मको अनुभवले यस सेवा केन्द्रलाई आर्थिक, भौतिक सरसल्लाह र सुझाव सहितको सहयोग आवश्यक महसुस भएको छ । यसलाई सामाजिक क्षेत्रमा काम गर्नेहरुले दिगो रुपमा संचालन गर्र्दै जान सकोस भन्ने उद्देश्यले सहयोग पु¥याउनु पर्ने देखिन्छ । सबैको सहयोगले नै सामाजिक सेवाको कार्य सफल हुने हुँदा यस सेवा केन्द्रमा लाग्नेले पनि सबैसंग सम्पर्क राखी सल्लाह सुझाव र सहयोग लिने  प्रयास गर्नु पर्छ ।

अन्तमा केही भन्नु छ कि ?

—ज्येष्ठ नागरिकहरुको जीवनयापनमा अति उपयोगी कार्य संचालन गरिरहेको संस्थालाई सबैले सक्दो सहयोग पु¥याउनु पर्छ । यसलाई निरन्तरता दिन र दिगो रुपमा संचालन हुनसक्ने व्यवस्थाको लागि सबैको मन जागोस् ।  आपूmले सकेको आर्थिक, भौतिक सल्लाह र सुझाव समेतको सहयोग गरी दिनुहुन यस कीर्तिपुर सन्देश साप्ताहिक मार्फत सबैमा हार्दिक अनुरोध गर्दछु । जय ज्येष्ठ नागरिक सेवा ।

No comments:

Post a Comment