Saturday, September 3, 2016

अत्यधिक जाँड–रक्सी सेवन नगरौं

अत्यधिक जाँड–रक्सी सेवन नगरौं

—राजेन्द्र अमात्य
उचित र अनुचित सही र गलत ग्राह्य र त्याज्य आदि जस्ता संस्कारको निर्णय गर्न सक्ने बुद्धिलाई नै हामी विवेक भन्दछौं ।

विवेक वस्तुगत रुपमा जीवनलाई सुरक्षित राख्ने भोज्य पदार्थ हो । हामी प्रायः विवेकलाई चिन्तनको सीमामा बाँध्ने गर्दछौं । तर व्यवहारमा जाँदा त्यसको ठीक उल्टो काम गर्छौं ।

देश हाँक्ने राजनीतिक नेताहरुको लापरवाहीले गर्दा जनताहरु स्वार्थ र घमण्डपन तिब्ररुपमा बढेको देखिन्छ ।
अब अलि प्रसंग बदलौं, म प्रायः जाँड रक्सीकै विषयमा लेख लेख्ने गर्छु । किन कि यो विषय लेख्दा कसैको कुलतको बानी सुधारमा विकास हुन्छ कि भन्ने  मेरो सोच थियो ।

सामान्य रुपले कहिलेकहिं मात्र केही मात्रामा जाँड रक्सी सेवन गर्दा स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन । तर अत्यधिक रुपमा संधै रक्सी, वियर, तथा वाइन आदि पिउने गर्दा शरीरको महत्वपूर्ण अंगहरु कमजोर भई मानिस विस्तारै मानसिक रोगी हुन्छ ।

जाँड रक्सी एउटा यस्तो पदार्थ हो अलि अलि मात्रामा खाँदा भलाद्मीपन देखिने, अलि बढि पिउँदा मात्ने, जिस्काउने, झगडा गर्ने, निहुँ खोज्ने, कुटपिट गर्ने, सवारीसाधन दुर्घटना गर्ने, हतियार चलाउने, बलात्कार गर्ने हुन्छन् ।
 जाँड रक्सी धेरै बढि पिएमा वान्ता गर्ने, हात काम्ने, बेहोस भएर जथाभावी लड्ने र कसैको ज्यानै जानेसम्म हुन्छ । दिर्घकालीन समस्या भएमा टोल छिमेक, समाजले अपहेलना गर्छन् । स्नायुजन्य रोग, कलेजोको रोग, मुटुको रोग लगायत आन्द्रामा घाउ हुने सम्भावना रहन्छ ।
यस्तै अन्य विभिन्न प्रकारको नशाहरु लिएर लठ्ठिनेहरु पनि समाजमा प्रसस्त छन् ।
जस्तै ः गाँजा, भाङ्ग, धतुरो अफिम, स्म्याक्स, ट्याब्लेट, हेरोइन कुनै औषधि, कुनै रसायन वा अन्य नशाकारक बस्तुहरु धुवाँ तानेर सोझै वा खाद्यवस्तुमा मिसाएर सुंघेर वा सुईंको प्रयोग गरेर आनन्द लिने युवाहरु समाजमा क्रमिक रुपमा बढ्दै छन ।

नशाजन्य पदार्थ कस्तो र कति मात्रामा गरेको छ त्यही अनुसार समस्या र लक्षणहरु हुन्छन् । यस्ता व्यक्तिहरु प्रायः समुहगत रुपमा दुव्र्यसनमा लाग्ने हुन्छन् ।
नशाजन्य पदार्थ प्रयोग गरेपछि लठ्ठ हुने, सुत्ने दुब्लो पातलो हुँदै जाने, भूmठो बोल्ने, घरको सामानहरु चोरेर बेच्ने र त्यही पैसाले लागुपदार्थ किनेर खाने, अन्य साथीभाईसंग झुठो कुरा गरी पैसा माग्ने जस्ता असामाजिक कार्यमा लाग्ने पनि हुन्छन् ।

जाँड रक्सी तथा अन्य लागु पदार्थ सेवन गर्ने व्यक्ति स्वयंका लागि घाटक त छँदैछन् तर परिवार र सामाजका लागि पनि उत्तिकै समस्यादायक हुन्छन् । कलेज पढ्ने प्रायः युवाहरु चिया पसल वा मन्दिर वरिपरि बसेर समूहगत रुपमा चुरोट  सेवन गरेको देखिन्छ ।

सुरुमा चुरोट सेवन गर्न सिक्दै भोली चुरोटमा गाँजा भरेर खान थाल्छन् । शरीरमा नशा लागेपछि आनन्द महसुस गर्छन् । त्यही आनन्दको मज्जा लिंदै कुनै बेला कडाखालको लागुपदार्थ सेवन गर्न सिक्छन् । यसबारेमा हरेक अभिभावकहरु सचेत हुनुपर्ने अवस्था आएको छ ।
त्यसकारण अनावश्यक रुपमा आफ्ना छोरा छोरीलाई बढि पैसा दिने नगरौं । कलेज पढ्ने युवाहरु लागु पदार्थ सेवन गर्नु अरु मुख्य कारण मोबाईल पनि हो ।
संगत सामाजिक, आर्थिक, पारिवारीक लगायत विभिन्न कारणहरुले गर्दा मानिसहरु जाँडरक्सीको कुलत तथा कडाखालको लागुपदार्थ सेवन गर्न थाल्दछ ।
यस्ता दुव्र्यसनमा नफसुन भन्नाको लागि प्रत्येक स्कुल तथा कलेजहरुमा पनि यसबारे सचेत गराउने शिक्षा दिने आवश्यक देखिन्छ ।

No comments:

Post a Comment