Thursday, August 18, 2016

कीर्तिपुरमा तरुण दल समानान्तर समिति

कीर्तिपुरमा तरुण दल समानान्तर समिति



कीर्तिपुर सन्देश
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको राष्ट्रिय अधिवेशनको तयारी भइरहेको छ । सो क्रममा जिल्ला, नगर र गाउँ समितिको धमाधम अधिवेशन सुरु भइरहेका छन् ।
यसै क्रममा कीर्तिपुर नगरपालिकामा पनि अधिवेशन सुरु भएको छ । कीर्तिपुरमा अधिवेशनवाट दुई वटा छुट्टा छुट्टै समिति गठन गरेको छ । कीर्तिपुरमा नै भएको दुई वटा अघिवेशनले आ आफ्नो पक्ष पार्टीको आधिकारीक संगठन भएको दावी गर्दै आएका छन् । दुई वटै अधिवेशनले आ आफ्नो पक्षको प्यानलको नेतृत्वमा नगर समिति गठन भएको बताइएको छ ।  गत साउन २६ गते बुधवार पाँगाको चिखुस्थित ए वान पार्टी प्यालेसमा दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । प्रत्येक वडाबाट चार चार जना प्रतिनिधिसहित ८७ जना उपस्थित रहेका थिए ।
उक्त अधिवेशनको लागि जिल्ला प्रतिनिधि नेपाल तरुण दल जिल्ला सदस्य त्रिरत्न खड्गीको उपस्थितिमा भएको थियो ।
सो अधिवेशनले अध्यक्षमा गुजय सिंह, उपाध्यक्ष–रामशरण महर्जन, सचिव–सरोज शाक्य गुभाजु, कोषाध्यक्ष एलिजा महर्जन र जिल्ला अधिवेशन प्रतिनिधिहरुमा खुल्ला तर्फ सुवोधराज आचार्य, महिला तर्फ प्रमिला महर्जन, समावेशी शंकर महर्जन, दलित प्रतिनिधि शम्भु रोक्का निर्विरोध निर्वाचित भएको छ ।
त्यस्तै गत साउन २९ गते शनिवार कृष्ण क्याटरिंगमा अर्को तरुण दल कीर्तिपुरको तेस्रो अधिवेशन सम्पन्न भएको छ । क्षेत्र नं.१० का सभासद राजेन्द्र कुमार के.सी.ले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको
थियो । जसमा पाटी जिल्ला समिति सचिव राजकुमार नकर्मी, पार्टी क्षेत्रीय सभापति पुकार महर्जन, नेपाल तरुण दल काठमाण्डौं जिल्ला कार्यबहाक सभापति कृष्णजि खड्का, पार्टी नगर सभापति कृष्णमान डंगोल,   उपस्थिति रहेका थिए ।
सो अधिवेशनले अध्यक्षमा इच्छा कुमार महर्जन, उपाध्यक्षमा मनोज के.सी. सचिवमा राजु महर्जन र कोषाध्यक्षमा योगेन्द्र खनाल खुल्ला प्रतिनिधि अशोक ढुंगाना महिला प्रतिनिधि स्मृति महर्जन जनजाति प्रतिनिधि राजकुमार रोक्का निर्वाचित भएका थिए भने  समावेशी प्रतिनिधि अनिश शाही निर्विरोध निर्वाचित भएका थिए । अधिवेशनको क्रममा कुल ७८ मतदाता मध्ये ७७ जनाले मतदान गरेका थिए । उक्त अधिवेशनको निर्वाचन अधिकृत पार्टी नगरसमिति सदस्य मीन प्रकाश महर्जन रहनु भएको
छ ।
यसरी दुई वटा छुट्टा छुट्टै तरुण दल कीर्तिपुरमा गठन गरेको अवस्थामा कुन आधिकारिक हो भन्ने विषयमा नेपाली कांग्रेसले टुंगो लगाउने छ ।
सो विषयमा कांग्रेस पार्टीका कीर्तिपुरमा क्रियाशिल नेता तथा कार्यकर्ताहरुवीच तिब्र रुपमा बहस भइरहेको र यो कुरा पार्टीको मथिल्लो तहका नेताहरुलाई समेत जानकारी गराउने कार्य भइरहेको अवस्था छ । 

No comments:

Post a Comment