Thursday, August 25, 2016

डा.डंगोल कीर्तिपुर नगरपालिकाको सद्भावना दूतमा नियुक्त

डा.डंगोल कीर्तिपुर नगरपालिकाको सद्भावना दूतमा नियुक्त




कीर्तिपुर सन्देश/
          कीर्तिपुर वडा नं.११ पाँगा ढोकाफलमा जन्मनू भई विगत लामो समयदेखि कत्तारमा व्यापार व्यवसाय चलाइरहनु भएका डा. देवकाजी डंगोललाई कीर्तिपुर नगरपालिकाको सद्भावना दूतमा नियुक्त
गरिएको छ ।

                    गैर आवासीय नेपाली संगठन (Non Resident Nepalese Association) को संस्थापक उपाध्यक्ष भई काम गरीसक्नु भएको छ । हाल उहाँ गैरआवासीय नेपाली संगठनको संरक्षक हुनुहुन्छ । डा. देवकाजी डंगोलले २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प पछि उहाँ नेपालमा आई विपत व्यवस्थापन, राहत वितरण, नगर क्षेत्रको पर्यटन प्रवद्र्धन, शिक्षा एवं सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधिहरूमा व्यक्तिगत रुपमा, गैर आवासीय नेपाली संघ NRNA एवं अन्य सघ, संस्थाहरु परिचालन गरी कीर्तिपुर नगर क्षेत्रमा पु¥याउँदै आउनु भएको योगदानको उच्च सम्मान गर्दै कीर्तिपुर नगरपालिकाको २०७३ आषाध १३ गते बसेको बोर्ड वैठकले निर्णय गरी नगरपालिकाको सद्भावना दूत (Goodwill Ambasador) नियुक्त गरिएको हो ।
डा. देवकाजी डंगोलले भूकम्प पिडीतहरुको लागि आफ्नै खेतमा व्यवस्थित रुपले २२ वटा टहरा बनाउनु भएको थियो । जसमा अहिले पनि अन्त कहिं बस्ने ठाउँ नभएका ११ परिवारले त्यहाँ आश्रय पाईरहेका छन् ।

डा.देवकाजी डंगोलले कतारको विकासमा योगदान गर्नु भए वापत कतार सरकारले उहाँको तस्विर राखेर हुलाक टिकट पनि प्रकाशित गरिएको छ । उहाँको नाममा कत्तारमा हुलाक टिकट प्रकाशित हुनु नेपालकै इज्जत बढेको छ ।

गत भाद्र ६ गते सोमवार कीर्तिपुर नगरपालिका कक्षमा एक कार्यक्रमको बीच  कार्यकारी अधिकृत उद्धव प्रसाद रिजालले सदभावना दूत नियुक्ति पत्र डा.देवकाजी डंगोललाई हस्तान्तरण गर्नु भयो । उक्त पत्रमा लेखिएको छ ।
कीर्तिपुर नगरपालिकाको विविध विकास गतिविधिलाई थप प्रभावकारी र सहभागितामूलक बनाउन यसको लागि नेपालसंग दौत्य सम्बन्ध भएका देशहरुका नगर, महानगरहरुसंंग भगिनी सम्बन्ध स्थापना गर्न, भगिनी सम्बन्ध स्थापना गरी आपसी अनुभव तथा सहयोगको आदान प्रदान गर्न, अन्तर्राष्ट्रिय सम्पर्कलाई सुदृढ बनाउन र कीर्तिपुर नगर क्षेत्रमा नीजि लगानी प्रवद्र्धन तथा पर्यटन विकासको लागि यहाँको तर्फबाट महत्वपूर्ण योगदानको अपेक्षा एवं हार्दिक बधाई सहित कार्यकारी अधिकृत उद्धव प्रसाद रिजालको हस्ताक्षर रहेको छ ।

3 comments:

  1. अरु भन्दानी डा. देव काजि डंगोल को तस्बिर भएको हुलाकी टिकट कतारमा जारि गरेको भन्दा बालक कालको साथी को हैसियेत ले मलाई औधि खुशी लागेको छ / वहाँ लाई मेरो हार्दिक शुभकामना छ /

    ReplyDelete
  2. डा.देवकाजी डंगोल अहिले वाशिंगटनमा भइरहेको गैरआवासीय नेपालीहरुको सम्मेलनमा भाग लिन जानु भएको छ । हुलाक टिकटको फोटो पठाउन भनेको छु । अमेरिकाबाट फर्केपछि पठाउँछु भन्नु भएको छ । सो हुलाक टिकट पाएपछि पोस्त गर्ने छु ।

    ReplyDelete