Saturday, September 21, 2013

साफ च्याम्पियनसिपको फुटबलको फाइनल आज

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
साफ च्याम्पियनसिपको फुटबलको फाइनल आज

नवीन महर्जन

गत भाद्र १५ गतेदेखि  प्रारम्भ भएको साफ च्याम्पियनसिप फुटवलको फाइनल खेल आज अफगानिस्तान र भारत  विच सम्पन्न हुादैछ । उक्त प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक नेपाललाई गत भदौ २३ गते आइतवार आˆनो होम ग्राउण्डमा १-०ले पराजित गर्दै अफगानिस्तान फाइनलमा पुगेको थियो । अफगानिस्तानले खेल सुरु भएको दशौं मिनेटमा गोल गरि अग्रता कायम गरेको थियो । खेलको अन्तिम समयसम्म पनि नेपाली खेलाडिहरुले ठूलो मेहेनत गरेको थियो । नेपाली टिमलाई पेनाल्टीको पनि अवसर प्राप्त भएको थियो तर नेपाली टिममा स्टार रोहित चन्द्रले त्यसलाई गोलमा परिणत गर्न नसकेपछि विसौं हजारको उपस्थित रहेको रंगशाला र लाखौंले प्रत्यक्ष प्रशारणमा हेरेका दर्शक स्तब्ध भएका थिए । खेलको दशौं मिनेटमा गोलकिपर किरण चेम्जोङले छुटाएको सानो गल्तिले गोलमा परिणत भयो सोही गोलको कारण नेपालले फाइनल प्रवेशको साथै ऐतिहासिक नतिजा कायम राख्ने लक्ष्य विचैमा तुहियो । शारीरिक र मानसिक रुपमा शक्तिशाली अफगानिस्तान माथि नेपालले पटक पटक धावा बोलेको थियो तर त्यसलाई अफगानी गोलकिपर मनसुरले टोकेका थिए । नेपाली खेलाडिहरुले दर्शकको अपार समर्थनमा उत्साहित भई निकै आक्रामक खेल खेल्यो । विशेष गरी अफगानी खेलाडि सतजार महमद अहमदले गोल गरेपछि  नेपाली स्ट्राइकरहरुले गोल गर्न असमर्थ रह्यो । खेलको ८५ औं मिनेटमा पेनाल्टीको अवसर प्राप्त भयो सम्पूर्ण दर्शकहरु खुशीले नाच्दै "नेपाल नेपाल "भन्दै चिच्याएका थिए । यसभन्दा अगाडि कालो बजारी बन्द गर, एन्फा मुर्दावाद, गणेश थापा मुर्दावाद भनेर टिकट ब्ल्याकमा लिनु पर्ने, घण्टौं लाइन बस्दा पनि एकै छिनमा सक्यो भनेर टिकट काउन्टर उठाएको रवैयाले आक्रोशित दर्शकहरु यो पेनाल्टीले  खुशी भएको थियो तर त्यो पनि गोलमा परिणत नभएपछि रंगशालाबाट बाहिर निस्कन शुरु गरेका थिए । यस सेमिफाइनल खेल हेर्न लिगमा रु. ३०० तिरेकोलाई रु. ५०० पुर्‍याए पनि रु. ७०० को लागि रु.१००० पुर्‍याए पनि नेपाली समर्थक दर्शकहरु विहान ८ बजेदेखि टिकट वितरण गर्ने भएकोले विहानै लाइन बसेका थिए तर केही समयपछि नै टिकट सकिएको जानकारी गराएपछि दर्शकहरु निकै आक्रोशित भएका थिए । जस्ले गर्दा नाराबाजी समेत गरेका थिए । तर उक्त दर्शकहरुलाई त्रिपुरेश्वरमा प्रहरीले लाठीचार्ज गरेर रगताम्मे पारेका थिए । व्यवस्थित टिकट बिक्री गर्नुको सट्टा उल्टो लखेटिएको   थियो । यो छविलाई एन्फाले सुधार  गर्नु पर्दछ ।

वास्तवमा नेपाली खेलप्रेमी चाहे फुटवल होस क्रिकेट होस् भलिबल होस या वास्केटवल उतिकै माया गरेको देखिन्छ । स्तर खेल हुादा जस्मा नेपालले सहभागि हुादै निकै उत्साहित भई खेल स्थलमा जम्मा भएको देखिन्छ । तसर्थ राज्यले यी कुरालाई ध्यानमा राखी खेलकुद पूर्वाधारलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ । दर्शकहरुको उत्साहलाई ध्यान दिंदै करिब ५० हजार क्षमताको उच्च स्तरको रंगशालाको जरुरी देखिसकेको छ जसबाट आर्थिक विकास पनि हुने भएकोले त्यसमा लगानी गर्न अथवा पञ्चवषिर्य योजना भई निर्माण सुरु गर्नु पर्ने देखिाएको, नेपालको खेलकुद पर्यटनको अवधारणालाई विकास गर्नु पर्ने देखिन्छ । नेपालको जुनसुकै स्थानमा १ दिन भित्र आउन जान सकिन्छ । तसर्थ यदि स्तरिय खेलकुद प्रतियोगिता भएमा नेपाली एवं विदेशी दर्शकहरु ब्यापक रुपमा उपस्थित हुन्छन् भन्ने   कुरा यी प्रतियोगिताहरुले प्रमाणित गरिसकेका छन । त्यसैले राज्यले यसमा विशेष ध्यान पुर्‍याउनु पर्ने देखिन्छ । साथै खेलखेल्दा हार जित हुन्छ तर बढीभन्दा प्रेशरमा खेल खेल्नु पर्दा आˆनो भएको सामथ्र्य पनि देखाउन असमर्थ रहेको देखिएको छ । कुनै पनि खेलकुदको निकायले दक्ष खेलाडि तयार गर्न निकै ठूलो लगानीको साथै पूर्व योजनाको जरुरी छ त्यसैको आधारमा विस्तारै खेलकुदले गति पनि लिएको छ । तर त्यसलाई बढी महत्वकांक्षी हेरेको खण्डमा यो नतिजा निस्कन्छ । एन्फाले घोषणा गरेको पुरस्कार निकै राम्रो छ तर उनीहरुले त्यो सफल प्राप्त गर्न के त्यसरी गरिएको छ ? जितेमा मात्रै पुरस्कारको वषर्ा हुने तर त्यो सफलता प्राप्तिको लागि आवश्यक तयार गराउन कोशिस पहिलो प्राथमिकता हो न कि ठूलो ठूलो प्रलोभन देखाई सोही कारणले आफनो प्रदर्शनमा असर पार्ने हो ।  यस कुरामा पनि ध्यान दिनु जरुरी देखिएको छ । साथै खेलाडिहरुले पनि उनीहरुको प्रदर्शनले देश, राष्ट्र र सम्पूर्ण नेपालीहरुको आस्था केन्दि्रत रहेको छ भनेर बुझनु जरुरी भएको छ ।

No comments:

Post a Comment