Wednesday, June 26, 2013

कीर्तिपुरमा राजनीतिक शुन्यता

अंक ९४ ने. सं. ११३३ बछलाथ्व द्वादशी बुधवाः २०७० जेठ ८ गते  बुधवार May 22, 2013
सम्पादकीय

कीर्तिपुरमा राजनीतिक शुन्यता 

प्रमुख राजनीतिक दल एमाओवादी, कांग्रेस, एमाले र मधेसी दलका नेताहरु संविधानसभाको अर्को निर्वाचनको विषयमा चर्को भाषण गर्दै हिडेका छन् । मानौं भोली नै चुनावको मिति घोषणा हुने अवस्था आएको जस्तै । त्यसै गरि यथास्थितिमा चुनाव गर्न नदिने घोषणा गर्दै आन्दोलनरत बैद्यको नेतृत्वमा रहेको नेकपा—माओवादी लागयत ३३ दलका नेताहरु पनि क्रियाशिल हुदै चुनाव हुनै नदिने घोषणा गर्दै आएका छन् । दुई पक्षका नेताहरुको कुरा संचारमाध्यममा हेर्दा र सुन्दा आखिर नेताहरु चुनावको सवालमा अत्यन्तै तिब्र गतिमा लागेको अनुमान गर्न सकिन्छ । 

नेपालको प्रत्येक राजनीतिक घटनाक्रममा अन्यन्तै ठूलो भूमिका निर्वाह गर्दै आएको कीर्तिपुरमा भने नेतादेखि कार्यकताहरु सम्मलाई समेत अहिले सम्म पनि चुनाव लागेको देखिदैन । बरु कीर्तिपुरका स्थानीय नेताहरु अहिलेको अवस्थामा विभिन्न समाजिक संघ संस्था र आ—आफ्नै व्यापार व्यवसायमा व्यस्त भएको पाइन्छ । 

यसको अर्थ राजनीतिक रुपमा अन्त्यन्तै सचेत भनिएका कीर्तिपुरवासीमा नै चुनावको विषयमा खासै चासो नदेखिएको अवस्था छ भने मुलुकभरी नै यस्तै अवस्था होला भनी सहज अनुमान गर्न सकिन्छ । चुनावको वातावरण बन्दै गएको भनी दावी गर्ने नेताहरुले कीर्तिपुरको अवस्था मात्र बुझे पुग्छ । अत : प्रमुख दल जस्ले चुनावको पक्षमा भाषण गर्दै हिडेका छन् ती दलका नेताहरुले भने जस्तो चुनावको वातावरण तयार भइसकेको अवस्था छैन भने विपक्ष दलको रुपमा उभिएका ३३ दलले भने जस्तै चुनाव पुरै बहिस्कार बढ्ने अवस्था पनि नरहेको कुरा उदाहरणको रुपमा कीर्तिपुरलाई लिई नेताहरु अगाडी बढ्नुपर्ने अवस्था आएको छ भन्दा केहि फरक नपर्ला । 

No comments:

Post a Comment