Thursday, May 30, 2013

नेपाली कांग्रेसको ग्रायण्ड डिजाइन

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013
 
संविधानसभावाट सबै भन्दा ठूलो दल हुनका लागि
नेपाली कांग्रेसको ग्रायण्ड डिजाइन
चुनावको सवालमा

सन्दर्भ - समाचार टिप्पणी

कीर्तिपुर सन्देश

संविधानसभाको नयाँ चुनाव गर्ने मुखले जतिसुकै जपेतापनि प्रमुख राजनीतिक शक्तिहरूवीच आ—आफ्नो योजना अनुसार अघि बढ्दै गएको कारण चुनाव हुने संकेत अहिलेसम्म पनि पाउन सकेको छैन । 

विशेष गरि नेपाली कांग्रेसले पछिल्लो समयमा नया“ ढंगको डिजाइन तयार गरि आफू अबको चुनावमा सबैभन्दा ठूलो पार्टी बन्ने सोच बनाएको अवस्था छ । चुनावमा भाग लिन नया“ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्नका लागि १० हजार मतदाताको हस्ताक्षर, नागरिकताको फोटोकपि र मतदान परिचयपत्रको समेत फोटोकपि बुझाउनुपर्ने प्रावधान बनानएको छ निर्वाचन आयोगले । तर प्रमुख राजनीतिक शक्ति एकीकृत माआवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चा सहितको उच्चस्तरीय राजनीतिक संयन्त्रले अबको चुनावमा मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा—माओवादी र अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टी नेपाललाई त्यो प्रावधानमा नराखिकन दर्ता गर्न दिने कुरामा सहमति भएको कुरा सार्वजनिक भइसकेको अवस्था छ । 

विघटन भएको संविधानसभामा प्रतिनिधित्व गरेका नेताहरूले गठन गरेको नया“ राजनीतिक दलहरूलाई सो प्रावधान अनुसार दर्ता नगरिकन विगतमा संविधानसभामा प्रतिनिधित्व गरको राजनीतिक दलहरूलाई जस्तै सामन्य ढंगवाट दर्ता गर्न पाउने योजना बनाएको छ । विशेष गरि नेपाली कांग्रेसको डिजाइन अनुसार नै सो प्रस्ताव पारित गरेको हुनसक्ने राजनीतिक विश्लेषकहरूले टिप्पणी गर्न थालेका छन् । बैद्य माओवादी एकीकृत माओवादीवाट विभाजित भएको पार्टी र संघीय समाजवादी पार्टी एमालेवाट विभाजित भएको पार्टी भएकोले ती दुई वटै पार्टी चुनावमा सहभागी भए एमाओवादी र एमाले कमजोर हुने र कांग्रेस चुनावको माध्यमवाट सबैभन्दा ठूलो पार्टी बन्ने विश्लेषण सहित कांग्रेसका नेताहरूले नै सो डिजानाइन गरेको हुनसक्ने अनुमान गरिएको छ । तर बैद्य माओवादीले चार राजनीतिक दलवीच भएको सहमति, अन्तरिम संविधान संशोधन र वर्तमान सरकालाई खारेज गरि गोलमेच सम्मेलनको माध्यवाट दलहरूकै नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने माग राख्दै आएको विषयमा भने कांग्रेसले सहमति गर्न सक्ने अवस्था छैन । त्यसैगरि संघीय समाजवादी पार्टीले संविधान संशोधनको खारेजीका साथ साथै संविधानसभामा समानुपातिक प्रतिनिधित्व १० प्रतिशत घटाएको खारेज गर्नुपर्ने र संविधानसभामा राष्ट्रिय व्यक्तित्वहरूलाई मनोनित गर्ने भनी राखिएको प्रावधानलाई हटाई विगतमा जस्तै संविधानसभामा प्रतिनिधित्व गर्न नसेकका बहिस्कृत समुदायलाई मनोनित गर्ने प्रवधान राख्नु पर्ने जुन ढंगवाट माग गरेको सो माग सम्वोधन गर्न भने कांग्रेस लगायत चार राजनीतिक शक्ति सहमति नभएसम्म चुनावमा बैद्य माओवादी र संघीय समाजवादी पार्टी नजाने अवस्था छ । कांग्रेले ती दुई दललाई चुनावमा लानका लागि जस्तो सुकै लचकता भनिए तापनि माग सम्वोधन गर्न भने कांग्रेस सहमति हुनसक्ने अवस्था नै छैन । अतः कांग्रेसले नया“ ढंगको चुनाव जित्ने रणनीति बनाए तापनि अन्ततः त्यति सजिलै चुनाव हुन सक्ने अवस्था छैन । 

चुनाव नै हुने अवस्था आए फेरी संघीयता पक्षधर राजनीतिक दलहरूको मोर्चाबन्दी भयो भने कांग्रेसलाई ठूलो चुनौति सामना गर्नुपर्ने र विगतको संविधानसभाको चुनावमा भन्दा पनि परिणाम नराम्रो हुनसक्ने अवस्थाका     कारणले पनि चुनाव त्यति सजिलै हुने अवस्था छैन भन्दा केहि फरक नर्पला ।

No comments:

Post a Comment