Thursday, May 30, 2013

जनजाति महासंघको नयाँ नेतृत्व र चुनौति

अंक ९३ ने. सं. ११३३ बछलाथ्वा पञ्चमी बुधवाः २०७० जेठ १ गते बुधवार May 15, 2013
 
सम्पादकीय

जनजाति महासंघको नयाँ नेतृत्व र चुनौति

नेपालका आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय सम्मेलनले नागेन्द्र कुमाल अध्यक्ष रहेको नया“ नेतृत्व चयनका साथ साथै ठूला चुनौतिहरु समना गर्नुपर्ने अवस्था रहेको छ । 

विशेष गरि चार राजनीतिक शक्तिले जुन ढंगवाट संविधानसभाको अर्को चुनावमा विगतको तुलनामा १० प्रतिशत समानुपातिकमा प्रतिनिधित्व घटाउने र विगतमा  संविधानसभामा प्रतिनिधित्व गर्न नसकेका बहिस्कृत समुदायको तर्फवाट मनोनित गरिएकोमा अब राष्ट्रिय ब्यक्तित्ववाट मनोनित गर्ने भनी सहमति गरेको विषय नै जनजाति महासंघले प्रमुख रुपमा विरोध गर्दै आएको अवस्थामा अब नया“ नेतृत्वलाई सो कुरा सम्वोधन गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने चुनौति आएको छ । 

पहिचानको आधारमा संघीयताको विरोध गर्नेहरुको डिजाइन अनुसार संविधानसभा भंग भएको र अब पनि सोहि डिजाइन अनुसार नै संविधानसभाको दोस्रो चुनाव गर्ने तयारी गरेको कुरा स्पष्ट भइसकेको अवस्था छ । समानुपातिक प्रतिनिधित्वमा घटाउन जुन ढंगबाट चार राजनीतिक शक्तिले सहमति गरेको नै त्यसको उदाहरण भएको स्वयं जनजाति नेताहरुले सार्वजनिक रुपमा बोल्दै आएको कुरा हो ।

अतः अव जनजाति महासंघको नया“ नेतृत्वले प्रमुख चार राजनीतिक शक्तिवीच भएको सो सहमतिलाई नै उल्टाउनुपर्ने अवस्था छ । त्यसैले जनजातिको माग अनुसार पहिचान सहितको संघीयताको आधारमा राज्य पुनर्संरचना संविधानसभावाट गर्ने कार्य अत्यन्तै चुनौतिपूर्ण रहेको अवस्था छ ।  

No comments:

Post a Comment