Saturday, May 4, 2013

प्राधिकरणका आयुक्त स्थापित नाजवाफ

वाटो फराकिलो पार्न भनी स्थानीयवासीको घरमा चिन्ह राखेको सवालमा

प्राधिकरणका आयुक्त स्थापित नाजवाफ

‘अन्तक्रियामा सबैको आ—आफ्नो दाउ’

कीर्तिपुर सन्देश






त्रि.वि सरोकार सर्वदलिय समितिको वार्ता टोलीका प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि वीच गत फागुन ९ गते नया“बजारवाट त्रिविको कम्पाउण्डवाल सिमाना हुँदै कामनपा १४ गाङखेलबाट रिङरोड सम्मको चार लेनको वाटो निर्माण गर्ने सहमति भए अनुसार कीर्तिपुर नगरपालिकामा जानकारी गएपछि नपाले सो बाटो निर्माण गर्न उपत्यका विकास प्राधिकरणमा फागुन १५ गते अनुरोध गरे बमोजिम गत चैत्र २४ गते प्राधिकारणको तर्फवाट बाटो फराकिलो पार्ने नाममा जनताको घर घरमा चिन्ह राखेपछि आतंकित बनेका कीर्तिपुरवासीले गरेको प्रश्नको जवाफ स्वयं प्राधिकारणका आयुक्त केशव स्थापित नाजवाफ भएका छन् । हिजो मंगलवार कीर्तिपुर नगरपालिकाले कीर्तिपुरमा विकास निर्माणको सवालमा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा प्रमुख अतिथि बन्नु भएका स्थापितले कीर्तिपुरवासीको जवाफै दिन सक्नु भएन । सो कार्यक्रममा कीर्तिपुरवासीले आक्रमक रुपमा प्रश्नहरु राखेका थिए । 

प्रश्न राख्ने र विचार राख्नेहरुमा कृष्णहरी महर्जन, सुरेन्द्र मानन्धर, निलकण्ठ अमात्य, श्रीकृष्ण महर्जन, नजरराम महर्जन, सरब कुमार महर्जन, शम्भ ुराम महर्जन, नानीशोभा महर्जन लगायत हुन । 

उहा“ले बरु घुमाउरो पारामा विभिन्न किसिमका उदाहरण दिदै विकास निर्माणलाई जोड दिनुपर्ने बताउनु भएको थियो । 

कीर्तिपुरवासीले त्रिभुवन विश्व विद्यालयको नाममा कीर्तिपुरवासीको ६५ सय रोपनी जग्गा अधिग्रहण गरेको आधा सताब्दी बितिसकेको अवस्थामा पनि त्रिविले बढीमा ३० प्रतिशत जग्गा मात्र उपभोग गर्दै आएको अवस्थामा विकास निर्माणका लागि त्रिविको नै जग्गा लिनुपर्ने र त्यसको लागि प्राधिकरणले के गर्न सकिन्छ भन्ने प्रश्नको समेत स्थापितले जवाफ दिनु भएन ।

त्रिवि सरोकार सर्वदलिय समितिको वार्ता टोलीका प्रतिनिधि र त्रिभुवन विश्वविद्यालय वीच भएको सम्झौतामा त्रिविको तर्फबाट मात्र जग्गा लिई बाटो फराकिलो पार्ने सहमति गर्ने भनी उल्लेख समेत नभएका कारणले वार्तामा जानेहरु र कीर्तिपुर नगरपालिकाले नै कीर्तिपुरवासीलाई सुकुम्वासी बनाउन लागेको   आरोप लगाउदै आक्रोशित भइरहेको र सरोकारवालाहरुले ब्यापक रुपमा दबाव दिएपछि कीर्तिपुर नगरपालिकाले आफू सो विषयवाट चोखिनका लागि प्राधिकारणका आयुक्त नै प्रमुख अतिथि बनाई सो अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हुन सक्ने नेकपा —माओवादीका एक स्थानीय नेताले बताउनु भएको छ । 

त्यसै गरि बहिरी चक्रपथ बनाउन विभिन्न ठाउ“मा अवरोध भएपछि कीर्तिपुर क्षेत्रवाट सुरु गर्न सकिन्छ कि भन्ने आशयले प्राधिकरणका आयुक्त केशव स्थापित सो कार्यक्रममा आएको अनुमान गर्न थालेका छन् । त्यसै गरि त्रिविसंगको सम्झौतामा हस्ताक्षर गर्नेहरुले पनि आफूहरुको आशय कीर्तिपुरवासीलाई समस्यामा पार्ने नियतले नभएको स्पष्टिकरण दिने ठाउँको रुपमा प्रयोग गर्न सो कार्यक्रममा उपस्थिति भएको अनुमान गर्न थालेको छ । अतः सो अन्तक्रिया विभिन्न पक्षले आ—आफ्नो स्वार्थका लागि प्रयोग गरेको विश्लेषण गर्न थालिएको छ ।

No comments:

Post a Comment