Friday, April 26, 2013

आखिर फेरी सडकमा निरन्तर प्रदर्शन हुने संकेत

अंक ८१ ने. सं. ११३३ सिल्लाथ्व दशमी  बुधवाः २०६९ फागुन ९ गते  बुधवार Feb 20, 2013

आखिर फेरी सडकमा निरन्तर प्रदर्शन हुने संकेत

सम्पादकीय

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमति गरेका प्रमुख दलका शीर्ष नेताहरु वीच प्याकेजमा सहमति गर्ने सवालमा विवाद भइरहेको अवस्था छ भने नेकपा—माओवादीले चार दलको सहमतिको विरोध गर्दै सडकमा प्रदर्शन गर्न थालेका छन् ।

दलहरु वीच प्याकेजमा नै सहमति भए पनि चार दल बाहेकका राजनीतिक दलले सडक तताउने संभावनाको संकेत नेकपा—माओवादीले दिएको छ । संविधानसभा प्रतिनिधित्वको सवालमा आदिवासी जनजाति र राज्यद्वारा बहिस्करणमा पारिएका समुदायले समेत समानुपातिक प्रतिनिधित्व घटाएको भन्दै विरोध गर्न सुरु गरेको अवस्था छ । 

यो अवस्थामा चार दलवीच प्याकेजमा नै सहमति भएता पनि अर्थात रेग्मीको नेतृत्वमा सरकार गठन गरि चुनाव गर्ने अवस्था भए पनि चुनावको समयसम्म पनि लागातार सडकमा राजनीतिक दलहरुले प्रदर्शन गर्ने र कुनै कुनै राजनीतिक दलले त चुनाव नै बहिस्कार गर्न सक्ने संकेत आएका कारण अव सडक खाली नहुने संकेत देखिन थालेको छ । यस्तो परिस्थिति सृजना हुनुको प्रमुख कारण भनेको प्रमुख दलका शीर्ष नेताहरुको दूर दृष्टि कमजोर भएको र मुलुकलाई निकास दिन नसकेको कारणले नै हो भन्न सकिन्छ । 

No comments:

Post a Comment