Tuesday, April 30, 2013

नेवाः पत्रकार कोषका लागि पत्रकारहरुद्वारा एक दिनमा १० हजार सहयोग

अंक ८२ ने.सं. ११३३ सिल्लागा दुतिया बुधवाः २०६९ फागुन १६ गते बुधवार Feb 27, 2013
नेवाः पत्रकार कोषका लागि पत्रकारहरुद्वारा एक दिनमा १० हजार सहयोग


देशभरीका नेवाः पत्रकारहरूको साझा संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले नेवाः पत्रकारहरूको आकम्कि सहयोगका लागि नेवाः पत्रकार कोषको स्थापना गरेको छ । 

नेवाः पत्रकार राष्ट्रिय दबूको पहिलो जन्मदिनको उपलक्ष्यमा गत शुक्रवार आयोजित भेलाले सो कोष स्थापना गरेको हो । कोषका संयोजकको रुपमा दबूका केन्द्रीय अध्यक्ष राज्यलक्ष्मी शाक्य रहुन भएको दबूले जनाएको छ । सो भेलामा नेवाः पत्रकारहरूले नेवाः पत्रकार कोषका लागि आफूहरूले नै सुरुवात गर्नुपर्छ भनी सहयोग गरेको थियो । बार्षिक उत्सवको उपलक्ष्यमा आयोजित सो कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका  केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले कोषलाइ व्यापक बनाउने र अन्य व्यक्तिहरूवाट पनि सहयोग लिने बताउनु भयो । 

उहाँले नेवाः पत्रकारहरू आफ्नो हक अधिकार र संचार क्षेत्रमा पहुँच पु¥याउन संगठित हुदै जानुपर्ने र पछिल्लो राजनीतिक अवस्थामा नेवाः पत्रकारहरूले अझ सशक्त रुपमा आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो । दबूका महासचिव उदेन न्हूसाय्मिले संचालन गर्नु भएको सो कार्यक्रममा दबूको काठमाण्डौं जिल्ला शाखाका अध्यक्ष नातिकाजी महर्जनले काठमाण्डौं शाखाको, भक्तपुर शाखाका अध्यक्ष केके मानन्धरले भक्तपुर शाखा र ललितपुर शाखाका अध्यक्ष सुरज ब्यञ्जनकारले ललितपुर शाखाका गतिविधिको बारेमा जानाकारी दिनु भएको थियो भने केन्द्रीय समितिको तर्फवाट केन्द्रीय सचिव सुरजवीर बज्राचार्यले जानाकारी दिनु भएको थियो । 

No comments:

Post a Comment