Tuesday, April 30, 2013

झीगु तिबः सहकारीद्वारा प्रशिक्षण

अंक ८२ ने.सं. ११३३ सिल्लागा दुतिया बुधवाः २०६९ फागुन १६ गते बुधवार Feb 27, 2013

झीगु तिबः सहकारीद्वारा प्रशिक्षण

सहकारी भन्नाले पैसा संकलन गर्ने र ऋण प्रवाहर गर्ने मात्र हैन, सहकारीले सामाजिक काममा पनि योगदान पु-याउन सक्छ भन्ने धारणालाई जिवन्त पार्दै कीतिपुर नगरपालिका वडा नं. ९ शहीदपद स्थित झीगु तिबः बचत तथा ऋण सहकारी संस्थाले आफ्नो क्षेत्रका वासिन्दालाई प्राथमिक उपचार तालिम दिइएको छ । 

नेपाल रेडक्रस सोसाइति कीर्तिपुर उपशाखाको सहयोगमा सहकारीले गत फागुन ५, ६ र ७ गते तीन दिने प्राथमिक उपचार सम्वन्धि तालिम दिइएको थियो । उक्त तालिममा १७ जना महिला र २ जना पुरुष गरि १९ जनाको सहभागीता रहेको थियो । 

तालिमको अन्तिम दिन फागुन ७ गते सहकारीका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा एक कार्यक्रम गरि प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइति काठमाण्डौं जिल्लाका निवर्तमान मन्त्री संघरत्न शाक्यले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

No comments:

Post a Comment