Thursday, February 7, 2013

भारतको आँखा कालापानी र सुस्ता

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013

सन्दर्भः एमाओवादीको हटौंडा महाधिवेशन

भारतको आँखा कालापानी र सुस्ता

भारतले नेपालको भूभाग विशेष गरि लामो समयदेखि नै कालापानी र सुस्तामा आँखा राख्दै आएको विज्ञहरु बताउँछन् । कालापानीमा नेपालको करिव ३७० बर्ग किलोमिटर क्षेत्रफल आहिले पनि भारतको कब्जामा रहेको छ । सन् १९६२ मा चीन र भारतवीच युद्ध भएको समयदेखि नै भारतले नेपालको कालापानीमा आफ्नो सेना राख्दै आएको छ । त्यसै गरि सुस्तामा पनि भारतले विक्रम संवत् २०११ सालदेखि नै अतिक्रमण गर्दै आएको छ । समय समयमा सो स्थानमा नेपालीहरुलाई लखेट्नेदेखी सीमा अतिक्रमण पनि गर्दै आएको अवस्था छ । नेपाल र भारतवीच खुल्ला सीमा भएका कारण अन्य स्थानमा पनि भारतले सीमा अतिक्रमण गर्दै आएको विज्ञहरुले बताउदै आएका छन् भने स्वयं राजनीतिक दलले समेत विरोध गर्दै आएको अवस्था छ । अहिले एमाओवादीको महाधिवेशनमा प्रचण्डले सीमा विवाद जनमत संग्रहवाट गर्ने प्रस्ताव गरेपछि पुनः एकपटक नेपालको सीमा र भारतको अतिक्रमणको विषय बहस हुन थालेको छ ।

No comments:

Post a Comment