Monday, February 4, 2013

बाघ भैरव मूर्ति जिर्णोद्धार समितिको स्पष्टीकरण

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

बाघ भैरव मूर्ति जिर्णोद्धार समितिको स्पष्टीकरण

कीर्तिपुर सन्देश साप्ताहिकमा प्रकाशित समाचारको प्रतिक्रिया

कीर्तिपुरवासीको आराध्यदेव श्री श्री श्री बाघभैरवको मुर्ति जिर्णोद्धार भैरहेको कुरा सम्पूर्ण भक्तजन तथा कीर्तिपुरवासीहरूमा सर्वविदितै छ ।

सो जिर्णोद्धारका क्रममा यस बाघ भैरव मूर्ति जिर्णोद्धार समितिले आर्थिक संकलन गर्दै आएको कुरा समेत सर्वविदितै छ । जिर्णोद्धारका लागि हालसम्म सहयोग गर्नु हुने सम्पूर्ण भक्तजन तथा सहयोगी दाताहरूमा यस समिति हार्दिक आभार व्यक्त गर्दछौं ।

मिति २०६९ माघ १० गते बुधवारका दिन कीर्तिपुर सन्देश पत्रिकामा प्रकाशित “यो रसिदको पैसा कहाँ गयो ?” शिर्षक समाचार प्रति यस बाघ भैरव मूर्ति जिर्णोद्धार समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

यस बाघ भैरव मूर्ति जिर्णोद्धार समितिले आर्थिक संकलन गर्ने क्रममा आर्थिक पारदर्शिता गर्नको लागि सहयोग गर्ने दाताहरूको नामावली पत्रपत्रिका मार्फत नाम र सहयोग रकम राखी प्रकाशित गर्दै आइरहेको र भविष्यमा पनि नामावली प्रकाशित गर्दै जाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।

कीर्तिपुर सन्देशमा प्रकाशित सहयोगी दाता श्री अमरकाजी श्रेष्ठले सहयोग गर्नु भएको रसिद नं.८८८ रु.२५,५२५।– रु.पच्चिस हजार पाँच सय पच्चिस) हाल यस समितिको हिसाब किताबमा अध्यावधिक भैसकेको जानकारी गराउन चाहन्छौं । बाघ भैरव मूर्ति जिर्णोद्धार समितिले भविष्यमा पनि यस्ता कार्यहरू गर्दै जाने र सम्पूर्ण कीर्तिपुरवासी तथा भक्तजनहरूको सहयोग आवश्यक भैरहने मध्यनजर गरी यस समितिले यथाशिघ्र चाँडै आर्थिक पारदर्शिताको लागि सम्पूर्ण सहयोगी दाताहरूको नामावली पत्रपत्रिका मार्फत र बाघभैरवको परिषदमा नामावली प्रकाशित गर्ने र छुट हुन गएमा समितिको कार्यालयमा सम्पर्क राखी छुट नाम लेखाउनु हुन समेत अनुरोध गर्दछौं साथै सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद दिंदै भविष्यमा पनि यस्ता सहयोगहरू पाइरहने अपेक्षा गरेका छौं ।

— बाघ भैरव मूर्ति जिर्णोद्धार समिति,   बाघ भैरवस्थान, कीर्तिपुर

No comments:

Post a Comment