Monday, February 18, 2013

म नेता मेरो इच्छा

अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013

म नेता मेरो इच्छा


किरण भट्ट, कक्षाः ८, हिलटाउन स्कूल, कीर्तिपुर


म एउटा यस्तो नेता बन्नेछु
राम्रोले जन्ताको इच्छा, मर्म ताक्छन् ।
म त केवल कुर्सीको आनन्द ताक्नेछु
नत्र भने त आन्दोलनतिर लाग्नेछु ।।

म त चिल्लो गाडी चढी हिंड्नेछु
मलाई मान्ने जन्तालाई मात्र पाल्नेछु ।
अलि अलि महंंगी बढाउनेछु
उस्तै परे देशलाई खाल्डो मुनि पुर्नेछु ।।

म त केवल भ्रष्टाचारमा लाग्नेछु
विदेशीलाई नेपाल शान्त देश नभई
भ्रष्टाचारी अशान्तिको देश भनी चिनाउनेछु
यस्तै देश सेवाले गिनिज बुकमा नाम लेखाउनेछु ।।

No comments:

Post a Comment