Tuesday, February 19, 2013

राजनीतिमा नयाँ अध्याय सुरु हुने

अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013

सम्पादकीय

राजनीतिमा नयाँ अध्याय सुरु हुने


श्रीकृष्ण महर्जन

फेरी संविधानसभा चुनाव गर्नका लागि प्रमुख राजनीतिक दल एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा तयार भएपनि चुनवी सरकारको विषयमा नेतृत्वको सवालमा एकले अर्कोलाई अविश्वास गरेका कारण सरकार निर्माणको विषयमा नै दलहरु वीचमा विवाद हुदै आइरहेको हो ।

एकीकृत माओवादीको नेतृत्वमा रहेको वर्तमान सरकारले चुनाव गरियो भने सत्ताको दुरुपयोग गरि चुनाव आफ्नो पक्षमा एमाओवादीले पार्ने शंका गर्दै कांग्रेस, एमालेका नेताहरुले गदै आएका थिए । त्यसैले बाबुराम भट्टराईको नेतृत्वमा रहेको वर्तमान सरकारलाई अस्वीकार गरि कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा नै सरकार गठन गर्नुपर्ने अडान राख्दै आएको अवस्था छ ।  एमाले र कांग्रेसले बाबुरामको नेतृत्वमा चुनाव गर्न अस्वीकार गरेको जस्तै एमाओवादीले पनि कांग्रेसका सभापति कोइरालाको नेतृत्वमा चुनावी सरकार गठन गरेमा सत्ताको दुरुपयोग गर्दै कांग्रेसको पक्षमा चुनाव जाने आशंका गर्दै अफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने कुरा राख्दै आएको छ ।

यसरी दुबै पक्षले एक पक्षपक्षलाई अर्को पक्षले अविश्वास गरेका कारण नै तेस्रो ब्यक्तिको रुपमा प्रधानन्यायाधीस  खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार निर्माण कार्यमा अघि बढदै गएको अवस्था छ । एमाओवादीले प्रधानन्यायधीशको नेतृत्वमा सरकार गठन नै अन्तिम विकल्प भन्दै आएको अवस्थामा प्रधानन्यायाधीशको राजीनामा पछि उसकै नेतृत्वमा सरकार गठन गरे नेपालको राजनीतिमा नया“ अध्याय सुरु हुने अवस्था छ ।

No comments:

Post a Comment