Monday, February 4, 2013

सत्तापक्ष र विपक्षको शक्ति प्रदर्शनको होडबाजी

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013


सम्पादकीय

सत्तापक्ष र विपक्षको शक्ति प्रदर्शनको होडबाजी

श्रीकृष्ण महर्जन

मुलुकमा राजनीतिक दलहरुले सहमतिको मन्त्र जप्दै पछिल्लो समयमा शक्ति प्रदर्शनमा केन्द्रीत हुदै जानुलाई कतै नेपालमा फेरी एक पटक द्वन्द्व हुन लागेको त हैन भनी प्रश्न गर्नेहरु नभएका हैन ।

सहिद दिवसको अवसरमा पारेर विपक्षी दलका गठबन्धनले हिजो माघ १६ गते राजधानीमा शक्ति प्रदर्शन गरेको लगतै आज माघ १७ गते सरकारवादी दलहरुको गठबन्धनले शक्ति प्रदर्शन राजधानीमा नै गरिदैछ ।

मुलुकमा पछिल्लो समयमा धु्रविकरण भएको सत्तापक्षको गठबन्धन र विपक्षी दलको गठबन्धन दुबै सडकमा जे सुकै बहाना बनाई आएतापनि अन्ततः जनताले दुबै पक्ष आ– आफ्नो शक्ति प्रदर्शको गरि एक पक्षले अर्को पक्षलाई चेतावनी दिने र आफ्नो पक्षमा जनताको समर्थन छ भनी देखाउने एक ढंगको खेल हो भनी राम्रोसंग बुझेको अवस्था छ ।

यस्तो अवस्थामा जो पार्टीगत राजनीति नगरिकन मुलुकको राजनीतिक अवस्थाप्रति चिन्तित हुदै देशमा अग्रगामी निकासका लागि भूमिका खेल्दै आएका छन् त्यस्ता नागरिकहरुले अहिलेको शक्ति प्रदर्शन एक पक्षले अर्को पक्षलाई चेतावनी दिने र आफ्नो कुरा जनताको सामु राख्नका लागि मात्र गरेको र कुनै निकास निकाल्नका लागि र आन्दोलनलाई उच्च रुप दिई परिवर्तन गर्नका लागि नभएको भनी स्पष्ट रुपमा बुझेका छन् । त्यसैले अहिलेको शक्ति प्रदर्शनको होडबाजी दलीय राजनीतिमा देखा परेको अर्को ढंगको द्वन्द्व मात्र भएको र सस्तो प्रकारको रबैयावाट पनि तत्काल मुलुकमा निकास निस्कने संभावना  नरहेको कुरा स्पष्ट भएको छ ।

अतः यस्तो प्रकारको होडबाजी मुलुकमा अलि लामो समय सम्म जाने र राजनीतिक दलहरुले मुलुकलाई आ अफ्नो पक्षमा लाग्न र आफ्नो स्वार्थ अनुसार संविधान वनाउनका लागि आ–आफ्नो तयारी गरिरहेको अवस्था छ भन्दा केहि फरक नर्पला ।

No comments:

Post a Comment