Sunday, February 3, 2013

पाँगाका रविन्द्र महर्जन ‘राष्ट्रिय नागरिक सेवा सम्मान’द्वारा सम्मानित

अंक ७८ ने.सं. ११३३ पोहेलागा तृतिया बुधवाः २०६९ माघ १७ गते बुधवार Jan 30, 2013

पाँगाका रविन्द्र महर्जन ‘राष्ट्रिय नागरिक सेवा सम्मान’द्वारा सम्मानित



कीर्तिपुर क्षेत्रमा विगत २० वर्षदेखि शिक्षा क्षेत्रमा सेवा गरिरहनु भएका रविन्द्र महर्जनलाई जागृति समाज नेपालले शिक्षा सेवामा संलग्न रही मुलुकलाई अतुलनीय योगदान पु¥याएको भन्दै ‘राष्ट्रिय नागरिक सेवा सम्मान २०६९’ बाट सम्मान  गरिएको छ ।

गत माघ १० गते भृकुटी मण्डपस्थित नेपाल पर्यटन  बोर्ड भृकुटी मण्डपको सभाहलमा आयोजित सम्मान कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्री यदुवंश झाले सम्मान पत्र प्रदान गर्नु भएको थियो । 

विगत २० वर्षदेखि रविन्द महर्जनले शिक्षक भै काम गरिरहनु भएको थियो । उहाँले १८ वर्षसम्म कीर्तिपुरको हिलटाउन स्कुलमा अंग्रेजी शिक्षक भै काम गर्नु भएको थियो भने विगत २ वर्षदेखि बाघ भैरव बोर्डिंग स्कुलको प्रिन्सिपल भएर काम गरिरहनु भएको छ ।

No comments:

Post a Comment