Thursday, February 7, 2013

एमाओवादीको महाधिवेशन र राष्ट्रियताको सवाल

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013

सम्पादकीय

एमाओवादीको महाधिवेशन र राष्ट्रियताको सवाल

श्रीकृष्ण महर्जन

हेटौंडामा जारी एमाओवादीको सातौं महाधिवेशनमा विशेष गरि राष्ट्रियताको सवालमा व्यापक रुपमा बहस हुनु स्वाभाविक हो । वर्तमान सरकारको नेतृत्व पनि गरेको एमाओवादीको महाधिवेशन भएका कारणले पनि बिप्पा सम्झौता लगायतका विषय बहस भइरहेको छ ।

अध्यक्ष प्रचण्डले नेपाल भारत सीमा विवाद जनमत संग्रहवाट समाधान गर्ने भनी प्रस्ताव गरेको कुराले पनि सो महाधिवेशनमा राष्ट्रियताको सवालमा प्रतिनिधिहरु वीच  धु्रविकरण भएको छ ।

अधिकांश प्रतिनिधिहरुले राष्ट्रिय स्वाधिनताको सवालमा नेतृत्वलाई प्रश्न उठाएका कारण यो महाधिवेशन राष्ट्रियताको सवालमा एक ढंगवाट नेतृत्वलाई समेत पाठ सिकाउने काम भए महाधिवेशनले गर्नुपर्ने र पहिचान सहितको संघीयताका साथ साथै देश जनताका लागि अघिबढ्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रतिबद्ध भएर आउनुपर्ने अवस्था छ ।

No comments:

Post a Comment