Friday, February 8, 2013

हिलटाउन स्कूलको २१ औं वार्षिकोत्सव सम्पन्न

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013


हिलटाउन स्कूलको २१ औं वार्षिकोत्सव सम्पन्न





कीर्तिपुरको बाघभैरवस्थान स्थित हिलटाउन इन्टरनेशनल स्कुलले गत माघ १८ गते विहिवार आफ्नो २० औं वर्षगाँठ एक कार्यक्रम गरी मनाइयो ।  विद्यालयका प्रिन्सिपल राजन तन्डुकारको सभापतित्व र प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हीराकाजी महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

स्वागत मन्तव्य भाइस प्रिन्सिपल सन्देश महर्जनले दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । आफ्नो मन्तव्य दिनेक्रममा विद्यालयका अध्यक्ष हीरकाजी महर्जनले न्युनतम शुल्कमा स्तरीय शिक्षा प्रदान गर्न आजभन्दा बीस वर्ष पहिले यस विद्यालयको स्थापना भएको हो । यस विद्यालयका संचालकहरू र शिक्षकहरूले आफ्ना बाल बालिकाहरूलाई यस विद्यालयमा पढाएर विद्यालयको शैक्षिकस्तर उकास्न मद्दत गरेको बताउनु भयो । उक्त कार्यक्रमको आकर्षण ७० जना विद्यार्थीहरूले Synchronize Dance गरेका थिए । कार्यक्रमको अन्तमा विद्यालयका अध्यक्ष हीराकाजी महर्जन, डाइरेक्टर रमेश महर्जन, पिन्सिपल राजन तन्डुकार, भाइस पिन्सिपल सन्देश महर्जनले संयुक्त रुपमा केक काटेर बर्षगांठ मनाइएको थियो । ३२ पाउण्डको उक्त केक साढे दुई फुट चौडाई र छ फुट लम्बाई रहेको थियो ।

No comments:

Post a Comment