Friday, February 8, 2013

क्रियटिभ एकेडेमीमा अभिभावक दिवस

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013


क्रियटिभ एकेडेमीमा अभिभावक दिवस



“विद्यार्थीले कितावी ज्ञानको आधारमा धेरै अंक ल्यायो भनेर मख्ख हुने होइन कि व्यवहारीक ज्ञानमा पनि दक्ष छ कि छैन हेर्नु पर्छ ।” कीर्तिपुर नयाँबजारस्थित क्रियटिभ एकेडेमीको अभिभावक दिवसका प्रमुख अतिथि त्रि.वि.का उपकुलपति प्रा.डा. हीरावहादुर महर्जनले आफ्नो मन्तव्यको क्रममा भन्नुभयो ।

 गत माघ २० गत शनिवार त्रि.वि.का उपकुलपति प्रा.डा. हीरावहादुर महर्जनले पानसमा दीप प्रज्ज्वलन गरी क्रियटिभ एकेडेमीको अभिभावक दिवस–२०६९को उद्घाटन गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मर्जिमान सिंहको सभापतित्वमा भएको उक्त कार्यक्रममा खगेन्द्र गौतमले स्वागत मन्तव्य दिनेक्रममा बालवालिकालाई गाली होइन, अविश्वास होइन, माया र स्नेह दिनु हुन अभिभावकहरूसँग  अनुरोध गर्नु भएको थियो ।

प्रिन्सिपल बि.एन. पौडेलले आफ्नो मन्तव्यमा विद्यालयको  परिचय दिनेक्रममा २०६० सालमा १४ जना विद्यार्थीबाट सुरु भएको स्कूलमा १० वर्षपछि आज १०८० जना विद्यार्थी भएको जानकारी दिनुभयो । २०६५ सालदेखि एस.एल.सी.मा प्रवेश गरेको यस स्कूलले ४ वर्षमा ८९ जना विद्यार्थीले एस.एल.सी.मा सहभागीता जनाएकोमा विशिष्ट श्रेणीमा ५९ जना र ३० जनाले प्रथम श्रेणीमा पास गरेको छ । उच्च शिक्षामा पनि राम्रो अंक ल्याई सी.ए. र मेडिकल क्षेत्रमा लागिरहेको जानकारी दिनुभयो । ५ वटा भवन र ८ रोपनी जग्गामा फैलिएको त्यस विद्यालयमा ८५ जना शिक्षक रहेको जानकारी पनि दिनुभयो ।

त्यस विद्यालयका सल्लाकार प्रा.डा. लेखनाथ शर्मा, अभिभावक प्रा.अवतार सुवेदीले पनि मन्तव्य राख्नु भएको थियो । उक्त अवसरमा जनसेवा उच्च मा.वि.का प्राचार्य नन्दकुमारी महर्जनले आफ्नो स्वर्गिय दाजु हेमवहादुर महर्जनको स्मृतिमा स्थापना गर्नु भएको उत्कृष्ट विद्यार्थी पुरस्कार पनि वितरण गरिएको थियो ।

जसमा मा.वि.तर्फ उत्कृष्ट धरति श्रेष्ठलाई रु.२५००, निमावि तर्फ उत्कृष्ट सौगात विष्टलाई रु.२०००, र प्रा.वि.तर्फ उत्कृष्ट रक्षा वस्नेतलाई रु.१५०० नगद  पुरस्कार र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा सभापतिको आसनबाट मर्जिमान सिंहले प्रमुख अतिथि, अतिथि तथा अभिभावकहरूलाई सहभागिता को लागि धन्यवाद दिंदै आगामी ३, ४ वर्षभित्रमा सुविधा सम्पन्न आफ्नै भवन बनाउने बचनबद्धता दिनुभयो । आफ्नो स्कुलमा ८५ जना समर्पित शिक्षक÷शिक्षिका रहेकाले आगामि दिनमा पनि आफ्नो स्कुलको शिक्षास्तर कम नहुने वचन पनि दिनुभयो ।

औपचारिक कार्यक्रमको समाप्तिपछि कक्षा १ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूले गाना, नाच, एकांकी नाटक र प्रहशन मञ्चन गरी १८ वटा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

No comments:

Post a Comment