Wednesday, January 16, 2013

पाँगा बहुउद्देश्यीय सहकारीको पाँचौं साधारण सभा सम्पन्न

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013

पाँगा बहुउद्देश्यीय सहकारीको पाँचौं साधारण सभा सम्पन्न


कीर्तिपुर सन्देश । पाँगा बहुउद्देश्यीय सहकारी संस्था लि. को पाँचौ वार्षिक साधारण सभा यही पुस २१ गते की.न.पा. वडा नं.१० पाँगा चिखुफाँटस्थित सेतो गुराँस बालबाटिका भवनमा संस्थाको अध्यक्ष शंकर डंगोलको अध्यक्षतामा सम्पन्न भयो । उक्त कार्यक्रमको उद्घाटन अध्यक्षले नै पानसमा दिप प्रज्वलन गरी गर्नु भएको थियो । उपाध्यक्ष नरहरी महर्जनले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त सभामा दिवंगत शेयरधनि सदस्य अमर महर्जनप्रति श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौन धारण पनि गरिएको थियो ।

कार्यक्रममा अध्यक्षले वार्षिक प्रतिवेदन दिनु हुँदै ८४ जना शेयरधनिबाट रु. ३५,२०,००० /– पूंजी रहेको जानकारी दिनुभयो ।  यस वर्ष निक्षेप संकलन रु. १,६३,९८,१७०/ पुगेको जुन गत वर्षभन्दा ६९.०५ले बृद्धि भएको बताउनु भयो । त्यस्तै यस वर्ष रु. १,०९,६२,९०२/ लगानी भएको छ जुन गत वर्षभन्दा १५.०४ प्रतिशतले प्रगति भएको बताउनु भयो । सचिव तथा प्रवन्धक सरबकुमार महर्जनले आ.व. २०६९/०७० को बजेट तथा कार्यक्रम र पाँच महिने प्रगति विवरण, लेखा समितिका संयोजक दिलबहादुर महर्जनले लेखा प्रतिवेदन पेश गरेका थिए भने ती सबै प्रतिवेदन उपर गहन छलफलपछि सभाले पारित गरेको थियो । 

सभा संचालक समितिका सदस्य विन्दु महर्जनले संचालन गरेको थियो भने सभामा शेयरधनि बढाउने, मनि ट्रान्सफर सेवा संचालन गर्ने लगायत प्रस्तावहरु पारित गरेको थियो ।

No comments:

Post a Comment