Thursday, January 10, 2013

आजको राजनीति र दलहरुको रणनीति

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

सम्पादकीय

आजको राजनीति र दलहरुको रणनीति

श्रीकृष्ण महर्जन

आज पुष २५ गते । आज सम्ममा पनि दलहरु वीच सहमति नभए बैशाख महिनामा चुनाव नहुने अवस्था पक्का हुने अवस्था छ । भोलीको दिनदेखि निर्वाचन आयोगमा आयुक्त समेत खाली रहने अवस्थामा बैशाखमा निर्वाचन गर्न नसक्ने अवस्था आएका कारण पछिल्लो समयमा दलका नेताहरु सहमतिको लागि क्रियाशिल भएतापनि सहमति हुने अवस्था छैन ।

यस्तो अवस्थामा भोलीवाट आफूहरु कसरी अगाडी बढ्ने भन्ने विषयमा छुट्टा छुट्टै रणनीति बनाउने र सहमतिको नाममा गफ मात्र गर्दै आएको अवस्था छ । यसै वीच सहमतीय सरकारका लागि संविधानको धारा नै किटान गरि म्याद दिएर फस्नु भएका राष्ट्रपति डा. रामवरण यादव पनि सहमतिको नाममा विभिन्न दलका नेताहरुलाई बोलाउदै परामर्श लिने कार्यलाई तिब्र बनाइएको छ ।

दलहरुवीच सहमतिका लागि विभिन्न समस्या रहेको वर्तमान अवस्थामा भोलीवाट पुनः एउटा समस्या निर्वाचन आयोगको विषय बन्ने छ ।

त्यति मात्रै नभई वर्तमा सरकारवादी दलको गठबन्धनले त भोलीवाट संविधानसभाको पुनस्थापनाको मुद्दालाई पुनः एजेण्डाको रुपमा उठाउने घोषणा गरिसकेको अवस्था छ ।

उता विपक्ष दलको गठबन्धनले पनि भोलीवाट आफूहरु सडकमा जाने अर्थात आन्दोलनमा जाने घोषणा गरिसकेको अवस्था छ । अतः सत्तापक्ष र विपक्षको छुट्टा छुट्टै गठबन्धनले आ आफ्नो तयारी गरिरहेको वर्तमान अवस्थामा नेपालको    राजनीतिमा भोलीवाट नया“ मोडमा जाने अवस्था छ ।


No comments:

Post a Comment