Thursday, January 10, 2013

देशको माया परदेशमा विसाउँदै

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

कविता

देशको माया परदेशमा विसाउँदै

राम महर्जन, नगाउँ, किपू–१६

राजनैतिक विवाद नाटक मात्र हो कि ?
आरोप प्रत्यारोपमा म्याद थप गर्दै
भत्ता पचाउने चाल मात्र हो कि ?
निरिह जनताले कसरी बुझ्ने ?

महिलाहरू जिउँदै जलाउँदै अवस्था
कानून विनाको राज्य व्यवस्था
वरिष्ठ हटाई कनिष्ठ रुचाई
शकुनी चालमा आजिवन व्यवस्था

स्वाभिमानी देशभक्त खोज्नै पर्छ
कानून आफ्नो मुठ्ठीमा बाँडी
नीजि स्वार्थ पुरा गर्नकै लागि
दिनरात दौडधुप गर्दै व्यस्त

स्थायी सरकार छिटो ल्याऔं
उद्योगधन्दा चाँडै फस्टाऔं
वेरोजगार अवस्था छिटो हटाऔं
देशको मुहार उज्यालो पारौं

भन्ने चिन्ता कसैमा छ जस्तो लागेन
जसरी पनि लाभकारी पदमा बसी रहौं
आपूm र आफ्नाका हिटकारी काममा
रोजी खोजी चल्छ दौडधुप

संविधान सभाको अवसान पछि
देश झन दल दलमा फस्यो
दक्षिण र उत्तरको परदेश पुत्रहरूले
देशको माया परदेशमा बिसाउँदै ।

No comments:

Post a Comment