Thursday, January 3, 2013

नेवाः एकता दिवसका लागि वृहत आयोजक समिति बनाइने

अंक ७४  ने. सं. ११३३ थिंलागा पञ्चमी बुधवाः २०६९ पुष १८ गते  बुधवार Jan 2,2013

नेवाः एकता दिवसका लागि वृहत आयोजक समिति बनाइने


आउदो माघ ७ गते आइतवारका दिन कीर्तिपुरमा मनाइने नेवाः एकता दिवसका लागि नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुरले वृहत आयोजक समिति बनाउनको लागि गत पुस १३ गते शुक्रवार छलफलको कार्यक्रम आयोजना गरियो । उक्त छलफलबाट नेवाः एकता दिवस मनाउन ११३ सदश्यीय समिति बनाउने निर्णय गरियो । मंकाः परिषद्ले कीर्तिपुरमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघ संस्थादेखि विभिन्न जातीय संगठनहरु समेत सहभागीतामा नेवाः एकता दिवस मूल आयोजक समिति बनाउने निर्णय गरेको छ । उक्त छलफल कार्यक्रममा नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिको प्रतिनिधित्व गर्नु हुँदै सुजीव बज्राजार्य सहभागि हुनु भएको थियो । 



माघ ७ गते उपत्यकाभरीका नेवार समुदाय नेवाः स्वायत्त राज्य प्राप्तिका लागि आन्दोलनको रुपमा कीर्तिपुरमा नेवाः एकता दिवस मनाउन आउने बताइएको छ । सो दिवस मनाउनका लागि नेवाः स्वायत्त राज्य मंकाः परिषद् कीर्तिपुरले कीर्तिपुरमा नेवाः स्वायत्त राज्यका लागि आन्दोलनरत व्यक्तित्व, विभिन्न जातीय संगठनका प्रतिनिधिहरुको सहभागीता गराउने भएको छ । कार्यक्रममा नेवाः स्वायत्त राज्य मंकाः परिषद्का सल्लाहकार एव्रं पूर्व राज्यमन्त्री दिलिप महर्जनले कीर्तिपुरमा मनाउन लागेको नेवाः एकता दिवस अत्यन्तै महत्व हुने बताउनु भएको थियो । नेवाः स्वायत्त राज्य मंकाः परिषद् अध्यक्ष मण्डलका संयोजक पञ्चलाल महर्जनको सभापतित्वमा श्रीकृष्ण महर्जनले संचालन गर्नु भएको सो भेलाले कीर्तिपुर नगरभित्रका विभिन्न क्रियाशिल संघ संगठनसँग समन्वय गर्ने जिम्मा नजरराम महर्जन, नगरपालिका क्षेत्रका सरकारी निकायसँग समन्वय गर्ने जिम्मा कृष्णहरि महर्जन, गुथि, जातिय संघ संगठनसँग समन्वय गर्ने जिम्मा राममान सिंह, सांस्कृतिक बाजा खलः पुचःसँग समन्वय गर्ने जिम्मा ज्ञानवहादुर महर्जन र महिला समूहहरूसँग समन्वय गर्ने जिम्मा सुनिता शाक्यलाई दिइएको छ ।

No comments:

Post a Comment